×

NMB BANK
NIC ASIA

साँगा–धुलिखेल सडकः पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तरता दिए समस्या निम्तिने

काठमाडाैं | बैशाख ८, २०८१

NTC
फाइल तस्वीर ।
Premier Steels

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तरता दिँदा समस्या निम्तिने भएको छ । 

Muktinath Bank

तीन वर्षमा सक्नेगरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो । सडक विस्तारका क्रममा पहिलेकै स्थानमा पुरानै शैलीका ढल राख्दा र आवश्यक स्थानमा नराख्दा ढल व्यवस्थापन भने अस्तव्यस्त हुने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरनिको राजमार्ग विस्तारका क्रममा भएका सबै संरचनाको पुनःनिर्माण गर्ने गरी आयोजनाले गरेको विस्तृत अध्ययन प्रतिवेदन (डस्पीआर)मा उल्लेख भएअनुसार सडक क्षेत्रमा पर्ने ढल, खानेपानीलगायतका संरचना पुनर्निर्माण हुने तर आयोजनाले कुनै नयाँ स्थानमा नयाँ व्यवस्थापन नगर्ने सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले बताए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार पुरानै क्षेत्रमा ढलको विस्तार र व्यवस्थापन हुन्छ । नयाँ ढल राख्ने वा थप्ने योजना छैन । खनालले भने, ‘त्यो काम अन्य निकायको कार्यक्षेत्रमा पर्छ ।’ धुलिखेल नगरपालिका–३ बाँसघारीमा हाल ढल परिवर्तनको काममा भइरहेको छ । बनेपामा भने साविकको ढल परिवर्तन गर्ने भए पनि नयाँ ढलमा आयोजना संलग्न नहुने खनालको भनाइ छ । 

Vianet communication

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल साँगामा खुला ढल छाडिएको छ । खुला ढल नयाँ बन्ने सडकको किनार हुँदै विकटेश्वर खोलामा मिसिनेछ । उक्त खोला र घाटलगायतका अन्य संरचनामासमेत असर पुग्ने स्थानीय बताउँछन् ।

स्थानीयहरूले आयोजनामार्फत नयाँ र व्यवस्थित ढल निर्माण गर्न अनुरोध गर्दै आएका छन् । स्थानीय सुकदेव जोशीले पटकपटक वडा कार्यालयमार्फत आयोजनालाई व्यवस्थित ढलका लागि अनुरोध गर्दै आएको तर आयोजना र निर्माण व्यवसायीले बेवास्ता गरेको बताए । ‘अहिलै आवश्यक स्थानमा व्यवस्थित ढल निर्माण नगरे ढल अस्तव्यस्तसँगै वातावरण प्रदूषण हुनेछ,’ उनले भने । 

अर्का स्थानीय राजेन्द्र जोशीले आयोजनाले निर्माण गरेको कार्य अलपत्र छाड्दा स्थानीयलाई थप सास्ती भएको बताए । उनले स्थानीयका घर जाने बाटोमा समेत अवरोध हुने गरी संरचना निर्माण गरिएकामा आयोजना गम्भीर हुनुपर्ने गुनासो गरे । उनले भने, ‘विशेषगरी ढल व्यवस्थापनमा गम्भीर नभए स्थानीयले विरोधकमा उत्रने चेतावनी दिइरहेका छन् ।’

स्थानीयले तत्काल खुला ढल, खानेपानी, पुरातात्विक संरचनाको व्यवस्थापन गर्न बनेपा नगरपालिकालाई आग्रह गरेका छन् । यसैगरी सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएको खानेपानीका पाइप तथा ढल व्यवस्थापनमा कठिनाइ भएको आयोजनाले जनाएको छ । 

यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आयोजनासमेत अन्योलमा परेको हो । सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो । आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ ।

विशेषगरी बनेपा नगरको मुख्य बजारक्षेत्र पुलबजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन हजार दुई सय मिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनका विषयमा चुनौती देखिएको खनालले बताए । उनका अनुसार धुलिखेलमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । 

खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रको खानेपानी र ढल व्यवस्थापनको काम भइरहेको छ । आयोजनाका अनुसार खानेपानी तथा ढल व्यवस्थापनमा अध्ययनबाट धुलिखेलमा खानेपानीको व्यवस्थापनमा रु एक करोड र ढल व्यवस्थापनमा रु चार करोड खर्च हुने अनुमान गरिएको छ । 

यस्तै आयोजनाले बनेपामा खानेपानी र ढलको काम सुरु गर्दा कुन तरिकाबाट काम गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । यसअघि पनि सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको थियो । 

पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । –रासस 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x