×

NMB BANK
NIC ASIA

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका–२ जंगलाका नरजंग शाहीले ३ वर्ष मलेसिया र २ वर्ष साउदी अरबमा पसिना बगाए । गाउँमा केही विकल्प नहुँदा उनी फेरि दुबई जाने तयारीमा थिए ।

Muktinath Bank

उनले काठमाडौंको सिनी हाइड्रो कम्पनीलाई पासपोर्ट समेत बुझाइसकेका थिए । तर, जब बिदाइ हुन घर आए, गाउँमा आपूmजस्तै युवाले तरकारी खेती गरेको देखे । ‘मजस्तै साथीले घरमै बसिबसी राम्रो आम्दानी गरिरहेको देखेपछि मेरो मन एकाएक फर्कियो,’ उनले भने, ‘भिसा लागिसकेको पासपोर्ट फिर्ता लिएर तरकारी खेतीमा लागें ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७२ सालमा उनले तुरुन्तै तरकारी खेती शुरू गरिहाले । ४ रोपनी जग्गामा ४ हजार टमाटरका विरुवा लगाए । शुरूकै वर्ष ६ लाख रुपैयाँ बराबरको कारोबार भयो । सबै खर्च कटाएर ३ लाख ५० हजार रुपैयाँ बचत गरे । पहिलो वर्ष नै विदेशको भन्दा दोब्बर कमाइ भएपछि उनी निकै उत्साही भए ।


Advertisment
Nabil box
Kumari

मासिक १० हजार रुपैयाँ दिने गरी १ जना कर्मचारी राखे । अहिले उनी तरकारी बिक्री गरेरै वार्षिक ७÷८ लाख रुपैयाँ बचत गर्छन् । ‘विदेश गएको भए नोकर भइन्थ्यो, यहाँ मालिक भएर बसेको छु,’ उनले भने, ‘घरपरिवारसँग बसेरै यस्तो आम्दानी भएपछि किन विदेश जानु ?’

Vianet communication
Laxmi Bank

शाही अहिले ८ रोपनी बारीमा तरकारी खेती गर्ने योजनामा छन् । यसो भयो भने उनको आम्दानी मात्र बढ्ने छैन, थप केही युवाले रोजगारी पनि पाउने छन् । ‘हामीजस्तै युवाले खाडी मुलुकमा १६ घण्टा काम गर्दा मुस्किलले २० हजार कमाउँछन्,’ उनले भने, ‘अब मैले गाउँमै बसीबसी रोजगारी दिन सक्छु ।’

आफूले पनि मासिक करीब ४०–५० हजार रुपैयाँ आम्दानी गरिरहेको उनले बताए । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले जंगलामा रहेको वरपिपल कृषक सूमहमार्फत् किसानलाई व्यावसायिक तरकारी खेतीमा सहयोग गरेको छ ।

आयोजनाले सूमहलाई बेमौसमी तरकारी खेती, सिँचाइ, सडक र तरकारी संकलन केन्द्रका लागि समेत गरी ४१ लाख रुपैयाँ अनुदान सहयोग दिएको छ । समूहमा आवद्ध उनले आयोजनाको अनुदानले आर्थिक राहतका साथै प्रेरणा पनि मिलेको बताए । 

शाहीले तरकारी बेचेरै एउटा ट्याक्टर किनेका छन् । केही जग्गा पनि जोडेका छन् । ३ वर्ष साउदी अबर बसेर फर्केको कान्छो भाई गणेशले अहिले उनको व्यवसायमा सघाइरहेका छन् ।

शाहीको सपना छ, अब जंगला गाउँलाई नै आर्थिक रुपमा समृद्ध बनाउने । यसको लागि उनले युवालाई विदेश जानेभन्दा गाउँघरमै उद्यम गर्न परामर्श गरिरहेका छन् । ‘आ–आफ्नो सीप, क्षमता र दक्षतालाई उपयोग गर्दै उद्यम ग¥यौं भने समृद्धि टाढा छैन,’ उनी भन्छन्, ‘म अब त्यही अभियानमा लागेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x