घरजग्गामा राष्ट्र बैंकको नजर : मूल्य सूचकांकका लागि सर्वेक्षण गरिने

असार २७, २०७५

काठमाडौं –नेपाल राष्ट्र बैंकले घरजग्गाको मूल्यमा हुने तीव्र उतारचढावलाई कम गर्ने उद्देश्यले घरजग्गा मूल्य सूचकांक तयार गर्ने घोषणा गरेको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिमार्फत् घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई देखाउने गरी सूचकांक तयार पार्ने बताएको हो । नीतिले घरजग्गा मूल्य सूचकांक तयार पार्न सर्वेक्षण गर्ने भनेको छ ।

शहरी तथा ग्रामीण क्षेत्रमा बाटोलाई मात्रै मूल्यांकन गर्दै घरजग्गा मूल्यमा तीब्र उतारचढाव भइरहेको छ ।

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस