×

NMB BANK
NIC ASIA

जुलाई महिनामा ७३ प्रतिशतले बढे नेपाल आउने पर्यटक

भदौ १, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । 

Muktinath Bank

जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महीनाको तुलनामा पर्यटक आगमन ७३.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सो महिनामा ४२ हजार २४० जनाले नेपाल भ्रमण गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१८ को सात महीनामा पाँच लाख ९३ हजार २९९ जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो । पर्यटक आवागमनको याम नहुँदासमेत बोर्डले प्रचारात्मक र प्रवर्द्धनात्मक अभियानलाई बढावा दिएका कारण पर्यटकको आवागमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा गत वर्षको सोही महीनाको तुलनामा ८०.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) क्षेत्रका मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा ६६.१ प्रतिशतले वृद्धि भएको छ । चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा समेत गत वर्षको सोही महीनाको तुलनामा १२५.४ प्रतिशतले वृद्धि भएको छ । 

Vianet communication

यस्तै दक्षिण कोरियाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा २१.९ प्रतिशत र जापानबाट आउनेको सङ्ख्यामा ३६ प्रतिशतले वृद्धि भएको छ ।

जोशीका अनुसार बङ्गलादेशबाट एक हजार ४१०, भारतबाट १८ हजार ३८५, श्रीलङ्काका एक हजार ४५७, पाकिस्तानबाट ३९७, चीनबाट १३ हजार १२३, जापानबाट एक हजार २८४, मलेसियाबाट एक हजार १९३, सिङ्गापुरबाट ३३१, दक्षिण कोरियाबाट दुई हजार ४१५, थाइल्याण्डबाट ८७२, क्यानडाबाट ९२१ तथा अमेरिकाका छ हजार ९५७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

बोर्डले अध्यागमनमा दर्ता भएको तथ्याङ्कका आधारमा पछिल्लो तथ्याङ्क उपलब्ध गराएको हो । विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेका कारण पर्यटन आवागमनमा वृद्धि भएको जोशीको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । नेपाल भ्रमण वर्षको सचिवालयले आवश्यक तयारीसमेत गरिसकेको छ । 

पर्यटन प्रवर्द्धनका लागि बोर्डले १०० भन्दाबढी पर्यटकीय गन्तव्यको पहिचान गर्न सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिसकेको छ ।

सरकारले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउन आवश्यक रणनीति बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x