असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
– सुरेन्द्र भण्डारी
झापा– बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् ।
कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए ।
धनपती र टीकामाया पौडेलका छोरा प्रकाशसँग धनमायाको विवाह भएसँगै पौडेल परिवारले धनमायालाई बुहारीका रुपमा भित्र्याएका थिए । तर, विवाहको छोटो समयमै प्रकाशको निधन भएको थियो । प्रकाशको निधनपछि परिवारकै सहमतिमा धनमायाको विवाह आज सोही ठाउँ निवासी लेखनाथ मिश्रसँग गरिदिएका छन् ।
धनमायाको विवाह सामाजिक परम्पराअनुसार नै कनकाई नगरपालिकाको कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा गरिएको छ ।
वैवाहिक समारोहमा सरिक भएका नकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलको बेहुलाबेहुलीलाई वैवाहिक जीवनको शुभकामना दिदैं पौडेल परिवारले समाजमा प्रशंसनीय काम गरेकोमा धन्यवाद व्यक्त गरे ।
उनले भने “नेपाली समाजले परम्परागत र रुढीवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा यो विवाहलाई लिन सकिन्छ ।”
पतिको मृत्युपछि पनि महिलाले दोस्रो विवाह गरेर आफ्नो जीवनयापनलाई सहज बनाउन पाउनुपर्ने मान्यतालाई स्वीकारेर पौडेल परिवारले समाजमा राम्रो कामको शुरुवात गरेको छ नगरप्रमुख पोखरेलले भने, “यस्ता कार्यलाई समाजले प्रोत्साहन गर्न सकेमात्रै समाज समृद्धिको बाटोमा जान्छ ।”
बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा अन्माउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको धनमायाका ससुरा पौडेलले बताए ।
“घरमा नहुनुपर्ने घटना घट्यो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन्,” पौडेलले भने, “उनलाई यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विवाह गरिदिएको हुँ ।”
बेहुला मिश्रकी श्रीमती मुनाको करीब अढाई महिनाअघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको थियो । उनको एक छोरा छन् । यता बेहुली धनमायाको पनि एक छोरी छिन् ।
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...