×

NMB BANK
NIC ASIA

केन्द्रले हेपेको खेलकुद क्षेत्र प्रदेशको प्राथमिकतामा, बन्दैछन् १ सय ११ खेल मैदान

साउन ३, २०७५

NTC
Premier Steels

बुटवल – ५ नम्बर प्रदेश सरकारले खेलकुदलाई हेर्ने दायरा फराकिलो बनाएको छ ।

Muktinath Bank

केन्द्र सरकारको खासै प्राथमिकतामा पर्न नसकेको खेलकुद क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा पर्न थालेको देखिएको हो । खेलकुदको विकास गरी दक्ष खेलाडी उत्पादन गर्न प्रदेशमा एकैसाथ १ सय ११ वटा खेलकुद मैदान बन्ने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले ‘एक स्थानीय तह, एक खेल मैदान’ भन्ने नाराका सबै गाउँ नगरमा आवश्यकता अनुसार फुटबल, क्रिकेट र भलिबल खेल मैदान तयारीमा जुटेको हो । प्रदेशका १२ जिल्लामा १ सय ९ वटा स्थानीय तह छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले ४ वटा उपमहानगरपालिका (बुटवल, तुलसीपुर, घोराही र नेपालगञ्ज) मा रंगशाला र अन्य स्थानीय तहमा आन्तरिक प्रतियोगिता खेल्न सक्ने गरी खेल मैदान बनाउने तयारीका साथ बजेट विनियोजन गरेको बताए । खेल मैदान निर्माणका लागि ५ करोड ५५ लाख रूपैयाँ प्रदेश सरकारले छुट्याएको छ ।


Advertisment
Nabil box
Kumari

रंगशालामा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता पनि गर्न सकिने छ । ‘प्रदेश सरकारले खेलकुदको विकासमा बजेट तथा खेल मैदानको कमी हुन दिने छैन,’ मुख्यमन्त्री पोखरेलले भने, ‘एउटा खेल मैदान बनाउन ५० लाख रूपैयाँका दरले बजेट पनि छुट्याएका छौं । २ वर्षभित्र मैदानको फाउन्डेसन बनाउँछौ । अब खेलाडीले मैदान भएन भनेर चिन्ता लिनु पर्दैन ।’

Vianet communication

फुटबल, क्रिकेट र भलिबलको लागि ५ नम्बर प्रदेश उर्वर भूमि मानिन्छ । त्यसको लागि हालसम्म व्यववस्थित खेल मैदान नहुँदा आन्तरिक प्रतियोगिता समेत हुन सकेका छैनन् । जसले गर्दा खेलाडीले प्रतिभा निखार्न पाएका छैनन् । एन्फा अध्यक्ष कर्म छिरिङ शेर्पाले खेलकुदको लागि नेपालमा पूर्वाधार नहुँदा नेपाली खेलकुद क्षेत्र पछाडि परेको बताए । ‘सन् १९९४ मा नेपाल र क्रोएसिया फुटबलमा एउटै अवस्थामा थिए,’ शेर्पाले भने, ‘अहिले क्रोएसियाले विश्वकपको फाइनल खेल्यो । त्यहाँ पूर्वाधार भए, यहाँ भएनन् ।’

‘खेलकुलको विकासका लागि सबै प्रदेशमा १÷१ वटा अन्तर्राष्ट्रिय स्तरका रंगशाला अनिवार्य बनाउनुपर्छ,’ उनले भने । शेर्पाले नेपाली फुटबल तल्लो तहदेखि नै विकास गर्ने उद्देश्यले ४५ जिल्लामा भदौमा ‘ग्रासरुट’ कार्यक्रम नै सञ्चालन गर्न लागिएको र स्थगित भएको शहीद स्मारक लिग पनि यसै वर्ष सूचारु गर्न लागिएको अध्यक्ष शेर्पाले बताए ।

पहिलो पटक एकैसाथ धेरै संख्यामा खेल मैदान बनाउने सरकारको तयारीपछि खेलाडी हौसला बढेको छ । एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङले राष्ट्रिय लिग, महिला लिग, अन्तर मावि लिगलाई सुचारु गर्नेदेखि सातै प्रदेशमा प्रदेशस्तरीय रंगशाला, अन्तर्राष्ट्रिय रंगशालाजस्ता पूर्वाधार निर्माणमा संघीय, प्रदेश र स्थानीय सरकारले लगानी गर्नुपर्ने शेर्पाले माग गरे ।

‘फुटबलको दायरा फरक बनाउन जरुरी’

यसैबीच, मुख्यमन्त्री शंकर पोखरेलले फुटबलको दायरा फराकिलो बनाउन जरूरी रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रदेश स्तरीय अन्तक्र्रिया र कार्यशालाको बिहीबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरलले भने, ‘अबदेखि फुटबल खेलाडी छनोटको दायरा फराकिलो बनाउन जरुरी छ । जसको स्टामिना राम्रो छ, कुदेर थाक्दैन र गोल गर्ने कला पनि छ ।’ हालसम्म पदाधिकारी निकटका मान्छेका छोराछोरीलाई छनोट गर्ने परिपाटीले नेपालको फुटबल खेल पछाडि परेको बताए ।

फुटबल खेलाडी छनोट गर्दा ‘स्टामिना’ राम्रो भएको, कुद्न सक्ने र गोल हान्ने कौशल (कला) भएका खेलाडी छनोट गर्न सकिएन भने राज्यले जतिसुकै लगानी गरेपनि उपलब्धी नहुने मुख्यमन्त्री पोखरेलले स्पष्ट पारे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x