आधुनिकता र विकास : नेपालले कुन रोज्ने— स्वनिर्मित कि आयातित ?

भदौ ४, २०७५

लामो समयको राजनीतिक संक्रमणबाट देशले निकास पायो । स्थानीय, प्रदेश र संघीय सबै तहमा स्थायी र स्थिर सरकारहरूको निर्माणपछि अबको बहस आधुनिकता र विकासमा केन्द्रित हुँदैछ । भारी मात्रामा वृद्घि भएका करका दायराहरूले आम नागरिकलाई केही संशयित बनाएको सत्य हो । यद्यपि ती करहरू नागरिकको सुरक्षा, अनि समाज र देशको विकास तथा आधुनिकिकरणमा नै वैज्ञानिक हिसाबले खर्च भएमा नागरिक स्वयं कर तिर्न उत्साहित हुनेछन् । लोककल्याण्कारी राज्य निर्माणमा उच्च ध्यान दिएमा स्थिति आफै सहज हुनेछ । 

संविधानले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता राजनीतिक पक्षसँगै समाजवाद उन्मुख आधुनिक र विकसित देश निर्माणको अपेक्षा गरेको छ । अधिकतम लोककल्याणकारी राज्य निर्माणको अभ्यास अबको एउटै गन्तब्य हो । निर्वाचित, पराजित अनि बाँकी सबै दल र नेताहरूले आधुनिक समाज र विकसित देश निर्माणमा सशक्त ध्यान लगाउनुपर्छ । तर यस्तोे प्रयास पुर्व आधुनिकता र विकासलाई आयातितभन्दा आत्मनिर्भर विशेषताका रूपमा बुझ्नु जरूरी छ । 


ADVERTISEMENT

के हो आधुनिकता ? 

आधुनिकता कहिल्यै नभेटिने तर कहिल्यै नमेटिने एक अनन्त अनुभव हो । यसको कुनै आदि र अन्त्य हुदैन । संसारका केही देशहरू गरिबी निवारण, भ्रस्टाचार नियन्त्रण, मानव अधिकार, विश्वव्यापर, शान्ति-सुरक्षा, सुशासनका हिसावले हामी भन्दा तुलनात्मक रुपमा आधुनिक र विकसित होलान् । तर उनीहरूमा अब केही गर्न बाकी नै नरहेको भने होइन । आधुनिकता र विकासको स्वरुप देशको भुराजनीति, संस्कार, सम्वृद्घिको सम्भावना अनुसार फरक हुनसक्छ । चीनले अहिले आधुनिकताको नयाँ अभ्यास गर्दैछ । उसको सफल प्रयोगबाट हामीले शिक्षा लिनुपर्छ ।  

आधुनिकता कसैको अन्धभक्त नक्कल नभै सामाजिक व्यवहारको वैज्ञानिक चिन्तन र अभ्यास हो । उपयोगितावादी चिन्तक बेन्थामका अनुसार अधिकत्तम मानिसको बृहत्तर हितको सम्भावनाका सबै पक्ष आपैmमा आधुनिक हुन्छ । हाम्रा संस्कृति र व्यवहारहरू उच्च वैज्ञानिक छन् । पश्चिमाहरू पाउरोटी खान्छन्, हामी दालभात खान्छौँ ।

दालभात खानु पौस्टिक हिसाबले बढि महत्वपुर्ण त छदैछ पारिवारिक सद्भावको पक्षबाट पनि अर्थपुर्ण छ । दालभात छिट्टै सेलाउने हुदा फरकफरक समय गरेर खान मिल्दैन, पकाउने बित्तिकै खानुपर्छ । तसर्थ खाना खादा सबै सदस्य एकजुट भईन्छ, पारिवारिक आत्मियतासमेत झन सघन हुन्छ तर पाउरोटी खानेहरूका लागि यस्तो सौभाग्य हुदैन । संसारभर महिला हिंसा र भेदभाव हुदाँ हाम्रो प्राचिन सम्भयतामा उच्च समानता थियो ।

श्री सरस्वताय नम, श्री गणेशाय नम भनेर सबैलाई ‘श्री’को सम्वोधन गर्दै बराबर हैसियत दिइन्थ्यो । तर अंग्रेजहरूको मिस्टर, मिसेस अनि मिसलाई श्रीमान, श्रीमती तथा सुश्री भनेर अनुवादका रुपमा लिएपछि लैगिंक विवेधले हाम्रो समाजलाई जकेड्यो । रेडलाईट एरिया र भु्रणहत्याको वकालत गर्ने अनि मानव अधिकारको समेत प्रवक्त्ता हुने पश्चिमा दोधारे नीतिलाई आधुनिकताको आधार मान्दा हामीसमेत सामाजिक बिचलनमा भासिदैछौँ । हामी विविध हिसावले संसारका थुपै्र देश भन्दा आधुनिक अनि वैज्ञानिक थियौँ र छौँ । व्यापक निराशाबीच विगतमा केही सकरात्मक विकाससमेत भएको छ । 

पछिल्लो २० वर्षमा शिक्षा, स्वास्थ्व र अन्य केही क्षेत्रमा रोमान्चक सुधारहरू भए । ‘एजुकेसन अफ अल ग्लोवल मोनिटरिगं’को प्रतिवेदनसमेत यही भन्छ । प्रजातन्त्र आउँदाको २ प्रतिशत साक्षरता ७० हाराहारीमा छ, ९६ प्रतिशत वालवालिका विद्यालय जान्छन् । ८५ प्रतिशत नागरिक मोवाइल बोक्छन्, मातृ तथा बाल मृत्युदर दुईतिहाईले घटेको छ । विश्वव्यापीे उपस्थिति जनाउँदै १९० देशमा नेपाली मानिसहरू बस्छन् । ग्रोस ह्यापिनेस इन्डेक्स अनुसार खुसी मानिसहरू भएको देशकोे सुचीमा नेपालसमेत पर्छ ।

लोडसेडिगं अन्त्य भयो, पर्यटन व्यपारमा उच्च वृद्घि छ । शौचालय, खानेपानी, विद्युतमा पहुँच बढदैछ, औसत आयु ७१ बर्ष पुग्यो । नयाँ संविधानको कार्यन्वयनसँगै अभैm सफल र सवल देश निर्माणको आशा सहज बन्दैछ । विकास र आधुनिकतालाई मौलिक बनाउन छिमेकी चीनबाट समेत अथाहा दिक्षा लिन सकिन्छ । 

चीनियाँ आधुनिकताको नयाँ स्वरुप

पछिल्लो १० वर्षमा चीनले उच्च औधोगिक वृद्घि गर्यो । ६६० मिलियन मानिसहरू गरिबीको रेखाबाट उक्सिएको देखिन्छ । विभिन्न श्रोतका अनुसार बिगत दुइ दशकमा साविकभन्दा थप २० करोड मानिसले स्वच्छ खानेपानी पाएको, औसत आयु १० वर्ष बढेको, औसत आय दोब्बर भएको र साक्षरता लगभग ९० प्रतिशत पुगेको छ । छिट्टै थप ३०० मिलियन मानिसहरू गाउँबाट शहरमा स्तरोन्नति हुदैछन् । थप १२० मिलियन मानिसले कार प्रयोग गर्नेछर्न  । ३० वर्षभित्र चीन संसारमा सबै कुरामा नम्वर १ बन्दैछ । आयतित बस्तुदेखी विचार, प्रविधी, संजालमा समेत आक्रमक अंकुश लगाई तीनलाई आप्mनै मौलिक विकास अभ्यासले प्रतिस्थापन गर्दैछ । आधुनिकता र विकासमा आर्थिकसँगै सामाजिक, भौतिक, सांस्कृतिक लगायतका अन्य पक्षसमेत जोडिन्छन् जसलाई चीनियाँ आधुनिकताले राम्ररी अनुसरण गर्दैछ । 

चीनियाँबीच उच्चतम नागरिक एकता र देशसँगै सरकारप्रति गहिरो सम्मान छ । कोहीकसैबीच देश विरोधी कुरा हुदैन । भौतिक सम्पन्नता सहित, मानवीय सभ्यता विकास उच्च छ । मोवाईलमा सार्वजनिक ठाँउमा कुरा गरेर अरुलाई बाधा पार्ने र सार्वजनिक ठाँउमा पmोहोर फाल्नेको संख्यामा ५० प्रतिशत कमी हुदैछ । पेशाकर्मी, व्यवसायी, उद्यमी, विद्यार्थी, सरकारी कर्मचारी लगायत सबैमा देशप्रति निष्ठा र समर्पण बढदैछ । सम्वृद्घ र सभ्य देश निर्माणमा चीनियाँ नेतृत्व र नागरिक सबैले सकेको योगदान गर्दैछन् । 

बच्चा-बच्चीको स्यहार-सुसार गर्ने पद्घतिमै भविष्यमा निर्माण गर्न खोजिएको सचेत चीनियाँ नागरिकको आभाष देखिन्छ । सरकारको नीतिदेखी नागरिकको मानसिकतासम्म विशाल परिवर्तन हुदैछ । बच्चाहरूलाई ठुला-ठुला खेलाउने किनिन्छ । अभिभावकहरूको भनाई हुन्छ कि ठुला खेलाउने भए बच्चा-बच्चीले एक्लै उठाउन सक्दैनन् । उनीहरूले साथी बोलाउनुपर्छ, त्यहीबाट उनीहरू समुहमा कामगर्न सिक्छन् । चीनको जस्तै हामीले पनि नितान्त मौलिक र स्वदेशी प्रारुपको आधुनिकता अनि विकासको खाका तयार गर्दै त्यसको अभ्यास गर्नुपर्छ । 

यी सबै कुरामा विशिष्ठ प्रकारको आफनो पन झल्कनुपर्छ । अरुको नक्कलले हैन, आफनै अक्कलले आधुनिकता र विकासको खोजी गरिनुपर्छ । आयतित हैन, स्वनिर्मित आधुनिकता र विकास रोजिनुपर्छ । 

हाम्रो बाटो 

हामीले सबैभन्दा पहिले वैदेशिक सहायता अनि विप्प्रेशणले थामिएको अर्थतन्त्रलाई स्वनिर्मित बनाउनुपर्छ । आन्तरिक विकासका अथाहा सम्भावनाहरू केलाउनुपर्छ । 'ब्ल्याक डाइमण्ड'समेत भनिने पेट्रोलियम रित्तिनै लाग्दा अबको भरपर्दो उर्जा भनेकै विद्युत मात्र हो । यसको हामीसँग बिराट सम्भावना छ, प्रचुर  ब्यपार गर्नुपर्छ ।   

पर्यटन हाम्रो विकासको अर्को अर्गानिक पक्ष हो । पछिल्लो समय अधिक आर्थिक प्रगति गरेका देशहरू वौध धर्मालम्वी छन् । उनीहरूलाई टाइगर इकोनोमी समेत भनिन्छ । ती देशका मानिसहरूको सबैभन्दा महत्वपुर्ण र पहिलो गन्तब्य लुम्विनी हो । हामीले सांसरभरका ५०० मिलियन वौध धर्मालम्वीहरूलाई उनीहरूको जीवनकालमा कम्तमिा एक पटक अथवा अहिले प्रतिवर्ष जति वौध धर्मालम्वीहरू पर्यटनमा जान्छन् त्यस्को एक चौथाईमात्र प्रतिवर्ष नेपाल ल्याउन सक्दा पनि  हाम्रो आर्थिक रप्mतार उदाहरणीय हुनेछ । संसारको ९९ प्रतिशत हिन्दु नागरिक भएको भारतका लागि हिन्दुधर्म सम्वन्धित थुप्रै तिर्थाटन हामीसँग छ । अधिकांश पश्चिमा पर्यटकहरू चाहिँ सस्तो पर्यटन स्थान खोज्दैछन्, उनीहरूको समेत रोजाईमा नेपाल पर्छ । 

हिमालयको अध्ययन, अनुसन्धान र प्रयोगबाट सम्वृद्घिको उत्तिकै सम्भावना छ । खनिजदेखी वातावरणीय पक्षसमेत हरेका प्रकारका श्रोतसम्पदामा हामी अनुपातिक रुपमा उच्च छौँ । कार्वन उत्पादन अधिकारको विक्री अर्को नयाँ सम्भावना हो । विकासमा सर्वाधिक सिद्घहस्त हुने अनेकन सम्भावित परियोजना छन् तीनिहरूको सफल संचालन गर्दै आत्मनिर्भर आर्थिक विकास खोजीनुपर्छ ।

तर काम पनि अरुको देशमा गर्नेसँगै अरुकै भाषा-लवज, पहिरन र खानाको नक्कलले देश विकसित अनि आधुनिक केही पनि हुदैन । नेपाली परम्परा अनुसारको बनभोज वा विवाहा मण्डपमा हिन्दी वा अंग्रेजी गित बजाएर नाच्दैमा आधुनिक होइदैन । जर्बजस्त अंग्रेजी बोल्नुमा नै आधुनिकता दहरिदैनन । भडकिला पोशाकले आधुनिकता देखाउदैन । आधुनिकता समाजका हरेक पक्षलाई आफनो पन नहराउने गरी वैज्ञानिक र व्यवहारिक बनाउनु हो । आफनो पनलाई यथासक्य संरक्षण सहित लोकप्रिय बनाउँदै सकरात्मक रुपान्तरण गर्नु आधुनिकता हो । हाम्रै परम्पराका राम्रा पक्षहरूको अनुसरण, अवलम्वन अनि व्यापक अभिमुखीकरणसाथ प्रचार÷प्रसार गर्नु चाहिँ आधुनिकता हो । दास मानसिकता लिएर अरुको कुसंस्कारलाई सर्हष स्वीर्कानु आधुनिकता अनि विकास हुन सक्दैन । 

विकसित हुनु भनेको पश्चिमा नै हुनु होइन भन्ने उदाहरण चीनले दिदैछ ।  हामीले नेपाली मौलिकतामा आधारित फरक आयामको आधुनिकता र विकासको खोजी गर्नुपर्छ । आफ्नो मौलिक परिचय निर्माण गर्दै त्यस्को वैज्ञानिक प्रस्टिकरणबाट मात्र आधुनिकता र विकास सम्भव हुन्छ । केवल सरकार वा कुनै एक पक्षको प्रयासले हैन आम नागरिक संस्कारले आधुनिकता र विकास प्राप्त हुन्छ । आधुनिकतामा अफनत्वको प्राथमिकता र प्रभाव देखिनुपर्छ । मौलिक आधुनिकता र विकासको प्रर्वधन गर्नुपर्छ अनि त्यसैमा गौरभान्वित हुनुपर्छ । पुर्वाधारसाथै संस्कृतिको व्यपाक विस्तार गर्दै नागरिक सोच, स्वभावसमेत बदल्नुपर्छ ।

आन्तरिक रुपमा सक्षम अनि वाहय हिसाबले सम्मानित देश बन्नुपर्छ । आर्थिक हिसाबले सम्पन्न अनि सामाजिक हिसाबले समुन्नत, सांस्कृतिक हिसाबले समन्वयित, व्यवाहरिक हिसाबले अनुकरणीय, प्रगतिका हिसाबले सकरात्मक हुनु आधुनिकता र विकासका उच्चतम पर्याय हुन् । तर यी सबै कुरामा विशिष्ठ प्रकारको आफ्नो पन झल्कनुपर्छ । अरुको नक्कलले हैन, आफनै अक्कलले आधुनिकता र विकासको खोजी गरिनुपर्छ । आयतित हैन, स्वनिर्मित आधुनिकता र विकास रोजिनुपर्छ । 

भदौ ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस