×

NMB BANK
NIC ASIA

निकोलाई चाउशेस्कु नाम गरेका एकजना रोमानियाका कम्युनिस्ट शासक थिए । उनी एकदमै डरछेरुवा थिए । सबैभन्दा ठूलो डर उनलाई ‘अब त म मर्छु कि होला हाउ’ भन्ने थियो । आफू शासक भएकाले षड्यन्त्रपूर्वक हत्या हुन नि सक्छ भन्ने शंका लाग्थ्यो उनलाई ।

Sagarmatha Cement
Muktinath Bank

तर उनमा जीवनप्रतिको रुचि मरेको थिएन । जीवन भोगाइका हिस्साहरू लम्बिए नि हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसकारण चाउशेस्कु हरेक नयाँ दिनको शुरूवातसँगै नयाँ कोट पाइन्ट र टिलिक्क टल्किने कालो जुत्ता लगाउँथे । र भोलिपल्ट फेरि नयाँ कपडा लगाउँथे । अघिल्लो दिनको पुराना कपडा जलाएर नष्ट गराउन आदेश दिन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका शेरबहादुर देउवा सरकारको पालामा तिनको मन्त्रिमण्डल होस् र सचिव, यतिसम्म कि पीएसम्मका मनुष्यहरू निकोलाई चाऊशेस्कुको रूपमा देखापरे । तिनीहरूलाई डर थियो, ‘यो इतिहासकै अन्तिम रजगज हुने पो हो कि ? तिनलाई के शंका थियो भने भोलि फेरि पदमा नआइने हो कि ? भोलि फेरि यस्तै मीठोमीठो खान नपाइने हो कि ? भोलि फेरि आईफोन उपहार नपाइने हो कि ? भोलि फेरि कमिसन खान नपाइने हो कि ? किनभने तिनीहरूमा लालसी जीवनप्रतिको मोह घटेको थिएन ।


Advertisment
Nabil box
Kumari

राज्यको ब्रह्मलुट चलिरह्यो । हसुर्न बाँकी कहाँ के के छन् त्यो बाँकी रहेन । गोपानमान श्रेष्ठका एकजना महिला सहयोगीले बनेपामा स्टफ नर्स कलेज खोलाउने अनुमति दिलाउँछु भनेर एकजना राणा थरका युवा व्यवसायीबाट लाखौं रकम असुल गरिछन् । यो उदाहरणको एक नमूना मात्रै पेश गरेको हो । अन्यथा भन्दै जाने हो भने त उदाहरणहरूको नै नयाँ महाभारत तयार हुनेछ ।

Vianet communication
Laxmi Bank

ती जंगी महिलाको आवाज चिरबिरे चराको जस्तो निकै तीखो थियो । तिनले आँखा चिम्लेर दाबी गरेकी थिइन्, ‘यो अन्तिम होला जस्तो छ, अब फेरि यही स्थान पाइने भाग्यमा लेखेको छ कि छैन खै, तर डन्ट वरी... मन्त्रीज्यूको तोक लगाएरै छाड्छु ।’

त्यस्तै चलिराखेको रजगज समाप्त हुने कुरामा सबैभन्दा धेरै शंका गर्ने मनुष्य देउवा नै थिए । तर देउवा डरछेरुवा भने थिएनन् । अद्भुत शक्ति प्राप्त हुने विश्वासमा युगान्डाका तत्कालीन राष्ट्रपति इदी अमीनले मान्छेको मासु खान पछाडि परेका थिएनन् । देउवाले मान्छेको मासु नखाएपनि ज्योतिषीकहाँ पुगेर सातपटक प्रधानमन्त्री बन्ने योग आफूसँग रहेको थाहा पाएका थिए ।

योगलाई थप मजबूत बनाउन बालुवाटारमा ग्रहशान्तिको पूजाआजा चलिरहेकै थियो ।

यिनै ब्रह्मलुट र अव्यावहारिक हर्कतहरूको बीचमा कांग्रेसले नराम्रोसँग चुनाव हा–यो । हारको सबैभन्दा चिन्ता तिनका युवा नेताहरूका मुहारमा देखाप–यो । युवा नेताहरू जंक्सनमा भेला भए । काका, मामाले आफूहरूका कुरा नसुनेर अगाडि बढेको कुरा गरे । गिरिजाबाबुले हामीलाई बोलाएर सोध्नुहुन्थ्यो तर आजभोलि त कसैले वास्ता नै गर्दैनन् भन्दै तिनीहरू रुन थाले ।

उता देउवाले दारु पिउन छाडेका थिएनन् । चुनाव हारेकोमा कुनै पीडाबोध थिएन । प्रधनामन्त्री पदबाट राजीनामा दिनुभन्दा एक हप्ता अगाडि हल्का ज्वरो आयो देउवालाई । डाक्टरले आज दारु नपिउनुहोस् भनेर आग्रह गर्दा देउवा झन्किए, ‘तिमीले नपिउन भनेर म मान्छु, यार ? छयालीस सालदेखि पिउँदै आएको कुरा आज तिमीले नपिऊ भनेर हुन्छ ?’

राहुल र गगनको दुःख

तिकडमबाजीमा टिकेको नेपालको राजनीतिमा बेलुकी राक्षस भएर सुतेको मनुष्य बिहान उठ्दा अचानक भगवान् भइदिन्छ । अरे यार, अचानक म कसरी भगवान हुन आएँ ? जो भगवान् जस्तो भयो उसैलाई थाहा हुँदैन यस्को रहस्य । पंक्तिकारको नजरमा गगन कहिले भगवान हुन् त कहिले राक्षस । पार्टीलाई जोगाउने सन्दर्भमा पछिल्ला दिनहरूमा उनले गरेको संघर्ष फरक राजनीतिक विचारधारामा समाहित भएका युवाहरूले पनि सिक्दा हुन्छ ।

पार्टीभित्र र बाहिर अनेकौं घेराबन्दी, सामाजिक सञ्जालमा तीव्र आलोचनाका बीच पनि संसदमा जसरी गर्जेका छन् गगन, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । जसले जे भने पनि कांग्रेसको ज्युँदो आवाजको रूपमा गगन हाजिर भएका छन् । पार्टी भएर मात्र हुँदैन, कार्यकर्ताहरू भएर मात्र पनि हुँदैन । आजको युगमा मुख्य कुरा जमातलाई कन्भिन्स गर्ने कुरा हो । विचारकै कुरा गर्ने हो भने मोहन वैद्य किरणको गजब छ, तर तिनको विचारले मेसेन्जर पाएको छैन ।

गगनको जिम्मामा कांग्रेस नभएपनि चुनाव हराउन हुँदैन्थ्यो किनभने पार्टी जीवित रह्यो भने न गुट जीवित रहन्छ । पार्टी, सार्टी केही छैन, गुटले के गर्छ ? मम दोकान खोलेर बस्छ ? आजभोलि कम्युनिस्ट मित्रहरू बडो ‘लोयल’  भएका छन् । पार्टीलाई जोगाउने तरिका गगनबाट सिकेको भए कम्तीमा भूपू माओवादी हुनुपर्ने थिएन कि ?

यस्तो लाग्छ कि राहुल गान्धी र गगन थापाको राजनीतिक लिगेसीको प्रसव पीडा उस्तैउस्तै छ । यी दुई युवाले कांग्रेसलाई जोगाउन भरपूर प्रयास गरिरहेका छन् । यिनको बलबुताले भ्याएसम्म कांग्रेसलाई नयाँ जीवन दिन अतालिइरहेका छन् । बिचरा राहुल के गरून् ? हिन्दी पनि राम्रोसँग बोल्न आउँदैन । गान्धी परिवारको लिगेसीका कारण राहुल भारतको सम्मानित पात्र भएपनि राजनीतिमा उनी एक्लव्य भएका छन् ।

मोदी सरकारको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी केही दिन अघिसम्म लोकसभाको वर्षे अधिवेशनमा गर्जिरहेका देखिन्थे । राहुलले मोदीलाई अंकमाल पनि गरे । धर्मको राजनीति गरेर उदाएका मोदीका अगाडि राहुल जुध्ने कुरा हिन्दुस्तानको सन्दर्भमा कत्तिको प्रभावकारी होला, जो कोही जान्दछन् ।

गगन थापा नि केही नौलो विषय थाहा पाउँदासाथ ओली सरकारको विरोध गर्दै संसदमा गर्जिन भुलेका छैनन् । सार्वजनिक महत्त्वका विषयहरूमा उनी बोलिरहेका हुन्छन् । वास्तवमा यो पो हो जनवाद । तर दुईतिहाइको सरकार आत्तिनुपर्ने कुनै आवश्यकता छैन । र पनि प्रम ओलीले बेलाबेलामा गगनको नाम नै तोकेर जवाफी फायर दिने गरेका छन् । यसैबाट प्रस्ट छ कांग्रेसमा गगनको कति धेरै महत्त्व हुनुपर्थ्यो ।

भारतमा राहुल गान्धीलाई मिडियाहरूले हाँसो मजाकको पात्र बनाइरहेका छन् किनभने भारतमा धेरैको बुझाइ के छ भने राहुल गान्धी विदेशी आमाको काखबाट जन्मिएका सन्तान हुन्, भारतीय मूलवासी हैनन् । नेपालमा भने गगन थापाले मिडियाको राम्रै साथसहयोग पाइरहेका छन् ।

जे होस्, प्रतिपक्षमा पुगेका यी दुई पात्रहरूले मोदी र ओलीको सामना गरिरहनुपरेको छ । संयोग के भने मोदी र ओलीको फरक धारलाई नसहने अनुदारवादी सोच समान छ । कांग्रेस जोगाउने राहुल र गगनको हुटहुटी पनि समान छ ।

के जोगिएला कांग्रेस ?

कांग्रेस दीर्घरोगी जस्तो शिथिल बिरामी भइसक्यो । कांग्रेसको नशामा रगतको प्रवाह जुन रूपमा चल्नुपर्ने थियो, त्यो रूपमा चलिराखेको छैन । कांग्रेसको आँखामा पनि ठूलै समस्या छ जसले चीजहरूलाई राम्रोसँग हेर्न र पहिल्याउन सकेको छैन । डा. गोविन्द केसीको अनशन लगायतकै विषयमा कांग्रेसले आन्दोलनहरू अगाडि बढायो तर ती रणनीतिक रूपमा उठेका आन्दोलन थिएनन् ।

अब कांग्रेसलाई औषधोपचार गरेर केही समयको लागि बचाउने वा दाहसंस्कार तथा काजकिरियाका लागि तयारी हालतमा बस्ने ? प्रश्न यो हो किनभने पार्टी भनेको विचार हो, आरजु देउवा त हैन नि पार्टी । र यो नियम संसारका हरेक पार्टीमा लागू हुन्छ । विचार नभएको पार्टी त्यो राजनीतिक पार्टी भइरहन सक्दैन ।

कांग्रेसका खलपात्रहरूले कांग्रेसलाई बचाउन भन्दा पनि मार्नतर्फ लागिपरेको प्रतीत हुन्छ । यो चिन्तनका एक खलपात्र हुन, पार्टी सभापति शेरबहादुर देउवा । डा. केसीको अनशनको सन्दर्भमा प्रधानमन्त्री केपी ओलीको झाँको झार्छु भन्दै बालुवाटर गएका देउवाले जापानमा राजदूतको रूपमा रहेकी आफ्ना सासु प्रतिभा राणालाई फिर्ता बोलाए राम्रो नहुने भन्दै धम्की दिएर फर्केका थिए ।

संयोग के भने मोदी र ओलीको फरक धारलाई नसहने अनुदारवादी सोच समान छ । कांग्रेस जोगाउने राहुल र गगनको हुटहुटी पनि समान छ ।

देउवा प्रधानमन्त्री भएताका उनका आसेपासेले राजदूत नियुक्ति गर्दा ठूलो रकमको शुभलाभ गरेको चर्चा छ । उनको हातले नै दाम बुझेका हैनन् तर उनीद्वारा निर्मित हातहरूले दाम बुझेका छन् । ह्विप जारी गरेर एनआरएनका ठुटे नेताहरूलाई जिताइदिने आश्वासनमा पनि यिनीद्वारा आशीर्वाद पाएका हातहरूले करोडौं रकम असुलेका छन् ।

एकजना महिला राजदूतको नाम लिन्नँ तर विजय गच्छदारले दुई करोड असुलेको आरोप लागेको थियो, आज तिनै गच्छदार कांग्रेसको भाग्य चम्काउन हाजिर भएका छन् ।

संसारमा यस्ता राजनीतिक पार्टीहरू बिरलै होलान् जसको नेताले चुनावको हार स्वीकार गर्न नै मान्दैन । देउवाले आजको मितिसम्म चुनावको हार स्वीकार गर्न मानेका छैनन् । यतिसम्म कि समीक्षा बैठकमा हारका बारेमा समीक्षा गर्नुको सट्टा यिनले झगडा गरेका छन् । यिनले रामचन्द्र पौडेलको सातोपुत्लो काढेका छन् ।

एकगजाको बैठकमा देउवाले भनेका थिए रे, ‘चुनाव मैले गर्दा हारेको हो र, यार ? जनताले भोट नै नहालेपछि मेरो के दोष ?’ देउवाको यस्तो प्रतिक्रिया सुनेपछि रामचन्द्र बाजेलाई कडा रिस उठेछ । रामचन्द्र बाजेले अहम्... अहम्... गरेर बोल्नका लागि माइक्रोफोन ठ्याकठुक हान्दा पुरानै होस्ल्याङ शैलीमा देउवा फेरि कराएछन्, ‘हत्तेरी तपाईं चुप लाग्नुहोस् भन्या, यार । किन बोल्ने ? धेरै बोलेर काम नै छैन भन्या ।’

देउवाले आफू प्रधानमन्त्री हुँदा माखो मारेनन् अब यतिबेला अरूले बाघ मारेनन् भन्दै कराउँदै हिँडेका छन् । उनी ठूलो कालो कोट लगाएर डा. केसीलाई भेट्न अस्पताल गएको तस्वीर सार्वजनिक भएको थियो । त्यो एकप्रकारको बिरालोले मुसा कुरेर बसे जस्तो देखिन्थ्यो । वास्तवमा कांग्रेसको अप्रेसन गर्न जरूरी छ । देउवा प्रवृत्ति भनेको तानाशाही प्रवृत्ति हो ।

गगन थापाले अब चारतारे झण्डमा चार थोपा आँसु बगाउने होला । कामको क्रममा कमजोरीहरू भएपनि एक युवा हुनुको नाताले गगनको जति आलोचना हुनुपर्छ, त्यति नै उनलाई माया पनि गर्नुपर्छ किनभने गगन युवाहरूको प्रतिनिधि हो । बलियो प्रतिपक्ष चाहिन्छ । अधिनायकवादको डर तब हुन्छ जब त्यहाँ बलियो प्रतिपक्ष हुँदैन ।

वैचारिक प्रश्न

समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीका कुरा मौका मिल्दा सुनिन्छ । एक खुमबहादुर खड्का थिए, ती बिते । उनका चिन्तनहरू फरकधारमा निस्किन्थे । तर गिरीका विचार भने कम्युनिस्टहरूले पनि सुन्दै आएका छन् । कैयौं कम्युनिस्टहरू गिरीलाई शिक्षक मान्ने गर्छन् । सुनिन्छ, उनले कम्युनिस्टहरूलाई मार्क्सवाद पनि पढाएका छन् ।

एक ठाउँमा तिनै गिरीले लेखेका छन्, ‘लोकतन्त्र आएको काठमाडौंको मान्छेको लागि मात्र हो । जनजाति, मधेशीको लागि लोकतन्त्र आएकै होइन । अहिलेको नेपाली कांग्रेसको नेतृत्व जो छ, शेरबहादुर देउवाजी, रामचन्द्रजी उहाँहरूलाई मधेश र जनजातिको आन्दोलनको स्पिरिट बुझ्न सक्दैनन् ।’ वास्तवमा भन्ने हो भने कांग्रेसका नेताहरू गाउँलाई बिर्सेका छन् । बीपीको संस्मरणमा रुख त रोप्छन् तर तिनले राजनीति गरेर आमूल परिवर्तन गाउँदेखि शुरूवात गर्नुपर्छ भन्ने कुरा बिर्सिन्छन् ।

आजको मितिमा कांग्रेसको विचार के हो ? समाजवाद हो भने राज्यका सम्पत्तिहरू डामाडोल पारेर वा बेचेर खाएको आरोप कांग्रेसलाई नै लाग्ने गर्छ । रामशरण महतलाई अर्थ मन्त्रालय सम्हाल्न झिकाएपश्चात् मुलुकको आर्थिक संरचना मूलतः माफियाहरूको कब्जामा गएको र जनताको आधारभूत मौलिक अधिकारहरू सेवाको क्षेत्रमा नभई व्यापारको क्षेत्रमा गएको जानकारहरू बताउँछन् ।

सामाजिक सुरक्षाको कुरा गरांै, हामी बेलायतकै उदाहरण दिऊँ  । त्यहाँ आमदानी राजस्व सरकारले लिन्छ । तर त्यो राजस्वले नेताहरूले घर बनाउँदैनन्, गाडी किन्दैनन् । उनीहरूको जीवनपर्यन्त स्वास्थ्य सेवाको जिम्मा लिन्छन् । हाम्रो देशमा स्वास्थ्य भन्ने चीज व्यापारको एक हिस्सा भएको छ । र भनिन्छ यी चीजहरूलाई निजीकरण गराएको कांग्रेसले हो ।

कामचलाउ कांग्रेस

हालसालैको सरकारविरोधी एक प्रदर्शनमा हँसिलो हुँदै, गर्वका साथ नाक फुलाउँदै कांग्रेस नेता प्रकाशमान सिंहले सम्बोधनका क्रममा भने, ‘यी कम्युनिस्ट भनेका बोका हुन्, कांग्रेस भनेको हात्ती हो । खान नपाएर हात्ती दुब्लाउँदैन ।’ सिंहको यस्तो रसिलो अभिव्यक्ति सुनेपछि मैले एकजना कम्युनिस्ट नेतालाई टेलिफोन गरेर सोधें, ‘के तपाईंहरू बोका नै हो त ?’ (यिनलाई मैले किन यस्तो प्रश्न गरें भने एकपटकको बसाइमा यिनले युवतीका कैयौं किस्साहरू सुनाएका थिए ।)

चुनाव हारियो भने बेइज्जती हुन्छ भनेर बनेपा गएर बसेका गणेशमानले असनको चोकमा उभिएर सम्बोधन गरेका थिए, ‘यी कम्युनिस्टहरूलाई अर्काको छोरी चेलीबेटी देख्दै हुन्न । आईमाई र छोरामान्छे सँगसँगै हिँड्छन् । यिनिहरू जात धर्मकर्म केही मान्दैनन् । यस्तालाई भोट नहाल्नुहोस् ।’

ती विष्ट थरका नेताको प्रस्टीकरण यस्तो थियो, ‘सबैभन्दा धेरै सुरासुन्दरीमा मग्न हुने कांग्रेसकै नेता हुन् । हो, मैले दुई बिहे गरेको छु । दुईटी बिहे गर्‍यो भन्दैमा बोका भन्न मिल्दैन । बोका हुनका लागि दुईवटा मात्रै बिहे गरेर हुँदैन । हामी भनेको मूलतः विचारको राजनीति गर्ने हो, मुलुकको सेवा गर्ने भनेर हिँड्या हो । अब पर्सनल्ली मलाई सोधेको हो भने, म बोका हैन ।’

कम्युनिस्टहरूलाई गाली गर्ने सन्दर्भमा प्रकाशमानका पिता लौहपुरुष गणेशमान सिंह पनि कम थिएनन् ।

२०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा गणेशमान सिंह काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार बनेका थिए । र उनको लागि चुनौती बनिरहेका थिए कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ । काठमाडौंका चोक अनि गल्लीहरूमा ‘पुष्पलाल जित्यो–जित्यो, गणेशमानले हा–यो, हा–यो’ भन्ने नारा लागेको थियो ।

तर गणेशमान सिंह परे २००७ सालको क्रान्तिमा भाग लिएका तथा खानदानी परिवारमा जन्मेका । उनको राजनीतिक उचाइ पनि कम थिएन । तर नेवारीमा भाषण गर्न खासै जान्दैनथे । पुष्पलालले भने चोकचोकमा नेवारीमा भाषण गर्थे ।

पुष्पलालको पक्षमा जनलहर देखेर आफू रक्षात्मक अवस्थामा पुगेपछि चुनावको भाषण गर्ने क्रममा गणेशमानले कम्युनिस्टहरूलाई खुब गाली गरे । यी खान नपाएका चोरहरू, यी घोडा चढ्न नपाएको रिसमा आन्दोलन गरेका छन् जस्ता शब्द प्रयोग गरे ।

चुनाव हारियो भने बेइज्जती हुन्छ भनेर बनेपा गएर बसेका गणेशमानले असनको चोकमा उभिएर सम्बोधन गरेका थिए, ‘यी कम्युनिस्टहरूलाई अर्काको छोरी चेलीबेटी देख्दै हुन्न । आईमाई र छोरामान्छे सँगसँगै हिँड्छन् । यिनिहरू जात धर्मकर्म केही मान्दैनन् । यस्तालाई भोट नहाल्नुहोस् ।’

भनिन्छ, जनताको मत केवल नारा जुलुसमा हैन, निर्वाचनमा प्रकट हुन्छ । त्यो चुनावमा पुष्पलालले तीनहजारभन्दा बढी मतान्तरले हारे । गणेशमानले जिते । 

विजय घोषणापश्चात् काठमाडौंका ठाउँठाउँमा जनसागर निस्कियो तर चुनावप्रचारताका गणेशमानको पक्षमा त्यत्तिका धेरै मानिस सडकमा निस्किएका थिएनन् । 

आफूले जितेपनि गणेशमानले भाषणमा जनतालाई गाली गर्न छाडेनन् किनभने उनलाई थाहा थियो कि विजय जुलुसमा आफूलाई भोट निदिएका कम्युनिस्टहरू पनि आएका छन् । 

रत्नपार्कमा आयोजित सभामा बोल्दै गणेशमानले भने, ‘स्वागत गर्ने बेलामा पचास हजार मान्छे आउँछ, भोट चाहिँ दश हजारले मात्र दिन्छ ।’

चुनाव प्रचार र सरकारविरोधी प्रर्दशनका अनेकौं किस्साहरू छन् कांग्रेसमा । डडेलधुराको चुनावी आमसभालाई देउवापत्नीले सम्बोधन गर्दै भनेकी थिइन्, ‘हाम्रो सरकारको पालामा के भएको छैन ? तपाईंहरूको हितका लागि हामीले धेरै काम गरेका छौं । हेर्नुहोस्, पहिला जग्गाको भाउ कति सस्तो थियो, तपाईंहरूको जग्गा कौडीको भाउमा थियो । यी, आज जग्गाको भाउ आकाश पुगेको छ । तपाईंहरूको सानो खेतबारी आज घडेरी भएको छ, लाखौं पैसा पर्छ यो घडेरीलाई । कस्ले गर्दा ? कांग्रेसले गर्दा ।’ 

यिनै आरजु व्यवस्थापिका संसद् समेत पुगेकी थिइन् । यिनले संसदमा भाषण गर्दै भनेकी थिइन्, ‘सर्पले टोकेर मानिसहरूको हत्या भएको छ । हत्यारालाई कारवाही गर ।’

जय नेपाल, काका !!!

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x