×

NMB BANK
NIC ASIA

जुँगे झाँक्रीको भूत सार्वजनिक

असार १४, २०७५

NTC
Premier Steels

पत्रकार तथा साहित्यकार केशव दुवाडीको बाल कथा संग्रह जुँगे झाँक्रीको भूत सार्वजनिक भएको छ । धादिङ वेसीमा भएको एक कार्यक्रममा दुवाडीको कथा संग्रहको विमोचन भएको हो ।

Muktinath Bank

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले उक्त कथा संग्रहको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९ वटा कथा समावेश भएको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’का विषयमा धादिङका अग्रज साहित्यकार बद्रीप्रसाद दाहालले टिप्पणी गर्नुभयो । कथा संग्रहमा समावेश भएका कथाबाट सामाजिक सन्देशका साथसाथै भरपुर मनोरञ्जन पनि पाउन सकिने सो अवसरमा दाहालले टिप्पणि गर्नुभयो । उहाले साहित्यको क्षेत्रमा अग्रसर दुवाडीका कथाहरु रोचक तथा मनन योग्य रहेको बताउँदै सबै उमेर समुहका लागि पठनीय सामाग्रीले भरिपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।


Advertisment
Nabil box
Kumari

छोटो समयमा प्रकाशित कृतिका बारेमा टिप्पणि गर्नु ज्यादै जटिल काम भएको बताउँदै साहित्यकार दाहालले कथा सरल, र छोटो मिठो रहेको पनि बताउनुभयो । मुलतः यो पुस्तक बालबालिकाहरुका लागि अति उपयोगी हुने समेत उहाले टिप्पणी गर्नुभयो ।

Vianet communication

यसैविच पुस्तकका बारेमा बोल्दै कथाकार केशव दुवाडीले बालअधिकार र संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा बाल साहित्यप्रतिपनि रुची बढ्दै गएको र सोहीक्रममा लेखिएका कथाहरु त्यति वेला विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित भएका र सोही फुटकर कथाहरुको एकिकृत रुपबाट पुस्तक तयार भएको बताउनुभयो ।

४० पृष्ठको कथासंग्रहमा ९ वटा कथा समावेश गरिएको छ । आवाज अभियान नेपाल नीलकण्ठ नगरपालिका धादिङले प्रकाशन गरेको कथा संग्रहको भूमिका नेपाल बाल साहित्य समाजका उपाध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले लेख्नुभएको छ । नेत्रावती छापाखाना गल्छी धादिङले प्रकाशन गरेको पुस्तकको मुल्य १०० रुपैँया छ । यसै विच कथामा देवेन्द्र थुम्केलीले चित्राङ्कन गरी कथालाई अझै जिवन्तपार्नुभएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x