×

NMB BANK
NIC ASIA

गाउँका ‘सिंहदरबार’ आमा समूहको शरणमा ! वडा–वडामा पुगेनन् कार्यालय

असार २५, २०७५

NTC
Premier Steels

बुटवल– सार्वजनिक जग्गा प्रशस्त भएपनि रूपन्देहीका अधिकांश स्थानीय तहका वडा कार्यालय भाडाका घरमा सञ्चालन भएका छन् ।

Muktinath Bank

कतिपयले भवन बनाउन शुरू गरेका छन् भने कतिपयले बजेटमा प्राथमिकता दिएर काम शुरू गरेका छन् । निर्वाचन भएको १ वर्ष बितिसक्दा समेत आफ्नै भवन बनाउन जनप्रतिनिधिको ध्यान पुग्न सकेको देखिएको छैन । अधिकांश वडा कार्यालय भाडाका घर, खानेपानी, सामुदायिक वनका भवनमा राखिएका छन् । केही स्थानीय तहका प्रमुख प्रशासनिक भवन समेत भाडामै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही स्थानीय तहले एउटै भवनबाट ४ वडाको काम गर्दै आएका छन् । जसले गर्दा जनतालाई सेवा लिन समस्या खेप्नुपरेको छ । रूपन्देहीका १६ वटा स्थानीय तहमा १ सय ५० वडा छन् । तीमध्ये १ सयभन्दा बढी वडाका आफ्नै भवन छैनन् । ५ पटकसम्म लगायत नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएको बुटवल उपमहानगरपालिकाले अहिलेसम्म आफ्ना वडा कार्यालय बनाउन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिकाका ९ वटा वडा भाडाका भवनमा सञ्चालित छन् । बुटवलमा १९ वटा वडा कार्यालयहरु छन् । बुटवलका ४, ५, ६, ८, १०, १४, १६, १८ र १९ नम्बर वडा कार्यालय भाडाका घरमा रहेको नगरपालिकाका उप्रमुख गोमादेवी आचार्यले जानकारी दिइन् । 

Vianet communication

उनले भनिन्, ‘यस पटक आफ्नै भवन नभएका वडाका लागि बजेट छट्याउँदै छौं । अबको २ वर्षभित्र नगरका सबै वडा आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीका साथ जुटेका छौं ।’ बुटवलको १० नम्बर वडाका वडाध्यक्ष पदम थापाले भाडाका भवनबाट काम गर्न कठिनाइ भएको बताए । ‘हामीलाई काम गर्न पनि समस्या, कार्यालय व्यवस्थापदेखि सेवाग्राहीसम्मलाई समस्या छ । अब आफ्नै भवन बनाउनुको विकल्प छैन,’ उनले भने । 

तिलोत्तमा नगरपालिकाको हालत पनि उस्तै छ । १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकाका पनि ९ वटा वडा कार्यालय भाडामा छन् । १, ३, ४, ८, ९, १०, ११, १३, १५ र १६ नम्बर वडा भाडाका घरमा सञ्चालनमा छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले वडा कार्यालयका लागि जग्गा खोजी भइरहेको बताए । 

तिलोत्तमा नगरको प्रमुख प्रशासनिक भवन पनि भाडामै छ । ‘हाम्रो नगरपालिका नयाँ हो,’ प्रमुख घिमिरेले भने, ‘हाम्रा संयुक्त वडा कार्यालय कुनै पनि छैनन् । एकल वडा कार्यालय चलाएका छौं । वडा कार्यालयका लागि आफ्नै भवन बनाउन उपयुक्त जग्गा खोजी भइरहेको छ । कतिपयका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम पनि छुट्याएका छौं ।’

देवदह नगरपालिकाको एउटा (१२ नम्बर) बाहेक अरू सबै सार्वजनिक, आमा समूह, कृषि कार्यालयका भवनबाट चलेका छन् । १, २, ३ र ४ नम्बर वडा साविक केरवानी गाविसको भवनमा राखिएको छ । 

५ नम्बर वडा कार्यालय कृषिको भवन, ६, ७ र ८ आमा समूहको भवन, ९ सामुदायिक वनको भवन, १० चरङ्गे खानेपानी र ११ सामुदायिक वनको भवनमा राखेर काम गर्नुपर्ने अवस्था रहेको नगर प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए  । खत्रीले भने, ‘भवन बनाउने तयारीमा छौं । कर्मचारी पनि समायोजना हुन सकेका छैनन् । जसले गर्दा काम गर्न अप्ठ्यारो देखिएको छ ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाका १३ वटा वडामध्ये भवन नहुँदा वडा कार्यालयहरू संयुक्त रूपमा सञ्चालनमा छन् । नगरपालिकाका प्रमुख मनमोहन चौधरीले आगामी वर्ष ४ वटा वडा कार्यालय भवन बनाई छुट्टाछुट्टै रूपमा सञ्चालन गर्ने बताए ।

सैनामैनाका १३ वडामध्ये अधिकांश संयुक्त रूपमा पुराना गाविस भवन र खानेपानी तथा सामुदायिक वनका भवनमा राखिएका छन् । जसले गर्दा सेवाग्राही टाढा–टाढाबाट कार्यालयमा आउन कठिनाइ भएको छ ।

१ नम्बर वडा कार्यालय खानेपानीको भवन, २ र ४ साविक पर्रोहा गाविस, ६ र ७ साविक गाविस भवन, ८ र ९ सामुदायिक भवन र १० र ११ साविक सालझण्डी गाविस भवनमा छन् । सैनामैनाले आफ्नो नयाँ प्रमुख प्रशासनिक भवन निर्माण गरेर त्यहीँबाट सेवा शुरू गरेको छ । केही वडा कार्यालयको भवन निर्माणका लागि प्रक्रियासमेत शुरू भएको नगरका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिए ।

शुद्दोधन गाउँपालिकाका ७ वटामध्ये सबै संयुक्त रूपमा सञ्चालनमा छन् । गाउँपालिकाका अध्यक्ष किशुनसिंह चौधरीले साविक गाविस भवनलाई वडा कार्यालयका रूपमा प्रयोग गरिएको बताए । ‘साविक ख वनगाईको गाविस भवनमा १ र २, फर्साटिकरमा ३ र ४, वडा नम्बर ५ आफ्नै भवनमा र ६ र ७ मानमटेरियाको गाविस भवनमा रहेका छन्,’ अध्यक्ष चौधरीले भने । सिद्धार्थनगरका १३ वडामध्ये धेरै वडा आफ्नै भवनमा सञ्चालनमा रहेको बताइएको छ ।

कोटहीमाई, मर्चवारी, मायादेवी, रोहणी र सम्मरीमाई, सियारीका ७/७ वटा वडा छन् भने कञ्चनका ५, ओमसतियाका ६ र गैडहवाका ९ वटा वडा छन् । ती सबै गाउँपालिकामा संयुक्त रुपमा साविक गाविस भवनमा सञ्चालन गरिएको छ । पुराना एउटा गाविसलाई एउटा वडाका रूपमा विभाजन गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x