×

NMB BANK
NIC ASIA

सुर्खेत, ६ असार – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको विकास नहुनुको मुख्य कारण मानिस जन्मिने बित्तिकै गुरु बन्ने प्रचलन रहेको बताएका छन् ।

Muktinath Bank

आज निर्वाचन आयोगले आयोजना गरेको समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले मानिस जन्मेदेखि आर्यघाट पुग्दासम्म ‘गुरु’ कहिल्यै नबन्ने बताए । ‘मानिस जन्मेदेखि आर्यघाट पुगुञ्जेल सधैं विद्यार्थी नै हुन्छ,’ उनले भने, ‘तर, नेपालमा जन्मियो कि गुरु बनिहाल्ने प्रवृत्ति हावी हुँदै गएको छ ।’ उनले यस्तो प्रवृत्ति र सोचले मुलुकको भलाई नगर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री शाहीले अब निर्वाचन आयोगले १ भोट पनि बदर नहुने गरी अभियान शुरू गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रपति चुनावमा सांसदले समेत भोट बदर गरेका हामीले देखेका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘अब जनताको भोट बदर नहुने गरी निर्वाचन आयोग लाग्नुपर्ने मैले देखेको छु ।’ उनले मतदान प्रक्रिया, मतगणनाजस्ता विभिन्न कामलाई कसरी कम जनशक्तिको प्रयोग गरी गर्न सकिन्छ, त्यतातिर ध्यान दिन निर्वाचन आयोगलाई आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

विगतमा पर्याप्त तालिम र समय अभावका कारण चुनावताका विभिन्न कमजोर िभएको बताउँदै मुख्यमन्त्री शाहीले आगामी दिनमा त्यसो हुन नदिन आजैबाट निर्वाचन आयोग लाग्नुपर्ने आवश्यकता दर्शाए । विगतका चुनावमा साधनस्रोतको अभाव भएको, भौगोलिक विकटता रहेकाले व्यवस्थित रुपमा चुनाव गराउन नसकिएको बताउँदै त्यसका लागि मानसिक पक्ष पनि जिम्मेवार रहेको बताए ।

Vianet communication

निर्वाचन आयोगका आयुक्त सुदिपकुमार शाहले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गरेको बताउँदै आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए । ‘विगतमा आयोगबाट केही कमजोरी भएपनि आगामी दिनमा ती कमजोरीलाई सुधार्न यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘संसदमा पेश गर्नको लागि आयोगले विधेयक बनाउने तर त्यो संसदमा पास हुने बेलासम्म विधेयकको रुप नै बदलिने प्रणाली रहेको छ । त्यस्तो प्रणालीलाई हटाउनुपर्छ ।’

‘हामीले तयार गरेका ड्राफ्टहरू संसदमा गएर रुप बिगारिँदा मन चसक्क हुन्छ,’ उनले भने, ‘आगामी दिनमा त्यसो नभइदेओस् भन्ने हाम्रो चाहना छ ।’ निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्नेमा उनको जोड छ । ‘अन्य लोकतान्त्रिक देशमा आयोगले नै निर्वाचनको मिति तय गर्छ,’ उनले भने, ‘जसका कारण कहिल्ये पनि निर्वाचनको मिति तल–माथि हुँदैन ।’

तर, नेपालमा भने सरकारमा रहेको दलले आफूले नजित्ने देखेमा चुनाव सार्ने वा मिति नतोक्ने प्रवृत्ति हावी भएको उनको बुझाई छ । कार्यक्रममा कर्णाली प्रदेशका सबै जिल्लाबाट न्यायाधीश, निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी सहभागी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x