×

NMB BANK
NIC ASIA

नेयमार र एम्बाप्पेबीच बोलचाल बन्द, धेर जिस्काएकाले फ्रान्सेलीको चित्त दुखेको दाबी

असार २८, २०७५

NTC
Premier Steels

काठमाडौं – स्पेनी पत्रिका एल पाइले फ्रान्सको फूटबल क्लब पीएसजीका स्टार खेलाडीहरू किलियन एम्बाप्पे र नेयमारबीच तनाव रहेको खबर छापेको छ । ब्राजिलका सुपरस्टार खेलाडीले फ्रान्सेली स्टार एम्बाप्पेलाई लगातार जिस्काइरहेकाले दुईजनाबीच सम्बन्ध चिसिएको बताइएको छ । 

डीएगो टोरेसले लेखेको समाचारअनुसार, नेयमारले एम्बाप्पेलाई डोनाटेलो उपनाम दिए । एम्बाप्पेको अनुहार टीनएन म्युटन्ट निन्जा टर्टल्स कार्टूनका एक पात्र डोनाटेलोसँग मिल्छ भन्दै नेयमारले जिस्काएका हुन् । एम्बाप्पेले आफूलाई यो उपनाम मन नपरेको बताएपनि नेयमारले जिस्काउन छोडेनन् । 

एम्बाप्पेकी आमाले समेत पीएसजीको लकर रूममा आफ्नो छोरालाई सताइने गरेको भनी गुनासो गरेकी छन् । 

नेयमार जस्तै डानी आल्भेसले पनि एम्बाप्पेलाई सताएको टोरेस लेख्छन् । फेब्रुअरीमा खेलिएको एक खेलमा डानी र नेयमारले एम्बाप्पेलाई बलसमेत पास गरेनन् । पछि एम्बाप्पेले ‘मलाई किन बल पास नगरेको’ भनी सोध्दा नेयमार र उनीबीच चर्काचर्की भएको थियो । 

त्यसपछि उनीहरूबीच बोलचाल बन्द भएको टोरेसले दाबी गरेका छन् ।

नेयमार र आल्भेसले एम्बाप्पे आफ्नो तीव्र गतिमा बढी नै निर्भर रहेको विश्वास गर्ने गरेका छन् । अर्जेन्टिनाविरुद्धको खेलमा एम्बाप्पेले दौडिँदै गरेको दुई गोलपछि आल्भेसले टीनएज म्युटन्ट निन्जा टर्टल खेलौनाको फोटो पोस्ट गर्दै यस्तो क्याप्सन लेखे : ‘डोनाटेलो फास्ट छ, है ?’

Muktinath Bank

टोरेसका अनुसार, आल्भेसले नेयमारको प्रभावमा परी यो फोटो पोस्ट गरेका हुन् । 

पीएसजीनिकट एक सूत्रले बताएअनुसार, क्लबले नेयमार र एम्बाप्पेलाई एकअर्काप्रति सार्वजनिक समर्थन गरेको देखाउन कन्भिन्स गरेको छ । अनि एम्बाप्पेले विश्वकप जिते भने त क्लबका लागि अत्यन्तै अप्ठ्यारो स्थिति आउन सक्छ ।
एम्बाप्पेले आफू नेयमारभन्दा राम्रो खेल्छु भनी नदेखाए हुन्थ्यो भन्ने पीएसजी चाहन्छ ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x