मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
भदौ २, २०७५
जनकपुरधाम –प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आवश्यकता अनुसार संविधान संशोधन हुने बताउनुभएको छ ।
प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएकाले यो समयानुकूल परिमार्जन हुने बताउनुभयो ।
'संविधान, कानून हामीले बनाको हो । कहीँ कतै हेरफेर र विकास गर्नु परे नगर्ने भन्ने कहाँ हुन्छ ?' प्रधानमन्त्री ओलीले भन्नुभयो‚ 'हामीले धर्मशास्त्र बनाएको होइन । संविधान, कानून गतिशील हुनुपर्छ । यसले हामीलाई आज पनि बाटो देखाउनुपर्छ र भोलि पनि बाटो देखाउनुपर्छ ।'
आफूले संविधान संशोधन गर्दिन भन्यो भनेर अफवाह फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले दु:ख व्यक्त गर्नुभयो ।
'कसैकसैले हल्ला चलाएका छन्– फलानो पृष्ठ फेर्दिन भन्यो ! त्यस्तो कतै भनेको छैन । आफ्नो जीवनको ५० वर्षभन्दा बढी समय राजनीतिमा बिताएको मान्छेले यस्तो कुरा कसरी भन्नसक्छ ?' उहाँले भन्नुभयो – 'देश र जनताको आवश्यकताअनुसार चाहिएका बेला संशोधन हुन्छ ।'
प्रधानमन्त्रीले थप्नुभयो – 'विभेद कहीँ छ भने मलाई भन्नुस्, संशोधन हुन्छ । प्रस्ताव लाने काम संघीय सरकारको हो । संघीय संसदले संविधान संशोधन गर्छ ।'
साथै प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को विकासका लागि आफू चिन्तित रहेको बताउनुभयो ।
'यस प्रदेशको विकासका लागि संघीय सरकार र म एकदमै चिन्तित छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहाँ विकासको असाधारण सम्भावना छ ।’
प्रदेश २ मा अत्यन्तै उर्वर जमिन रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई मरभूमिकरण हुनबाट बचाउन सिँचाइ सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
कृषिको आधुनिकीकरण गरेर हालको उत्पादनलाई चारगुणासम्म बढाउन सकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...