×

NMB BANK
NIC ASIA

तीन वर्ष पुग्दै संघीयता : बजेट निर्माणमा भूमिका खेल्ने वित्त आयोग अझै अपूर्ण !

साउन २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नेपाल संघीयतामा प्रवेश गरेको ३ वर्ष पुग्नै लाग्यो । संघीय आर्थिक प्रणाली व्यवस्थित गर्नका लागि भनेर संविधानमै व्यवस्था भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अझै पूर्णता पाउन सकेको छैन ।

Muktinath Bank

केन्द्रीय, प्रादेशिक तथा स्थानीय सरकारबीचको अर्थतन्त्रको समन्वय तथा व्यवस्थापनमा सघाउने उद्देश्यले संवैधानिक रूपमै व्यवस्था भएको आयोगले अहिलेसम्म पूर्णता पाउन नसक्दा स्थानीय तहको आर्थिक प्रणाली प्रभावित भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहको आर्थिक फर्मुला, कार्यक्षेत्र लगायतका विषयमा काम गर्नुपर्ने आयोगलाई पूर्णता दिनमा राजनीतिक दल तथा सरकारले नै बेवास्ता गरेको देखिएको सरोकारवालाहरू बताउँछन् । 


Advertisment
Nabil box
Kumari

संविधानको धारा २५० ले एक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग रहने र आयोगमा अध्यक्षसहित बढीमा पाँच सदस्य रहने व्यवस्था गरेको छ । 

Vianet communication
Laxmi Bank

संविधान र कानूनबमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश तथा स्थानीय सरकारबीच राजस्व बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्माण गर्ने, प्राकृतिक स्रोतको बाँडफाँडसम्बन्धी विषयमा संघ र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीच उठ्न सक्ने सम्भावित विवादको विषयमा अध्ययन अनुसन्धान गर्ने निकायमा पदाधिकारी नै नहुँदा कामकाज प्रभावकारी हुन नसकेको विज्ञहरू बताउँछन् ।  

अर्थ विश्लेषक हरि रोकाले भने, ‘संविधानअनुसार राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग ऐन समेत निर्माण भइसकेको अवस्थामा आयोगले गत आर्थिक वर्षको बजेभन्दा पहिलै पूर्णता पाउनुपथ्र्यो, तर राजनीतिक दलको लापरवाहीका कारण पूर्ण हुन सकेन । यसले स्थानीय तहको आर्थिक विकास प्रभावित भएको प्रष्ट छ ।’

आयोगलाई पूर्ण बनाउनमा चासो नै नदेखाउनुले शक्ति विक्रेन्द्रिकृत गर्न सरकार डराएको स्पष्ट देखिने रोका बताउँछन् । 

‘यो पालि योजना आयोगको भूमिका पनि घटेको छ । संघीयता कार्यान्वयनको मुख्य जिम्मेवारी नै यही आयोगमाथि छ,’ उनले भने, ‘यसको आवश्यकता महसुस नगरी सबै  शक्ति अर्थमन्त्रालयले कब्जा गर्दा अहिले स्थानीय तहलाई आफूले गर्ने काम समेत थाहा छैन । जसका कारण स्थानीय तहले गर्ने कामहरू प्रभावित भएका छन् ।’ 

रोकाले अधिकारको बाँडफाँड नचाहेको सरकारले आर्थिक प्रणाली व्यवस्थापन तथा पारदर्शिताका लागि महत्त्वपूर्ण संवैधानिक निकायलाई पूर्णता नदिनुले साँचो अर्थको संघीयतामा जानै नखोजेको जस्तो देखिएको बताए । 

आयोगको काम

आयोगले संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकार तथा प्रदेश संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारबीच राजश्व बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्नुपर्नेछ । प्रदेश र स्थानीय सरकारलाई दिने समानीकरण अनुदान, सशर्त दिइने अनुदान, आन्तरिक ऋणको सीमा निर्धारणका साथै प्राकृतिक स्रोत बाँडफाँडबारे काम गर्नुपर्नेछ ।

– संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने, 

– संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारबीच राजस्वको विस्तृत बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने, 

– संघ, प्रदेश र स्थानीय सरकारको खर्च जिम्मेवारी पूरा गर्ने, 

– राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायहरू सिफारिस गर्ने,

– राष्ट्रिय नीति तथा कार्यक्रम मानक, पूर्वाधारको अवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने,

– समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरी संघ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने,

– संघ र प्रदेश सरकारको राजस्व बाँडफाँड आधारको पुनरावलोकन गरी परिमार्जनको सिफारिस गर्ने,

– प्राकृतिक स्रोतको परिचालन गर्दा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको लगानी तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने,

– प्राकृतिक स्रोतको बाँडफाँडसम्बन्धी विषयमा संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानी तह तथा स्थानीय तहहरूबीच उठ्न सक्ने सम्भावित विवादको विषयमा अध्ययन अनुसन्धान गरी त्यसको निवारण गर्न समन्वयात्मक रूपमा काम गर्न सुझाव दिने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x