×

NMB BANK
NIC ASIA

बुटवल – देवदह नगरपालिकाले कृषि, पशुपालन र पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेको छ ।

Muktinath Bank

देवदहको तेस्रो नगर सभाले दूध उत्पादको पकेट क्षेत्रको रूपमा विकास गर्न आगामी आर्थिक वर्षदेखि किसान परिचय पत्रको अवधारण अगाडि सारेको हो । नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीका अनुसार यस वर्ष नै देवदह नगरपालिकाले किसान परिचय पत्र वितरणको योजना अगाडि बढाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वास्तविक किसान परिहचान गरी अनुदान लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि यस्तो किसान परिचय पत्रको अवधारण अगाडि बढाइएको हो । किसानले पाएका विभिन्न सेवा सुविधालाई विवरणको रुपमा राख्ने गरी यस्तो कार्य अगाडि बढाइने मेयर खत्रीले बताए ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाले थप १ हजार गाईमा कृत्रिम गर्भाधान गराउने पनि लक्ष्य लिएको छ । विदेशबाट आयात गरिएको बाच्छी मात्रै जन्मिने (सेक्स सिमोन) १ हजार डोज आगामी आर्थिक वर्षमा वितरण गरिने भएको हो । देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट खासगरी पशुको नस्ल सुधारको लागि योजना अगाडि बढाइएको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले जानकारी दिए ।

Vianet communication

उनका अनुसार यसको लागि टेन्डर आह्वान प्रक्रिया अगाडि बढाई सेक्स सिमोन खरिद गरी वितरण गरिने छ । एउटा  डोजको न्यूनतम ३ हजार रुपैयाँ पर्दछ । सोही अनुरुपमा ३० लाख रुपैयाँ विनियोजन गरी किसानलाई निःशुल्क रुपमा सिमाने उपलब्ध गराउन लागिएको हो । मेयर खत्रीले भने, ‘किसानले लगानी अनुसारको आम्दानी गर्न सकेका छैनन्, लगानी न्यूनीकरण आम्दानी ज्यादा बनाउनको लागि हामीले घाँसमा आधारित पशुपालन र पशुमा नस्ल सुधारको कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौं ।’

वार्षिक रुपमा देवदह नगरपालिकाभित्र किसानले करीब ३० करोड रुपैयाँ बराबरको आम्दानी दुधबाट मात्रै गर्दै आएका छन् । जुन रकम उत्पादन भएको दुधको केही प्रतिशत मात्र हो । सिक्स सिमोनको माध्यमबाट गर्भधान गराउँदा गाईले बाच्छी नै पाउने सम्भावना ९९ प्रतिशत रहेको छ ।

नेपाल सरकारले केही समयदेखि सानो संख्यामा यो सिमोन वितरण गर्दै आएकोमा यस पटक देवदहले आफैं यसको थालनी गर्न लागेको हो । देवदहमा वार्षिक १० हजार गाईमा कृत्रिम गर्भाधान गराउन सिमोन आवश्यक पर्दछ । तर, अहिले पहिलो चरणमा १ हजार गाईमा कृत्रिम गर्भाधान गराउने योजना अगाडि बढाइएको हो ।

मेयर खत्रीका अनुसार पशुधन बीमामा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । गाई, बाख्रा, भैसी, पाडा वा हाँस जेमा पनि किसानले बीमा गरेर आएमा त्यसको ५० प्रतिशत प्रिमियम रकम प्रदान नगरपालिकाले गर्ने भएको हो । गत वर्ष नगरपालिकाभित्र करीब ४ हजार पशुमा पशुधन बीमा गरिएको थियो ।

कृषिमा आत्मनिर्भर भएपनि किसानले उत्पादन गरेको दुध बिक्री वितरण उचित समयमा नहुँदा किसानहरू मारमा परेको गुनासोको आधारमा किसानले उत्पादन गरेको दुधलाई मिल्क पाउडर बनाएर बिक्री गर्ने उद्योगको लागि समेत पहल गरिएको मेयर खत्रीले बताए । यसको लागि प्रदेश सरकारसँग आवश्यक छलफल गरी मिल्कीङ्ग पाउण्डर प्लान्ट देवदहमा नै सञ्चालन गर्र्नको लागि पटक–पटक आग्रह गरिएको प्रमुख खत्रीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x