×

NMB BANK
NIC ASIA

सामुदायिक वनबाट ६० हजार नागरिकलार्इ राेजगारी

साउन २४, २०७५

NTC
Premier Steels

काठमाडौँ– मुलुकको वातावरणीय, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको सामुदायिक वनबाट ६० हजारभन्दा बढी रोजगारी सिर्जना भएको वन विभागले जनाएको छ । 

सामुदायिक वन दिवसका अवसरमा विभागले बिहीवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा रामप्रसाद लम्सालले सामुदायिक वनका विभिन्न कार्यमा हेरालु र अन्य कर्मचारी गरी ६० देखि ७० हजार व्यक्ति प्रत्यक्षरुपमा संलग्न भएको बताए । 

सामुदायिक वनबाट वर्षेनी करीब रु १० अर्ब आम्दानी हुने गरेको जानकारी गराउँदै उहाँले यसको उपयोगितामा भने केही चुनौती देखिएको उल्लेख गरे । सामुदायिक वन विकासको अवधारणा नेपालको आफ्नै मौलिकता भएको बताउँदै महानिर्देशक डा लम्सालले यसबाट विश्वका धेरै मुलुकले अनुभव सिकेको जानकारी दिए । 

उपमहानिर्देशक राजेन्द्र केसीले सामुदायिक वनले मुलुकको वातावरण, आर्थिक, सामाजिक सशक्तीकरणलगायत क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा अवगत गराउँदै विभागले यसबारेमा विवरणसहित स्पष्ट तथ्यांक राख्ने तयारी गरिरहेको बताए । 

सामुदायिक वन महाशाखाका उपमहानिर्देशक अनुप शर्माले सामुदायिक वनले विभिन्न उपयोगितासँगै काठ दाउराका रुपमा ऊर्जा र घाँसपातका रुपमा कृषि क्षेत्रमा ठूलो योगदान पुर्‍याइरहेको धारणा व्यक्त गरे । 

मुलुकमा हालसम्म २२ हजार २६६ सामुदायिक वन छन् । जसमा २९ लाख सात हजार ८७१ घरधुरी संख्या सहभागी छन् । सिन्धुपाल्चोकको ठोकर्पाको वनबाट विसं २०३० देखि सामुदायिक वनको अवधारणा शुरु भएको हो । 

“सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान” भन्ने नारासहित यस वर्ष विभिन्न कार्यक्रमका साथ सामुदायिक वन राष्ट्रिय दिवस आजदेखि तीन दिनसम्म मनाइँदैछ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x