चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य बाधक रहेको बताएका छन् ।
भ्रष्टाचार र अनियमितता गर्ने उद्देश्यले योजना निर्माण हुने परम्परा रहेको बताउँदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको उनले बताए । सुर्खेतको गुर्भाकोट नगरपालिकाको सुवाघाटमा आज सिमान्तकृत, आदिवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत् प्रणाली हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारणका लागि कर्णाली प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका कोही नागरिक भूमिहीन भएर बस्नु नपर्ने बताए । सबै किसिमका भूमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भूमि आयोग निर्माण गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिए ।
‘सिमान्तकृत, अल्पसंख्यक, पिछडा वर्गको आफ्नै आवास निर्माणका लागि सरकारले आवश्यक बजेटसहित मुख्यमन्त्री एकीकृत वस्ती विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अब तपाईहरू सबैको आफ्नै घर हुन्छ, कोही पनि बगर र जोखिमपूर्ण क्षेत्रमा टहरा हालेर बस्नु पर्दैन ।’
कार्यक्रममा लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्द्रका अध्यक्ष लालबहादुर राजीले सिमान्तकृत, अल्पसंख्यक, पिछडा समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य विद्युत् प्रणाली वितरण गरिएको बताए ।
लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्द्रद्वारा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री खडकबहादुर खत्री, प्रदेशसभा सदस्य ठम्मर विष्ट र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगायतले सम्बोधन गरेका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...