×

NMB BANK
NIC ASIA

माया प्रेमपछि विवाह : १ वर्षमै खटपट, महिलालाई संकट !

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ६ असार – मोरङको जहदा गाउँपालिका–४ सिसौबारीका सन्तोष सिंहले सोल्टीनी पर्ने युवतीसँग प्रेम गरे, माया जालमा पारे । अनि, युवतीसँग सँगै बस्ने र विवाह गर्ने आश्वासन दिए । लामो समयसम्म ती युवा र युवतीको प्रेम लम्बियो । ख्यालख्यालबाट शुरू भएको मायाजाल विस्तारै विवाहमा परिणत भयो ।

Muktinath Bank

सन्तोषले मोरङको सुनवर्सी गाउँपालिकाकी २० वर्षीया प्रतिभा (नाम परिवर्तन) लाई प्रेमको माया जालमा पारे । सन्तोष र प्रतिभाले यो प्रेमलाई श्रीमान–श्रीमतीको रुपमा लैजाने निधो गरे । अनि, मन्दिरमा गएर विवाह गरे । विवाह गरेर घरमा जाँदा स्वीकार गर्दैनन् कि भन्ने भएर उनीहरू घरबाट भागेर सँगै जिउने र मर्ने वाचा गर्दै सुन्दरीमोड मन्दिरलाई साक्षी राखी विवाह बन्धनमा बाँधिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, ती वाचा कसम यति चाँडै तोडियो कि १ वर्ष पनि टिकेन । विवाह भएपछि सम्बन्धमा दरार आउन थाल्यो । कहिले सम्पत्ति नल्याएको, कहिले गरीब भनेर, कहिले छोरी पाएको भन्दै प्रतिभामाथि प्रहार भई नै रह्यो । सन्तोषका परिवारले विभिन्न बहाना गरेर यातना दिने गरेको प्रतिभाले बताइन् । त्यस्तो अवस्थामा पनि सन्तोषले १ शब्द पनि नबोलेको उनको गुनासो छ ।


Advertisment
Nabil box
Kumari

केही दिनअघि मात्र सासु–ससुरा र श्रीमान सन्तोषले कुटपिट गरी प्रतिभालाई घाइते बनाए । कुटपिटबाट घाइते प्रतिभा अहिले कोशी अञ्चल अस्पतालमा विगत १२ दिनदेखि उपचाररत छिन् । उनको अहिले विचल्ली भएको छ । प्रतिभाले ७ महिनाकी छोरी पनि आफूसँगै राखेकी छन् ।

Vianet communication
Laxmi Bank

गरीब तथा छोरी जन्माएको भन्दै सन्तोषका परिवारले स्वीकार नगरेको उनको आरोप छ । यसअघि, आफ्नै आमाबुवासँग बस्दै आएकी प्रतिभालाई बोलाउन श्रीमान सन्तोष पटक–पटक पुगेका थिए । श्रीमानसँग घर गएपनि फेरि घटना दोहोरिँदै आएको प्रतिभाले सुनाइन् । उनले भनिन्, ‘श्रीमानसहित सासु र ससुरा मिलेर सबैले कुटेर लखेट्थें ।’

प्रतिभाले ईलाका प्रहरी कार्यालय रंगेलीमा गएर निवेदन समेत दिएकी छन् । केटा पक्ष र केटी पक्ष दुवैलाई रंगेली प्रहरीले उपस्थित गराएको थियो । तर, त्यहाँ दुवै पक्षबीच कुरा नमिलेपछि जिल्ला प्रहरी कार्यालय मोरङमा दुवैलाई उपस्थित गराइएको थियो । ‘तर, सन्तोषले मेरो छोरी हैन भनेर टाँढिन खोजेको छ,’ प्रतिभाले भनिन्, ‘अहिले पनि सन्तोष भागेको–भाग्यै छ ।’

केही दिनअघि प्रतिभा छोरीलाई लिएर श्रीमानको घर गएकी थिइन् । घरमा पुग्ना साथ तथानाम गाली गरेर कुटपिट गर्न शुरू भएको उनले सुनाइन् । घरका सबै परिवारले कुटपिट गरेर घाइते बनाइएकी प्रतिभालाई स्थानीय छिमेकको सहयोगमा कोशी अञ्चल अस्पतालमा उपचारको लागि ल्याइएको स्थानीय सर्मिलादेवी सहनीले जानकारी दिइन् । सर्मिलादेवी सन्तोषकै छिमेकी हुन् । सर्मिला मात्र हैन, अरु पनि १२  दिनदेखि बेसहारा भएर बसेकी प्रतिभाको उपचार गर्न सहयोग गरिरहेका छन् ।

प्रतिभालाई सन्तोषका परिवारले उल्टै झुटो आरोप लगाएको स्थानीय बताउँछन् । प्रतिभाले पनि जिल्ला अदालत मोरङमा सन्तोषसँग अशंवण्डां माग गर्दै ‘जग्गा रोकी पाऊ’ तथा ‘छोरी स्वीकार गरी लालनपालन गरिपाऊ’ भनी मुद्दा दायर गरेको प्रतिभाले बताइन् ।

यसबारे सन्तोषसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनले फोन उठाएर पनि काटेका थिए । कहिले मोवाइल ‘स्वीच अफ’ गर्ने त कहिले काटिदिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान थापाले प्रहरी कहाँ जाहेरी परेको जानकारी दिए । दुवै पक्षबीच एकअर्कामा मुद्दा दायर भएकाले अदालती प्रक्रिया अनुसार पीडकमाथि कारवाही हुने डीएसपी थापाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x