
काठमाडौं ६ असार–चिनियाँ राष्ट्रपति सी चिनफिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधवार बेइजिङमा भएको भेटवार्तामा सीले कुटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकुल हुने मितिमा नेपाल भ्रमणमा आउने बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले सीलाई नेपाल भ्रमणको निम्तो दोहोर्याउँदै, नेपाली जनता स्वागतका लागि आतुर छन् भन्नुभयो’ सीसँगको भेटपछि वेइजिङमा पत्रकारहरुसँग कुरागर्दै भ्रमण दलका सदस्य परराष्ट्रन्त्री प्रदीप ज्ञवालीले भने, ‘उहाँले नेपाल भ्रमणमा अवस्य आउने छु, कुटनीतिक माध्यमवाट दुबै पक्षलाई अनुकुल हुने मिति तोकिनेछ भन्नु भएको छ ।’
नेपाल स्थायित्वको चरणमा प्रवेश गरेको भन्दै सीले खुसी व्यक्त गरेका पराराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
चिनियाँ राष्ट्रपतिबाट धेरै एसियाली देशको भ्रमण गरेको भन्दै नेपालपनि स्वागतका लागि आतुर रहेको भेटमा ओलीले बताउनुभएको थियो । ‘छिटो भन्दा छिटो स्वागत गर्न तत्पर छौं’ ओलीको भनाइ उदृत गर्दै ज्ञवालीले भने ।
यसअघि ०७३ सालमा पनि सी नेपाल आउने चर्चा थियो ।