×

NMB BANK
NIC ASIA

अर्जेन्टिनी टीममा आमूल परिवर्तनको खाँचो : यसरी फर्किनसक्छ शक्ति !

असार १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १८ असार – शनिवारको प्रिक्वार्टरफाइनल खेलमा फ्रान्ससँग हारेर प्रतियोगिताबाट बाहिरिएको अर्जेन्टिनाका खेलाडी ह्यभिएर मास्केरानो र लुकास बिग्लियाले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

अर्जेन्टिनाका अन्य धेरै खेलाडीले पनि यही बाटो अपनाउने अपेक्षा गरिएको छ । राष्ट्रिय टोलीको आमूल परिवर्तन गर्नुपर्ने बेला धेरै पहिले नै आइसकेको भएपनि अब चाहिँ त्यसमा ढिलाइ गर्नु हुँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन पनि फूटबल खेल्ने प्रमुख राष्ट्रहरूमा अर्जेन्टिनाको जस्तो अव्यवस्थित खेल विश्वकपमा अरूको त्यति देखिएन । त्यसैले पनि अब अर्जेन्टिनी राष्ट्रिय टोलीलाई पूरै नवीकरण गर्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

टोलीको पुनर्निर्माण खासमा भन्ने हो भने सन् २०१४ मै शुरू गर्नुपर्थ्यो । त्यतिखेर राम्रो प्रदर्शन गरेर फाइनलसम्म पुगेको टोलीमा विश्वकप सकिएपछि सानातिना परिवर्तन गर्नैपर्ने थियो । तर नयाँ प्रशिक्षक गेरार्डो मार्टिनोले सन् २०१५ को कोपा अमेरिकामा त्यही सेटका खेलाडीहरू खेलाउनु उपयुक्त हुने ठाने र टोलीले लगातार तेस्रोपटक फाइनलमा पराजय बेहोर्‍यो ।

Vianet communication
Laxmi Bank

कोपा अमेरिकाको फाइनलमा हारेपछि अर्जेन्टिना संकटमा पर्‍यो अनि व्यवहारिकतावादी एड्गार्डो बाउजाले प्रशिक्षणको कमान सम्हाले । हारको पीडा सहन नसकेर कप्तान लियोनेल मेस्सीले संन्यास लिने निर्णय लिए । अनि त सबैको ध्यान मेस्सीलाई फकाएर टीममा फर्काउने र विश्वकप छनोटमा भइरहेको खराब प्रदर्शन सुधार्नेमै केन्द्रित रह्यो । यही भावना अर्को वर्ष पनि कायम रह्यो र बाउजालाई बर्खास्त गरियो । त्यसपछि जोर्गे साम्पाओलीलाई अर्जेन्टिनाको प्रशिक्षक बनाइयो ।

मास्केरानो, बिग्लिया, एन्जेल डी मारिया र गोन्जालो हिगुएनलाई राष्ट्रिय टोलीमा फेरि अवसर दिइयो । तर अन्य विकल्प नभएर मात्र उनीहरूलाई ल्याइएको थियो । विश्वकपमा छनोटमा मेस्सीले इक्वेडरविरुद्ध अद्भुत प्रदर्शन गरेर मात्र अर्जेन्टिना छानिन सफल भयो तर टोलीमा विभाजनका संकेतहरू देखिन थालिसकेका थिए ।

त्यसैले अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउनु भनेको कुनै आश्चर्यको कुरा हैन किनकि थकित खेलाडीहरूले लामो समयदेखि नै आफूहरू उच्चस्तरीय अन्तर्राष्ट्रिय फूटबलका लागि उपयुक्त नभएको संकेत दिइसकेका थिए ।

अब चाहिँ टीममा गम्भीर परिवर्तन गर्ने बेला आइसकेको छ । प्रशिक्षक साम्पाओलीलाई राखिरहने कि फाल्ने भन्ने विषयमा विवाद छ । तर रुस गएका १८ जना खेलाडीलाई टोलीबाट निकालिदिए हुन्छ भन्नु कुनै अतिशयोक्ति होइन । कप्तान मेस्सीलाई टीममा बसिरहनका लागि फकाउनु नै उपयुक्त हुन्छ अनि सर्जिओ अग्वेरो, निकोलस ओटामेन्डी र अन्य केही खेलाडी चाहिँ नयाँ अर्जेन्टिनी टोलीमा अटाउन सक्छन् ।

अर्जेन्टिनाका लागि राम्रो खबर भनेको उसको बेन्चमा प्रतिभाशाली खेलाडीहरू छन्, भलै रुसमा उनीहरूले प्रतिभा प्रदर्शन गर्न पाएनन् । पेरिस सेन्ट–जर्मेन क्लबका लागि खेल्ने जियोभानी लो सेल्सोलाई विश्वकपको एउटा म्याच पनि खेलाइएन र मास्केरानोमा विश्वास गरियो । तर लो सेल्सोसँग सटीक बल पास गर्ने क्षमता छ र उनले मिडफील्डलाई गतिमान बनाइरहन्छन् । अनि लियो पारेडेसलाई पनि विश्वकपमा मौका दिइएन । लो सेल्सो र पारेडेसको जोडीले अर्जेन्टिनालाई आवश्यक गति दिन सक्थ्यो ।

उनीहरू बाहेक पनि सान्टियागो आस्कासिबारका रूपमा राम्रा डिफेन्डर छन् । उनी राम्रो ट्याकल गर्न सक्छन् खेलकै क्रममा दिमाग चलाउन पनि सक्छन् ।

गोलकीपरको कुरा गर्दा अर्जेन्टिनाले विश्वकपमा तीनजना कीपर लग्यो तर उनीहरूको विकल्प खोज्ने बेला आइसकेको छ । रियल सोसिडाड क्लबबाट खेल्ने जेरोनिमो रुल्ली उत्तम विकल्प हुन् अनि जुआन मुस्सो पनि राम्रा कीपर हुन् ।

डिफेन्समा इम्मानुएल मम्माना छन् र उनलाई ब्याकअप गर्ने लुकास मार्टिनेज क्वार्टा पनि छन् । फाब्रिसिओ बुस्टोस फुल ब्याकमा राम्रो खेलिरहेका छन् भने निकोलास ताग्लियाफिकोले लेफ्ट ब्याक पोजिसनमा कायम रहिरहनु जरूरी छ ।

टीममा मेस्सी बसेपनि नबसेपनि पाउलो डिबालाले खेल्ने मौका पाउनुपर्छ र अझ उनी त टीमको स्थायी सदस्य नै हुनुपर्छ । यी दुवैलाई एकैचोटि खेलाइँदा भने टीमले राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर जोडीलाई सफल बनाउनका लागि गृहकार्य शुरू गर्नैपर्ने हुन्छ । युभेन्टसबाट खेल्ने डिबालालाई टीमले बाहिर राख्न मिल्दैन ।

अनि फर्वार्ड पोजिसनमा माउरो इकार्डी र लाउटारो मार्टिनेजले आगामी दशकभरि कब्जा गर्नसक्ने क्षमता राख्छन् । त्यसबाहेक क्रिस्चियन पाभोनलाई पनि बिर्सन मिल्दैन । उनी रुसमा असफल भएपनि भविष्यमा शीर्ष खेलाडीका रूपमा उदाउने सम्भावना छ ।

यस्तो हुनसक्छ सम्भावित टोली :

यी माथि नाम लिइएका खेलाडीहरूलाई निरन्तर खेलाइएमा अर्जेन्टिनाले कतारमा सन् २०२२ मा हुने विश्वकपमा र त्यसपछि पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राख्न सकिन्छ । 

मेस्सी नि ? बार्सिलोनाका यी जादूयी खेलाडीका लागि विश्वकप अत्यन्तै निराशाजनक रहेपनि उनले केही बोलेका छैनन् । विश्वकपबाट टीम बाहिरिएपछि उनी एक्लै स्पेन गए र उनको भविष्यका बारेमा अन्योल कायम छ । 
अहिले तत्कालका लागि मेस्सीले राष्ट्रिय टोलीसँग सम्बन्धविच्छेद गर्नसक्ने सम्भावना छ । उनी टोलीमा पछि फेरि फर्किए हुन्छ । 

तर अर्जेन्टिनाले यो विश्वकपमा पाएको सबभन्दा ठूलो पाठ के हो भने मेस्सी एक्लैले टोलीलाई विश्वविजेता बनाउन सक्दैनन् । उनी भएपनि नभएपनि अर्जेन्टिनाले भविष्यको तयारीस्वरूप सन्तुलित र युवाजोशयुक्त टोली तयार गर्नुपर्छ । 

तर त्यो शून्यमा हुने कुरा हैन । यो विश्वकपपछि साम्पाओली वा उनको ठाउँमा आउने अर्को प्रशिक्षकले थकित र द्वन्द्वग्रस्त टोलीलाई पुनरुद्धार गर्ने र नयाँ प्रतिभा भित्र्याउने साहस गर्नुपर्छ । अनि सधैं विवादमा परिरहने अर्जेन्टिनी फूटबल एसोसिएसनले पनि आफ्नो जिम्मेवारी गम्भीरताका साथ वहन गर्नुपर्छ । अचम्म लाग्छ, तर सन् २०१४ को विश्वकपदेखि अहिलेसम्म एसोसिएसनमा चारजना अध्यक्ष परिवर्तन भइसकेका छन् । 

विवादास्पद अध्यक्ष क्लाउडियो तापियाले संसारको सबभन्दा मजबूतमध्ये एक फूटबल राष्ट्रको एसोसिएसन हाँक्ने जिम्मेवारीका लागि आफू योग्य भएको साबित गर्नुपर्नेछ । अनि यो थकित टोलीलाई वास्तविक रूपमा परिवर्तन गराउनु उनको जिम्मेवारी हो । त्यो अवसर सन् २०१४ मा मिस भयो र अब पनि अवसर गुमाउने भूल गर्नुहुँदैन ।

टीमको पुनरुत्थान यात्रामा मेस्सी पनि सहयात्री हुन तयार हुन्छन् भने त्यो अवसर गुमाउनुहुँदैन ।

गोल डट्कममा प्रकाशित डेनियल एडवार्ड्सको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x