बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने छात्राबारे सार्वजनिक अभिव्यक्तिप्रति नेकपा प्रवक्ताले जनाए आपत्ति

साउन ६, २०७५

काठमाडौं –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राहरूका विषयमा कानूनमन्त्री र एक मेडिकल कलेज सञ्चालकले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

कानूनमन्त्री शेरबहादुर तामाङ र बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत नेपाली छात्रामाथि यौनशोषण हुनेगरेको बताएका थिए ।

यसको विरोध गर्दै श्रेष्ठले ट्वीटरमा लेखेका छन्– 'व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरूका बारेमा गरेको सार्वजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ । यसको भर्त्सना गर्दै सार्वजनिक आत्मालोचनाको माग गर्दछु । साथै कानूनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दु:खद छ । सरकारको गम्भीर ध्यान जाओस् ।'

साउन ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस