×

NMB BANK
NIC ASIA

आज जितेमा पोर्चुगल र स्पेनले पक्का गर्नेछन् अन्तिम १६ मा स्थान, रोनाल्डोमा नजर

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ असार – फूटबल विश्वकपमा आइतवारसम्म ३२ वटा खेल भइसकेका छन् । सात टोलीले प्रिक्वार्टरफाइनल अर्थात् राउन्ड अफ १६ मा स्थान पक्का गरिसकेका छन् भने आठवटा टोली प्रतियोगितामा माथि नजाने निश्चित भइसकेको छ । 

अब चार दिनमा १७ मध्ये नौ टोली प्रिक्वार्टरफाइनलमा पुग्नेछन् । 

आज सोमवारदेखि बिहीवारसम्म प्रत्येक दिन चारवटा खेल हुनेछन् । एउटै समयमा दुई खेल खेलिनेछन् । कुनै टीमको हार वा जीतले ऊ रहेको समूहको अन्य टीमलाई अन्तिम १६ मा पुग्न नदिने हुनसक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । 

पहिलापहिला आफ्नो समूहको अन्य टीमको खेलको परिणाम थाहा पाएपछि गडबडी हुनेगरेका थिए । त्यसैले एकैचोटि खेलाउने व्यवस्था गरिएको हो । 

सोमवार उरुग्वे र रुस अनि साउदी अरब र इजिप्ट पौने ८ बजेबाट शुरू हुने खेलमा भिड्दैछन् भने स्पेन र मोरक्को अनि इरान र पोर्चुगल चाहिँ पौने १२ बजेदेखि शुरू हुने खेलमा आमनेसामने हुनेछन् ।

उरुग्वे विरुद्ध रुस
उरुग्वेले लगातार तेस्रो विश्वकपमा अन्तिम १६ मा स्थान बनाएको छ भने रुस ३२ वर्षपछि प्रिक्वार्टरफाइनलमा पुगेको हो । सोभियत संघ हुँदा सन् १९८६ मा रुस प्रिक्वार्टरफाइनलमा पुगेको थियो । 

दुवै टोली जम्मा एकचोटि भिडेका छन् र त्यो खेल बराबरीमा टुंगिएको थियो । विश्वकपमा उनीहरू पहिलोपटक भिड्दैछन् । रुस पहिला सोभियत संघ हुँदा भने उरुग्वेसँग सातचोटि भिडेको थियो । उरुग्वेले विश्वकपको समूह चरणमा कहिले पनि सबै म्याच जितेको इतिहास छैन । 

साउदी अरब विरुद्ध इजिप्ट
यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । साउदीविरुद्ध इजिप्टको इतिहास राम्रो छ । दुवैले अहिलेसम्म ६ खेल खेलेका छन् जसमा इजिप्टले चारवटामा जितेको छ भने एउटा खेल बराबरी भएको छ । साउदीले इजिप्टविरुद्ध एक खेल जितेको छ । 

विश्वकपमा साउदी अरबले पछिल्ला १२ खेलमा एउटामा पनि जीत हासिल गरेको छैन । सन् १९९४ मा साउदीले मोरक्कोविरुद्ध जितेपछि ऊ हारेको हा–यै छ ।

स्पेन विरुद्ध मोरक्को
स्पेन र मोरक्को अहिलेसम्म दुईचोटि भिडेका छन् । दुवैमा स्पेनले जीत हासिल गरेको छ । त्यसो त मोरक्को विश्वकपबाट बाहिरिसकेको छ तर उसको हारजीतले स्पेनलाई असर पार्छ । स्पेनले उसलाई हराएमा अन्तिम १६ मा स्थान पक्का हुन्छ । 

इरानविरुद्ध पोर्चुगल
पोर्चुगल र इरान अहिलेसम्म दुईचोटि मात्र भिडेका छन् । दुवैमा इरान हारेको छ । त्यति मात्र नभई इरानले पोर्चुगलविरुद्ध कुनै गोल समेत गर्न सकेको छैन भने पोर्चुगलले उसविरुछ पाँच गोल गरेको छ । 

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस विश्वकपका दुई खेलमा चार गोल गरिसकेका छन् । इरानले कथंकदाचित् पोर्चुगललाई हराएमा अनि स्पेनले मोरक्कोलाई हराएमा पोर्चुगल समूह चरणबाट माथि उक्लिन सक्नेछैन ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x