मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
काठमाडौं – साउन महिनामा अधिकाशं नेपाली चलचित्र फ्लप भए । ११ वटा चलचित्र प्रदर्शनमा आएकोमा कायराबाहेक अन्य कुनै पनि चलचित्रले लगानी उठाउन सकेनन् । कायरालाई पनि लगानी उठाउन हम्मेहम्मे पर्यो । उक्त चलचित्रलाई आम्दानी गर्नका लागि अझै एक हप्ता निरन्तर प्रदर्शन हुनैपर्छ ।
साउन महिनामा भैरे, चक्कर, पण्डित बाजेको लौरी, चीँ मुसी चीँ, रोमियो एन्ड मुना, सुकुल गुण्डा, कायरा, झमकबहादुर, कहीँ कतै, टिन ए तथा पिरिम पर्या छन् प्रदर्शनमा आए । यी चलचित्रमध्ये २–२ वटा चलचित्र नजुधेको कुनै हप्ता रहेन ।
यसरी चलचित्र जुध्नु ठीक नभएको समीक्षकहरू बताउँछन् । समीक्षक सामिप्यराज तिमिल्सिना भन्छन्, ‘यसरी चलचित्र जुध्ने हो भने यसको घाटा स्वयं चलचित्र निर्मातालाई नै पर्न जान्छ । यो पटक्कै ठीक होइन ।’
नेपालमा एउटा चलचित्रले नाफा कमाउन कम्तिमा एक साता प्रदर्शन हुनै पर्ने अवस्था छ । यस्तो अवस्थामा एकै पटक चारवटा सम्म चलचित्र जुध्नु दुःखद् भएको उनको भनाइ छ ।
यो वर्षको शुरुवातदेखि नै नेपाली चलचित्र उद्योगमा फ्लप फिल्मको ओइरो लागिरहेको छ । यो क्रम वैशाख, जेठ, असार र साउन जारी रह्यो । भदौ महिनामा पनि ४–४ चलचित्र जुध्ने पक्का छ । पहिलो हप्ता नै ४ वटा चलचित्र जुध्दैछन् ।
भदौको पहिलो दिन शुक्रबार नै ब्ल्याक, मिस्टर भर्जिन, बाह्रमासे र जय शम्भु प्रर्दशनमा आउँदैछन् । यी चलचित्रका निर्माताले कम्तीमा ८० लाखदेखि सवा दुई करोडसम्म लगानी गरेका छन् । तर कुनै पनि चलचित्रले फाइदा गर्ने छाँटकाँट देखिँदैन ।
एक चलचित्र विज्ञ भन्छन्, ‘एउटा चलचित्रले लगानी मात्रै उठाउन लगानीको तेब्बर आम्दानी गर्नुपर्छ । यो अवस्था अहिले पटक्कै देखिँदैन ।’
चैत मसान्तमा प्रदर्शनमा आएका दुई चलचित्र लिलिबिली, नेप्टे र वैशाखको अन्तिम शुक्रवार प्रदर्शित लम्फू तथा हिरोजलाई जोड्ने हो भने वैशाखमा कुल १० वटा चलचित्र प्रदर्शन भए । नयाँ वर्षको स्वागत गर्दै चैत ३० गतेदेखि प्रदर्शनमा आएका लिलिबिली तथा नेप्टे, वैशाख ७ गते स्वर्ग मेरो गाउँ, वैशाख १४ गते कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज तथा वैशाख २१ गते डमरुको डन्डीबियो अनि भोर प्रदर्शन भए ।
एक महिनाको अवधिमा ९ वटा चलचित्र प्रदर्शन भए पनि थोरै चलचित्रले मात्र सन्तोषजनक व्यापार गरे । वैशाखमा लिलिबिली र शत्रु गतेले धमकेदार व्यापार गरे ।
जेठमा भने दर्शकको मन जित्ने र व्यापार गर्ने खासै चलचित्र भेटिएनन् । जेठमा हैरान, कोशेली, सुनकेशरी, हरि, बेबी आई लभ यू, अमेरिका ब्वाइज, चंगा र मट्टीमाला लगायतका चलचित्रले गरेको नाफा घाटा र दर्शकको प्रतिक्रियालाई समीक्षा गर्ने हो भने केही बढी मन पराइएको चलचित्र हरि हो । उक्त चलचित्रले पनि लगानी उठाएन ।
असारमा पनि यो क्रम जारी नै रह्यो । अधिकाशं चलचित्रको लगानी बालुवामा पानी राखे झैं भयो । कुनै पनि चलचित्रले लगानी उठाउन सकेनन् । प्रर्दशनमा आएका सबैजसो नेपाली चलचित्रका शो एकदुई दिनमै बन्द भए । असारको अन्तिममा एकैदिन ४ वटा चलचित्रको प्रतिस्पर्धाले आशा गरिएका चलचित्रले समेत दर्शक पाएनन् ।
असारमा प्रर्दशनमा आएका अधिकाशं चलचित्रलाई बलिउडको बहुप्रतिक्षित चलचित्र रेस ३ र सञ्जुले नराम्ररी धक्का दियो । साउनमा कायराबाहेक अधिकाशं चलचित्र फ्लप भए भने झण्डै ८ करोड लगानी खेर गयो ।
भदौको पहिलो हप्ता के होला ?
यो महिनाको पहिलो साता ब्ल्याक, मिस्टर भर्जिन, जय शम्भु, बाह्रमासे कसले व्यापारिक रूपमा सफलता पाउलान् भन्न अहिले नै कठिन छ । किनकी नेपाली चलचित्रका दर्शकको मन बुझ्न निकै गाह्रो । चलचित्र निर्देशक तथा निर्माता निर्मल शर्मा भन्छन्, ‘चलचित्र चलाउनेनै हो भने मेहेनत गरेर चलचित्रलाई नै राम्रो बनाएर चलाउनुपर्छ, दर्शकको आखाँमा छारो हाले झैं गरेर अब चलचत्रि चल्दैनन् ।’
उनले मुर्गा फसाउने प्रवृत्तिका कारण नेपालमा हप्तैपिच्छे ४ वटासम्म चलचित्र जुधेको र लगानी उठे पनि नउठे पनि कसैलाई मतलब नहुने बताए । एक चलचित्र निर्माता नाम नखुलाउने शर्तमा भन्छन्, ‘नेपालमा धेरै निर्माता नाम मात्रैका छन् । जसले अरुको पैसामा रिस्क लिएका छन् । आफ्नो पैसा लगानी भएको भए शायद उनीहरूले यसरी चलचित्र जुधाउने थिएनन् ।’
न बन्न रोकिन्छन्, न हिट हुन्छन् !
हप्ताको ४ वटा चलचित्र प्रर्दशनमा आउँछन् । एउटा चलचित्रमा कम्तीमा ७० लाखदेखि ३ करोडसम्म लगानी हुने गरेको छ । यद्यपि फाइदा गर्नेे चलचित्र भने एकदमै कम हुन्छन् ।
दिनदिनै चलचित्र बनेपनि आधाभन्दा धेरै चलचित्र प्रदर्शन मितिसम्म आइपुग्दा बाटोमै रोकिन्छन् । कति बन्छन्, कति निर्माण सकिएर पनि वर्षौसम्म रिलिज डेट कुरेर बस्छन् । किन घोषणा भएका चलचित्र बन्दैनन्, किन एकैसाता ४ वटासम्म चलचित्र जुध्न बाध्य छन्, किन निर्माण भएर पनि वर्षौसम्म प्रर्दशन हुदैनन् ? भन्ने विषयमा चलचित्र विज्ञका आ–आफ्नै तर्क छन् ।
जानकारहरू भन्छन्, ‘नेपालमा अरुको पैसामा मोजमस्ती विचौलियाको ठूलो समूह छ, यसलाई पूर्णरूपमा बन्देज नगराउँदासम्म यो क्रम निरन्तर बढ्नेछ ।’
‘कुनैपनि चलचित्र निर्माताले एकपटक चलचित्रमा गरेको लगानी डुबिसकेपछि उसले आफ्नो लगानीमा कहिल्यै चलचित्र बनाउँदैन,’ नाम नखुलाउने शर्तमा एक निर्देशक थप्छन्, ‘त्यो चलचित्रमा डुबाएको पैसा असुल्न उसले अर्को निर्माता डुबाउँछ र यो क्रम बढिरहन्छ ।’
एकले अर्कालाई ठग्ने प्रवृत्तिको अन्त्य नहुँदासम्म नेपालका चलचित्र फ्लप भइरहने उनको तर्क छ । नेपाली चलचित्रका विज्ञहरू नेपालमा चलचित्रसँग सम्बन्धित विशेष खालका कानूनको तत्काल आवश्यकता रहेको र त्यो नहुँदासम्म नेपाली चलचित्र जुधेरै मर्ने बताउँछन् ।
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...