पत्नीलाई ढाडमा बोकेर एक घन्टा दौडिए ५३ पति

असार २६, २०७५

काठमाडौं – फिनल्यान्डको शहर सोंकरजारवीमा एउटा अनौठो दौड प्रतियोगिता भएको छ । प्रतियोगितामा पतिहरूले आफ्नी पत्नीलाई ढाडमा राखेर लगभग एक घन्टा दौडिएका छन् । यसबीचमा उसले अनेकौं बाधा पार गर्नुपरेको थियो ।

प्रतियोगितामा १३ देशका ५३ जोडीले भाग लिएका थिए । उपाधि चाहिँ लिथुआनियाका व्यतुत्स किर्कलियुकास र उनकी पत्नी नेरिङाले जिते । 

यो प्रतियोगिता विगत २३ वर्षदेखि चलिरहेको छ । उन्नाईसौं शताब्दीमा फिनल्यान्डका एक डाँकु राकनेनले आफ्नो समूहका साथीहरूलाई गहुँको बोरा वा जिउँदो जनावर बोकेर दौडिन लगाउँथे । त्यसपछि फिनल्यान्डमा यो दौडको परम्परा शुरू भयो । 

विगत २३ वर्षदेखि यसको अन्तर्राष्ट्रियकरण गरिएको छ । सन् २००५ देखि यो सोंकरजारवी शहरमा आयोजना गरिएको हो । 

प्रतियोगितामा जोडीहरूले कृत्रिम तलाउ, बालुवा भएको जमीन र काठहरूको बाधा पार गर्नुपर्ने हुन्छ । यसचोटि लिथुआनियाको जोडीले ६ पटकको विजेता ताइस्तो र माइत्नेनलाई हराएका हुन् ।

एजेन्सी
 


ADVERTISEMENT

असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस