×

NMB BANK
NIC ASIA

कति समय टिक्ला, बक्स अफिस र पुनर्वाहली

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–काठमाडौंका २० बटा हलहरूमा ई–टिकेटिङ सिस्टम (बक्स अफिस प्रणाली) लागू भएको छ ।

Muktinath Bank

साउन १ गते मंगलबारदेखि राजधानीका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटर गरी २० वटा हलहरुमा बक्स अफिस प्रणाली लागू भएको हो । अचम्म लाग्दो कुरा बक्स अफिस कार्यान्वयन हुनुभन्दा केही दिन अघि सरकारले निवर्तमान वोर्ड अध्यक्ष निकिता पौडेललाई पदमुक्त गरेको थियो, तर सर्वोच्चले भने अर्को आदेश नआएसमम सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । उनी पुनर्वाहली भएसंगै वक्स अफिस कार्यान्वयनको घोषणा भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने वर्तमान सरकारको निर्णयपछि पदमुक्त भएकी निकिताले सरकारको निर्णयप्रति असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट हालेकी थिईन् । उक्त रिटको सुनुवाइ गर्दै अर्को आदेश नआएसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले सोमबार अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । निकिताले आफू प्रक्रियागत रूपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमति जनाउँदै रिट दायर गरेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

चलचित्र विकास वोर्ड, चावहिलमा सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा मंगलवार बक्स अफिसको उद्घाटन गरियो । उद्घाटन समारोहमा बोल्दै मन्त्री बाँस्कोटाले असार मसान्तभित्र राजधानीबाहिरका हलहरूमा पनि बक्स अफिस लागू गरिने बताए । राजधानीबाहिरका हलमा पनि हामी छिट्टै जाँचमा जानेछौं, उनले भने, ‘ति हलमा पनि बक्स अफिस लागू हुनेछ, शंका मान्नु पर्दैन ।’ उनले अब फिल्मको व्यापार पारदर्शी हुने भन्दै निर्माताहरूले अब आफ्नो व्यापार सजिलै थाहा पाउने र राज्यले पनि कर पाउने बताए । आगामी दिनमा कुनैपनि निर्माताले घर–घडेरी डुबाउनु पर्ने दिन आउने छैन, उनले थपे, ‘कलाकारले पनि आफ्नो मिहिनेतको पारिश्रमिक पाउनेछन । राज्यलाई कर छल्ने प्रवृत्ति अन्त्य हुनेछ ।’ मन्त्री वास्कोटाले अवका दिनमा नेपालको फिल्मी क्षेत्र राम्रो हुने आशा राखे ।

Vianet communication
Laxmi Bank

विदेशी विज्ञापन वन्द 

मन्त्री बास्कोटाले विदेशी विज्ञापन वन्द गर्ने घोषणा गरे । विदेशी कलाकार राखेर नेपाली भाषामा तयार गरिएको विज्ञापन अब बन्द हुनेछ, उनले भने, ‘अब प्रमोशन नेपाली कलाकारको हुनेछ, नेपाली चलचित्रलाई माथी पुराउने काममा लाग्नुपर्नेछ ।’ मन्त्री बासकोटाले बक्सअफिस प्रणालीको सुरुआत् गर्दै अब फिल्महलहरूको वर्गीकरण गरिने समेत बताए । उनले सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) लगइन गरी उपत्यकाभित्रका हलहरुमा चलिरहेका फिल्महरुको व्यापार हेरे । ‘सबै कुरा बनिसक्न त हजारौं वर्ष लाग्न सक्छ, तर जहा“बाट सम्भव छ, पहिलो पाइला त्यहींबाट चाल्नुपर्छ । त्यसैले आजैका दिनदेखी उपत्यकाभित्र बक्सअफिस लागू भएको छ, उनले भने, ‘मन्त्रालयको पनि आवश्यक सपोर्ट र बोर्डले पनि आवश्यक लगानी गरी हामी ती सबै ठाउ“मा जान चाहन्छौं ।’

कति समय टिक्ला ?

मंगलबार गरिएको वक्स अफिस घोषणा कार्यक्रममा चलचित्र क्ष्ँेत्रसंग सम्वन्धीत धेरै कलाकार, निर्देशक, निर्माता तथा हलसंचालकहरुको उपस्थिती थियो । बक्स अफिस लागू भएस“गै धेरैमा खुसी थियो । तर पछिल्तिर भने यो कुराको पनि चर्चा चलिरह्यो, ‘वक्स अफिस र निकिताको कार्यकाल छोटो समयका लागी त हैन ?’ उनिहरुको जिज्ञासामा कतिपयले निकिता केहि समय टिक्नेछिन् र वक्स अफिस चाडै खतरामा परेर सेलाउनेछ भनेका छन् । यद्यपी जोजसले जे भनेपनि वक्स अफिस कार्यान्वयन हुनैपर्छ, निकिताको कार्यकाल के हुन्छ त्यो हामिले भन्न सक्ने अवस्था हुदैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x