२७ जेठ २०८३, बुधबार

चीनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान

चीनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं, ७ असार– ६ दिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । 

विहीवार चीनको ग्रेट हल अफ पिपुलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलाई चीनले विशेष राजकीय सम्मान दिएको हो । 

ओलीलाई गार्ड अफ अनर प्रदान गर्दा चिनियाँ प्रधानमन्त्री लि खछ्याङको उपस्थिति थियो । 

गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले समकक्षीसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । 

६ दिने राजकीय भ्रमणका लागि चीन गएका प्रधामनन्त्री ओलीले बुधवार चिनियाँ राष्ट्रपति शी चिनफिङसँग भेटवार्ता गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्