×

NMB BANK
NIC ASIA

कर्णालीमा प्रदेश सांसदबाटै पोशाक अनुशासन उल्लंघन, मौसमलाई दिए दोष

असार ८, २०७५

NTC
Premier Steels

सुर्खेत, ८ असार – कर्णाली प्रदेश सभाले हरेक सांसदले कम्तिमा कोट लगाएर आउनुपर्ने भनि निर्देशन दिएपनि सांसदले अटेर गर्ने गरेको पाइएको छ ।

Muktinath Bank

निर्देशन बमोजिम हिजोको बैठकमा ८ जना सांसदले मात्रै सभाले तोकेको खैरो रंगको कोट लगाएर आएका थिए भने बाँकी १९ जना सांसद कोट नलगाएरै संसदमा आएका थिए । यसरी कोट नलगाएर आउनेमा तत्कालीन एमाले संसदीय दलका नेता यामलाल कँडेल, प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही लगायत रहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदमा सांसद आफैले तोकेको पोशाक नलगाएपछि ‘आफैं निर्णय गर्ने र आफै अटेर गर्ने सांसद’ भन्दै खिल्ली उडाउन थालिएको छ । सुर्खेतका स्थानीय पदम शाहीले सांसदले गरिमामय संसदको मर्यादा आफैंले राख्नुपर्नेमा लापरवाही गरेको बताए । ‘उहाँहरू आफैं नीति निर्माण र कार्यान्वयनको ठाउँमा हुनुहुन्छ,’ शाहीले भने, ‘आफैंले आफ्नो लागि बनाएको ड्रेस त सांसदले पहिरिँदैनन् भने नीति नियम कार्यान्वयन कसरी गर्लान् खै ?’


Advertisment
Nabil box
Kumari

प्रदेशसभा सांसद शुशील थापाले मौसमको कारण पोशाक नलगाएको बताए । उनले मौसम बदलिने, अत्यधिक गर्मी हुने कारणले कोट नलगाइएको दावी गरे । उनले अबको केही दिनमै संसदको स्थायी भवन तयार हुने र त्यसपछि सधैं सांसदहरू पोशाकमा आउने बताए । 

Vianet communication
‘हामीले पहिले नै खैरो रंगको कोट लगाउन निर्देशन दिएका थियौं । गर्मी भएका कारण सांसदले त्यस्तो गर्नुभएको होला ।’

सांसद गोपाल शर्माले कार्यव्यवस्था परामर्श समितिले छलफल गरेर पोशाक टुंग्याएको  बताउँदै १ जनाले नियम उल्लंघन गर्दा सबैले उल्लंघन गर्दै गएको बताए । ‘दुधको पोखरी बनाउने योजना हो,’ उनले भने, ‘१–२ जनाले ड्रेसको नियम तोड्दा पानी पोखरी भएको हो ।’ उनले जे भएपनि नियम भने लागू गर्नुपर्ने बताए ।

कर्णाली प्रदेशसभा उपसभामुख पुष्पा घर्ती मगरले आफूहरूले सांसदलाई खैरो रंगको कोट अनिवार्य लगाएर आउन निर्देशन दिइसकेको बताइन् । ‘हामीले पहिले नै खैरो रंगको कोट लगाउन निर्देशन दिएका थियौं,’ उनले भनिन्, ‘गर्मी भएका कारण सांसदले त्यस्तो गर्नुभएको होला ।’

उपसभामुख घर्तीले महिलाको हकमा साडी जुनसुकै लगाएपनि कोट अनिवार्य ड्रेसको रुपमा बनाइएको बताइन् । उपसभामुख घर्तीले विशेष दिनको बेलामा पुरुष सांसदको हकमा दौरा सुरुवाल लगाउने निर्णय संसदले गरेको स्मरण गराइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x