२८ जेठ २०८३, बिहीबार

बिमस्टेकका देशहरूलाई जोड्न बौद्ध सर्किट सञ्चालन गर्नुपर्छ– प्रधानमन्त्री ओली

बिमस्टेकका देशहरूलाई जोड्न बौद्ध सर्किट सञ्चालन गर्नुपर्छ– प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रहरु बौद्ध धर्मसँग गाँसिएको भन्दै यस क्षेत्रको पर्यटनलाई बढावा दिन बौद्ध सर्किटको सञ्चालन गर्नुपर्ने बताएका छन् । 

आजबाट राजधानीमा शुरु भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को  चौथो शिखर सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कनेक्टिभिटीमाथि बिमस्टेक गुरुयोजनाको मस्यौदा ग्रहण गर्ने तथा यातायातमार्फत क्षेत्रीय उपकरणहरुलाई समयमै निकर्ष दिन सके बिमस्टेकको सहयोगलाई अगाडि बढाउन सहयोग पुग्ने बताए । 

सम्बोधनमा ओलीले भने,‘बुद्धलाई जन्म दिएको देशको प्रधानमन्त्रीको रुपमा कनेक्टिभिटी र पर्यटनलाई बढावा दिन यस क्षेत्रमा बौद्ध सर्किटको विकास र सञ्चालनको महत्वलाई रेखांकन गर्न चाहन्छु ।’

ओलीले सडक, रेल, हवाई, जलमार्गबाट कनेक्टिभिटीको क्षमतालाई उजागर गर्नु आवश्यक रहेको बताए ।  त्यसबाट व्यापार, लगानी, ऊर्जा, पर्यटन र प्राविधिक हस्तान्तरणलाई सार्थक रूप दिन सकिने ओलीलो भनाइ थियो ।  

प्रधानमन्त्री ओलीले बिमस्टेक क्षेत्रभित्र साह्रै कम व्यापार भइरहेको भन्दै व्यापार, लगानी, सीमा शुल्कको मामिलाहरूमा आपसी सहायता, विवाद निरुपण तथा व्यापार सुविधा सम्झौताहरूको प्रारम्भिक निष्कर्षमा बिमस्टेकलाई प्रभावी ढंगबाट अगाडि बढाउन सहयोगी सिद्ध हुने बताए । 

बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने ओलीले बताए । सहस्राब्दी विकास लक्ष्यको कार्यान्वयनमा भएको प्रगतिको जगमा टेकेर माथि उठ्नुपर्ने बताउँदै ओलीले दिगो आर्थिक विकासका लागि सन् २०३० को लक्ष्यलाई भेट्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले शान्ति प्रकृयामार्फत् निर्माण गरेको संविधान र यसको सफल प्रयोगबाट लोकतान्त्रिक परिधिभित्र रहेर समृद्धि र सुखको लक्ष्य प्राप्त गर्ने चाहना नेपालको रहेको बताए । ओलीवले लोकतन्त्र, मानवअधिकार, सुशासन, कानूनी शासन, सामाजिक न्यायको आधारमा चल्ने प्रतिबद्धता व्यक्त गरे । 

बिमस्टेकको चौथो सम्मेलन आज बाट नेपालमा शुरु भएको छ । भोली काठमाडौं घोषणा पत्रमा हस्ताक्षर भएसँगै बैठक सकिनेछ  । बैठकमा नेपाल, भारत, भुटान, ब‌गलादेश, श्रीलंका, थाइल्याण्ड, म्यानमारका सरकार प्रमुखहरुको उपस्थित रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्