माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
साउन ३१, २०७५
काठमाडौं – भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यस्थिति अत्यन्त नाजुक रहेको छ र उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
वाजपेयी भारतको प्रधानमन्त्री हुनुभन्दा २२ वर्षअघि परराष्ट्रमन्त्री बनेका थिए । अहिलेको भारतीय जनता पार्टी गठन नहुँदै भारतीय जनसंघ नामक पार्टीका तर्फबाट वाजपेयी परराष्ट्रमन्त्री बनेका थिए ।
छिमेकी देशको प्रधानमन्त्री हुनुको नाताले वाजपेयीको नेपालसँगको साइनो छ ।
२०३४ साल अर्थात् सन् १९७७ मा वाजपेयीले परराष्ट्रमन्त्रीको हैसियतले नेपाल भ्रमण गरेका थिए ।
उनको भ्रमण हुनुभन्दा दुई वर्षअघि वीरेन्द्र शाहको राज्याभिषेक समारोहको अवसरमा नेपालले आफूलाई शान्तिक्षेत्र घोषित गरियोस् भनी प्रस्ताव राखेको थियो । संसारका ११६ देशहरूले त्यस प्रस्तावमा सहमति जनाउँदा भारतले भने त्यसलाई स्वीकारेन ।
वाजपेयीको भ्रमणका बेलामा नेपालले शान्तिक्षेत्र प्रस्तावमा समर्थनको कुरा उठाएको थियो । त्यतिखेर उनले उक्त प्रस्तावमा भारतले खुला सोच राखेको बताएका थिए ।
तत्कालीन पत्रपत्रिकाहरूको अभिलेख हेर्दा वाजपेयीले उक्त प्रस्तावलाई न स्वीकार गरिएको, न अस्वीकार नै गरिएको भनेका थिए ।
वाजपेयीले तीन दिन नेपालको भ्रमण गर्ने क्रममा तत्कालीन राजा वीरेन्द्र, प्रधानमन्त्री तुलसी गिरी, परराष्ट्रमन्त्री कृष्णराज अर्याल तथा अन्य नेतासँग कुराकानी गरेका थिए । त्यतिखेर उनले दुई देशबीचको नयाँ व्यापार तथा पारवहन सम्झौता, नेपाली परियोजनाहरूमा भारतको सहयोग र भारतीय सञ्चारमाध्यमप्रति नेपालीहरूले जनाएको आपत्तिका विषयमा पनि कुराकानी गरेका थिए ।
नेपालका विषयमा वाजपेयीको कुनै विशेष नीति रहेको देखिँदैन र भारतीय संस्थापन पक्षकै नीतिलाई उनले निरन्तरता दिएको पाइन्छ । परराष्ट्रमन्त्री हुँदा उनले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्धको कुरा उठाएका थिए भने पछि प्रधानमन्त्री हुँदा पनि यही कुरा दोहोर्याएका थिए ।
त्यसबाहेक सन् १९९२ मा उनी लोकसभामा विपक्षी दलको नेता रहेको बेलामा जनकपुर आएका थिए । त्यो राजनीतिक भन्दा पनि धार्मिक भ्रमण थियो र उनी जानकी मन्दिरको दर्शन गरेर फर्किएका थिए ।
सन् १९९६ मा उनी जम्मा १३ दिनका लागि प्रधानमन्त्री बन्न पाए । उनको दोस्रो कार्यकाल सन् १९९८ देखि १९९९ सम्म रह्यो र गठबन्धनको राजनीतिक दाउपेचमै अल्झिबस्यो । त्यसैले उनको नेपालसँगको सम्बन्धमा केही खुल्न पाएन । बरू त्यतिखेर उनको सरकारले गराएको आणविक परीक्षण, पाकिस्तान भ्रमण तथा कारगिल युद्ध चर्चित घटना रहे ।
त्यसो त तत्कालीन राजा वीरेन्द्रलाई सन् १९९९ मा भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका रुपमा स्वागत गर्दा पनि वाजपेयीकै सरकार रहेको थियो ।
सन् १९९९ मा भएको आमनिर्वाचनमा वाजपेयी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उनी स्थिर सरकारका प्रधानमन्त्री बने । त्यही वर्षको डिसेम्बर महिनामा नेपालको त्रिभुवन विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमान आईसी ८१४ लाई पाकिस्तानी आतंकवादीहरूले अपहरण गरेर अफगानिस्तान पुर्याए । उनीहरूले आतंकवादी मौलाना मसूद अजहर तथा अन्य आतंकवादीलाई जेलबाट छुटाएमा मात्र विमान मुक्त गर्ने आग्रह गरेपछि भारतका परराष्ट्रमन्त्री जसवन्त सिंहले आतंकवादी लिएर अफगानिस्तान पुगे ।
यो घटनापछि भारतले नेपाल आउने आफ्ना विमानहरूमा एयर मार्शलको व्यवस्था गर्यो अनि विमान चढ्ने बेलामा पनि चेकिङ गराउने व्यवस्था शुरू भयो । अन्य देशका एयरलाइन्समा यो व्यवस्था नभएपनि भारतले अहिलेसम्म यो व्यवस्था कायम राखेको छ ।
त्यसपछि सन् २००२ को जनवरी महिनामा वाजपेयी नेपालको दोस्रो भ्रमणमा आए । नेपालले आयोजना गरेको सार्क सम्मेलनमा भाग लिन आएका वाजपेयीले नेपाल र भारतबीचको सम्बन्ध हिमालयभन्दा अग्लो र सागरभन्दा गहिरो रहेको बताएका थिए । नेपालमा त्यतिखेर चलिरहेको माओवादी द्वन्द्वलाई सन्दर्भ बनाउँदै उनले सार्कमा मन्तव्य दिएका थिए । नेपालमा चलिरहेको द्वन्द्वले नेपालको लोकतन्त्रलाई मास्न नसकेको भनी उनले तत्कालीन सरकारको प्रशंसा गरेका थिए ।
त्यही वर्षको अक्टोबर महिनामा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई बर्खास्त गर्दै आंशिक कू गरेर आफैं शासन चलाउन थाल्दा वाजपेयी सरकारले ज्ञानेन्द्रको कदमलाई समर्थन गरेको थियो । प्रशान्त झाको ब्याटल्स अफ द न्यु रिपब्लिक पुस्तकमा लेखिएअनुसार, त्यतिखेर भारतको परराष्ट्र मन्त्रालयले ज्ञानेन्द्रको कदमलाई नरुचाएको भएपनि वाजपेयी सरकारमाथि राष्ट्रिय स्वयंसेवक संघ र विश्व हिन्दू परिषद्को दबाब परेपछि समर्थन आएको थियो । ज्ञानेन्द्रले लामो समय आफैं सत्तामा नरहेर सात दिनभित्र लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए ।
हिन्दूवादी दल भाजपाका नेता भएपनि वाजपेयी उदारवादी विचारधाराका थिए । उनमा समन्वयवादी चिन्तन रहेको अनि कट्टरता नरहेको हुनाले उनी नेपालको राजतन्त्रप्रति तटस्थ थिए । तर भाजापलाई निर्देशित गर्ने आरएसएस र विहिपको दबाब उनी लिन चाहँदैनथिए ।
वाजपेयी भारतको प्रधानमन्त्री रहेका बेलामा माओवादीसँग लड्नका लागि तत्कालीन शाही नेपाली सेनाले इन्सास राइफल, मोर्टार र मशिनगनहरू भारतसँग किनेको थियो । त्यतिखेर नेपालले द्वन्द्वका लागि भारतसँग पाँच अर्ब रुपैयाँ बराबरको सहयोग लिएको तत्कालीन पत्रिकाहरूमा पढ्न पाइन्छ ।
वाजपेयी सरकारले तत्कालीन अवस्थामा सरकार र माओवादीलाई वार्ता गराउनका लागि खासै पहल गरेको पाइँदैन । अनि प्रचण्ड लगायत माओवादीका प्रमुख नेताहरूले भारतमा शेल्टर लिँदा वाजपेयी सरकारले खासै आपत्ति उठाएको पाइँदैन । मोहन वैद्य किरणलाई भने सिलिगुडीबाट पक्राउ गरिँदा भारतमा वाजपेयी नै सरकारप्रमुख थिए ।
त्यसको केही महिनामा नै भएको आमनिर्वाचनमा वाजपेयीको एनडीए गठबन्धनको पराजय भएर कंग्रेस तथा वाम दलहरूको सरकार बनेको थियो । त्यही सरकारले नेपाल सरकार र माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति गराएर द्वन्द्व अन्त्य गराएको थियो ।
यसरी हेर्दा अटल बिहारी वाजपेयीको शासनकालमा नेपालप्रति उनको कुनै विशेष दृष्टिकोण देखिँदैन । उनीअघिका इन्दिरा गान्धी र राजीव गान्धी अनि उनीपछिका नरेन्द्र मोदीले नेपालप्रति राखेको द्वेषपूर्ण दृष्टि उनमा पाइँदैन भने आईके गुजरालको जस्तो लचिलो र सद्भावपूर्ण दृष्टि पनि उनमा भेटिँदैन । उनी मूलतः भारतीय संस्थापन पक्षले नेपालप्रति राख्ने दृष्टिकोणकै गोरेटोमा हिँडेको पाइन्छ ।
अप्डेट :भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...