दबंग टुरले सलमानको चर्चा

असार २४, २०७५

बलिउडका भाइजान सलमान खान आजभोलि दबंग टूरमा व्यस्त छन् । 

यस टुरमा उनका साथ कटरीना कैफ, सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाडिस, डेजी शाह, प्रभुदेवा, मनीष पल र गुरु रन्धावा पनि छन् । 

सलमानको यो दबंग टुरसँग सम्बन्धित फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छ । आफ्ना फ्यानहरुसँगको समपर्कका लागि सलमान ट्वीटर लगायका सामाजिक सञ्जालहरुमा यस्ता तस्वीर पोस्ट गरिरहन्छन् । 
सलमानले सेयर गरेको तस्वीरमा उनी नाचिरहेका देखिएका छन् । 

दवंग टुरका क्रममा सलमान वाशिंगटन डीसीमा आफ्नो प्रस्तुती गरिरहेको तस्वीर पोस्ट गरेका छन् । सलमान खानल दवंग टुरका लागि नेपाल आउने कार्यक्रम दुई पटक स्थगित भइसकेको छ । आयोजकले सलमानको टुरको लागि पाँच हजार टिकट समेत काटिसकेको छ । 

यो टुरबाट फर्किएसँगै सलमान आफ्नो बहुप्रतिक्षित फिल्म भारतको शुटिङमा व्यस्त हुने समाचारहरु सार्वजनिक भएका छन् । 

यो फिल्ममा सलमानसँग ११ वर्षपछि प्रियंका चोपडाले पनि अभिनय गर्दै छिन् । भारतको निर्देशन अली अव्वास जफरले गर्नेछन् । यो फिल्म एक दक्षिण कोरियाली फिल्मबाट लिइएको हो । भारत २०१९ को इदमा रिलिज गर्ने तयारी छ । 
 

असार २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस