२८ जेठ २०८३, बिहीबार

नागरिकको सूचना पाउने हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

नागरिकको सूचना पाउने हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मर्मअनुसार  नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारका सबै निकायलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न स्मरण गराउनु भएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले  सूचनाको हकको बिषयमा कानूनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। 

प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताउनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्