सञ्जू फिल्म हेरेपछि सञ्जय दत्तका साथीले लेखे भावुक पत्र

असार २३, २०७५

राजकुमार हिराको फिल्म सञ्जूले बक्स अफिसमा करोडौं को व्यापार गरेको छ र कमाउने क्रम अझै जारी छ । 

सञ्जय दत्तको बायोपिक भनिएको यो फिल्मले भारतीय स्टार सञ्जय दत्तको जिन्दगीको यात्राको चर्चा गरिएको छ भने फिल्ममा विक्की कौशलले अभियन गरेको पात्र कमलीको पनि निकै चर्चा भइरहेको छ । 


विक्की यस फिल्ममा सञ्जय दत्तका मिल्ने साथिको भूमिका निभइरहेका छन् र जो वास्तविक जीवनमा पनि सञ्जय दत्तको यस्तै साथी हुन् जो हरेक समय सञ्जय दत्तसँग देखिन्छन् । 

सञ्जय दत्तका यी साथीको नाम परेश घेलानी  हो । परेश र सञ्जयको दोस्ती सञ्जयको करियरको शुरुवातमा भएको थियो । 

फिल्म हेरेपछि सञ्जयमात्र होइन उनका साथी परेश पनि निकै भावुक भए । जसपछि उनले सामाजिक सञ्जालमा भावुक कुरा लेखे । 

उनले सञ्जयसँग मिलेर उनले कयौं मुस्किल अवस्थाको सामाना गरेको लेखेका छन् । उनले आज पनि दुबैजना साथै रहेको जनाएका छन् । 

सञ्जूलाई उनले आफ्नो जीन्दगीको हिस्सा बनेकोमा धन्यवाद दिएका छन् । सधै आफ्नो सुरक्षा बवच बनेकोमा उनले सञ्जय दत्तलाई धन्यवाद दिएका छन् । उनले सञ्जय जस्तो साथी र भाइ हुनु भाग्य जो कोहीलाई नहुने उल्लेख गरेका छन् । 
 

असार २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस