×

NMB BANK
NIC ASIA

नेपालमा दिनहुँ महिला तथा अबोध बालिका बलात्कारको शिकार भैरहँदा यतिबेला मेरो आँखा वरिपरि एकजना यौनकर्मी महिलाको अनुहार झलझली घुमिरहन्छ । पोर्तुगलको राजाधानी लिस्बनबाट करिब ३०० किलोमिटर  उत्तरतर्फ एउटा औतेरो भन्ने भित्री गाउँ छ, त्यो ठाउँ त्यहाँ वरपर वेश्यावृत्तिको लागि चर्चित छ । हामीलाई लाग्न सक्छ यौन फ्री भएका मुलुकमा वेश्यावृत्ति सहज रुपमा लिइन्छ होला तर त्यसो होइन रहेछ । 

Muktinath Bank

उनीहरु यौनलाई सामान्य रुपमा लिय पनि वेश्यावृत्ति लाई नराम्रो रुपमा लिदारहेछन्। हामी बस्ने घर भन्दा ५० मिटर अगाडि एउटा भित्री बाटो थियो, हाम्रो घरको सिधा अगाडि कालो लेदरको ज्याकेट लगायकी, कुइरा आँखा, गोरो छाला, झकिझकाउ मेकअप ले सजिएकी करिब तीस बत्तिस बर्षकी एउटी यौनकर्मी  बस्ने गर्थी । बाटो को छेउमा अलिकती खुल्ला ठाउँ थियो, पछाडि ठुला ढुङ्गा थिय, अनी उ एकदमै शान सँग छाता ओडेर, खुट्टा माथी खुट्टा खप्टियर एउटा कुर्सी मा चुरोट पिउँदै बस्थी । उ त्यहा नहुँदा पनि त्यो कुर्सी त्यही हुने गर्थ्यो मानौ कि त्यो ठाउँ उसको फिक्स अफिश हो । समय समयमा त्यहा कार रोकिन्थे, उ त्यो कारमा चढेर जान्थी, केहीबेर हराऊथी अनी फेरि झुल्किन्थी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यहा भन्दा ५०० मिटर अागाडि अर्को दुई ठाउँमा दुई महिलाकाे वासस्थान थियो । तीओटा फरक स्टेसन मा तीन जना महिला खडा थिए, पैसा लियर बटुवाको यौन प्यास बुझाउन को लागी । दिन बित्दै जादा थाहा भयो हाम्रो घर अगाडि बस्ने त्यो महिला गर्भवती  भएकी रहिछिन् । उनको जिउडाल हेर्दा उ चार पाच महिनाको गर्भवती जस्तो देखिन्थी र पनि उ निरन्तर वेश्यावृत्ति मै लागिरही । उ रोमानियन या बुल्गेरियन यस्तै कुनै युरोपियन देसकै नागरिक थिइ, एक जना गर्भवती महिलालाई त त्यहाको सरकारले आर्थिक र अन्य सुबिधा दिनु पर्ने तर पनि किन उ आफु र आफ्नो पेट को बच्चा लाई समेत जोखिम मोलेर केही पैसाको लागी आफ्नो जवानी बेच्दै छ यो सोच्दा निकै अफसोच लाग्थ्यो अनी यो उसको रहर हो कि बाध्यता हो अजिब लाग्थ्यो । हामी काम बाट घर फर्किदा होस या काम गर्दा होस धेरैको ध्यान उ तिरै हुन्थ्यो । पछिल्ला दिनमा मलाई उसलाई देख्दा र उसको काम प्रती घृणा लाग्न थालेको थियो । किन उसले आफ्नो र बच्चाको समेत माया मारेर पैसाको निमित्त आफ्नो जिउ बेच्दै छ र अफसोच ति पुरुष हरु प्रती पनि लाग्थ्यो जो एउटी गर्भवती  महिलाको मजबुरी सँग रमाउदै थिय ।  केही समय पछाडी उ त्यहा बाट एकाएक हराइ, सायद पेट को बच्चा अलिक ठुलो भयर अफ्टेरो भयर हो कि उ त्यहा आउन छाडी ।यती कुरामा खुसी लाग्थ्यो हाम्रो घर मा बस्ने अफ्रिकन, बङ्गलादेशी, पन्जाबी अनी नेपाली कोही पनि उ सग एकपटक पनि गयनन् । 


Advertisment
Nabil box
Kumari

हामी बस्ने घरमा घाना, सेनेगल, गिनिबिसाउ, पाकिस्तान, भारत अनी नेपालका गरी करिब ७० जना कामदार सँगै बस्ने गर्थ्यौ । नूहाउने बाथरुम ओपन थियो ।  निकै फराकिलो र एकैपटकमा ८ जना सम्म नुहाउन मिल्ने खालको । अफ्रिकनहरु सधैं नाङ्गै नूहाउने गर्थे । अफ्रिकनहरु त्यसरी नुहाएको मा बङ्गलादेशीहरुलाई सार्है अफ्टेरो र सरम लागेछ, उनीहरु धेरै पटक प्रशासन मा उजुरी गर्नको लागी गए ।अन्तत प्रशासन ले उनीहरु जसरी सुकै नुहाउन त्यो उनीहरुको स्वतन्त्रता हो बरु उनीहरु सगै नुहाउन लाज लागेमा उनीहरु नूहाउने  बेलामा  बाथरुम नजानु भनेर बङ्गलादेशी साथीहरुलाई सुझाब दियो । 

Vianet communication

हामी १५ जना जती साथीभाई मिलेर नुहाउन समुद्र को तिरमा गयौ । ईण्डियन, पाकिस्तानी, बङ्गलादेशी र नेपाली म एक जना मात्र ।  हिन्दू, सिख र मुस्लिम हामी ३ ओटा धर्म मान्ने थियौ त्यहा । मुस्लिमहरु यौन र रक्सिको बिषयमा कहिल्यै पनि कुरा गर्न चाहँदैनन । हामी सबै मिलेर बालुवामा पहलमानी खेल्दै थियौ, हाम्रो आँखा अगाडी बाट एक जना नग्न युबती गुज्रीइन् । सुरुमा त सब लाजले रातोपिरो भय, एक अर्कालाई हेर्न पनि लाज लाग्यो । पछी सबै लाई लाग्यो जुन चिज हाम्रो समाजमा बर्जित छ, अझै मुस्लिम समुदायमा त सोच्दा पनि पाप लाग्छ त्यो हामी सबैले देख्यौ, न त्यहा पर्लय भयो, न आकाश नै खस्यो, आखिर सोचले मात्र फरक पार्दो रहेछ कपडा लगाएको र नग्न भन्ने कुरामा । सबैले देख्यौ सकियो, अब नौलो र कौतुहलता भन्ने चिज सबैका लागी सकियो, बश यति मात्र । 

अर्को दिन म श्रीमती सँग समुद्रको किनामा घुम्न गएको थिए । धेरै महिल हरु जतासुकै अर्धनग्न रुपमा घाम तापेको, मसाल्ज गरेको अनी निस्फिक्री घुमेको देखिन्थ्यो ।  जुन कुरा हाम्रो समाजमा बन्द कोठा भित्र श्रीमान श्रीमती बिच पनि लाज को बिषय बन्छन् ति त्यहा स्वतन्त्रता को बिषय थिए । 

एक जना मित्रले रमाइलो अनुभब सुनाए, उनी जम्बुजेरा भन्ने ठाउमा रहेको नग्नबीच मा गएछन् ।  त्यहा उनी बाहेक अरु तीन चार सय मान्छे रहेछन जो सबै सम्पूर्ण रुपमा नाङ्गै थिय ।  उनलाई सुरुमा अती सरम लागेछ सबै नाङ्गै देख्दा, एकचरण को लाज मरे पछी उनलाई फेरी लाज लागेछ सयौ नाङ्गा मानिसको बिचमा आफुले मात्र कपडा लगायको मा ।  ठुलै साहस बटुलेर उनले पनि कपडा खोलेछन । पछाडी उनको लाज आँफै हरायर गयछ । 

यौन, नग्नता अनी लज्जा, यि तीन वटा शब्दले हाम्रो समाजमा   नरामो सँग जरो गाडेका छन् ।  यि बिषयमा कोही पनि बहस गर्नै चाहदैनन र कसैले बहस गर्न चाहे पनि उसलाई छाडा र लाज नभयको नकचरो को संग्या दीइन्छ । मानिसमा मात्र होइन, हरेक सजिब प्राणिमा योन को आवस्यकता पर्दछ चाहे सन्तान उत्पादन प्रकृया लाई होस या मनोरंजन का लागी होस । पशुपन्क्षी र जनावार मा यौन क्रिया निश्चित मात्र हुने गर्छ जुन प्राय सन्तान उत्पादन का हेतुले हुने गर्दछ ।  तर बर्तमान मानिसमा यौन चाहना असिमित हुने गर्दछ र परिवर्तित समाजमा यौन आवस्यकता लाई आधारभुत आवस्यकता कै रुपमा लिने गरिन्छ । यौन पनि एउटा भाबना हो, आबेग हो जसलाई दबाउन खोजे झन बिस्फोट हुन जान्छ । हरेक मानिसमा  स्वभाबिक यौन चाहना हुन्छ, ब्यक्त गर्ने शैलिमा फरक पर्न सक्छ ।  कोही अरुको अगाडी खुलेर कुरा गर्छन कोही नगर्लान त्यती मात्र फरक हो । 

नेपाली समाज र हाम्रो यौन को प्रब्रित्ती हेर्दा यौन लाई अत्यन्त  आवश्यक चिज भयर पनि सामाजिक हिसाबले बर्जित र अत्यन्त गोप्य  मामला को रुपमा लिने गरिन्छ ।  अविवाहित युबा युबती र परपुरुस वा परस्त्री सग गरिने यौन कार्यलाई एउटा अक्षम्य सामाजिक अपराध को रुपमा लिने गरिएको छ । 

आज भन्दा पचास बर्ष अगाडी यौन लाई हेर्ने दृष्‍टिकोण र अहिले हेरिने दृष्‍टिकोण मा कुनै भिन्नता आयको देखिदैन ।  बिकास को गती र हाम्रो सस्कृती माथी पश्चिमा आयतित सस्कृति जबरजस्ती थोपरियको स्थितिमा अब हाम्रो समाज र कानुनले यौन लाई फेरी एकपटक परिभासित गर्नु जरुरी देखिन्छ । 

पछिल्ला दिनमा प्रहरी ले कति ठाउँमा छापा मार्दा कति जोडी रङ्गेहात समातिए, देश भरिनै क्याबिन, डान्सबार, खाजाघर को रुपमा कती यौन का अड्डा सन्चालित छन ति कसैले लुकायर लुक्ने बिषय होइनन । काठमान्डौ अनी देशका मुख्य   सहरका मुख्य चोक मा कती यौनकर्मी  महिला कार्यरत होलान र तिनका ग्राहक यो समाजका कुन तप्का सम्मका मानिस होलान अनुमान लगाउन गार्हो छ । श्रीमान वा श्रीमती    बिदेशियका हुन, चाहे कलेज  वा स्कुले बिद्यार्थी हुन, प्रेमी प्रेमिका हुन या समाजमा उच्च सम्मान बनायका ब्यक्ती हुन वा सर्बसाधारण मानिस सबै लाई यौन अपरिहार्य आवस्यकता बनिसकेको छ, चाहे त्यो डराइ डराइ होस या लुकिछिपी । 

पछील्ला केही बर्षको अध्ययन गर्दा के देखिन्छ भने एक जना पुरुष बिदेस जान्छ, उनकी श्रीमती सकेसम्म आफ्नो चाहना लुकाउन खोज्छिन तर सबै महिलाले नसक्न सक्छन् । एउटी  महिला कोही परपुरुस सग एउटा होटेल को कोठामा पुग्छिन, प्रहरीले छापा मार्छ, उनी रङ्गेहात समातिन्छिन अनी प्रहरीले उनका घरका सासु ससुरा बोलाएर बुझाईदिन्छ यो अवस्थामा भन्नुस ति महिला अब लोग्ने को घर मा बस्न सक्लिन वा लोग्ने आएपछि उनलाई स्विकार गर्ला या नगर्ला ? अब उनीहरुको बैबाहिक सम्वन्ध र छोराछोरी को भबिस्य कता पुग्ला ?

यौन समाजमा बर्जित छ । सबै मानिस यौन कुण्ठा लाई दबाउन सक्छन भन्ने छैन । कति अविवाहित पुरुष, कती श्रीमतीले छाडेका त कति श्रीमान् श्रीमती बाट सन्तुस्ट नभयका बृद्घ  ब्यक्तिले समेत होस गुमाउदा हाम्रो समाजमा हजारौ जन्मेका छन् ।  यौन के हो भन्ने राम्रोसँग थाहा पनि नभएकी अबोध बालिका कुनै ब्यभिचारिको कुण्ठाको सिकार भएर बलात्‍कृत हुँदै मारिएर आफ्नो इहलीला समाप्त गर्नु पर्ने अझै कहिलेसम्म ? जंगल मा घास काट्न गएकी होस या मेला बाट फर्कदै गरेकी निर्दोष महिला होस, सामुहिक बलात्कारको सिकार हुँदै नारकिय जिबन बिताउनु पर्ने कहिले सम्म ? के बच्चा, के बृद्घा, के गाउ के शहर, के सुन्दरी के अपाङ्ग हरेक तह र तप्काका कोही पनि चेलीबेटी सुरक्षित छैनन यहाँ । 

यौन बारे जती जनचेतना जगाय पनि, बलात्कार का बिरुद्द र नारी अधिकार का बारेमा जती वकालत गरे पनि अथवा बलात्कारी लाई फासिको ब्यबस्था कानुनमै गरे पनि जब सम्म यौन एक सामान्य र सर्बसुलभ बिषय बन्दैन न त यौन जन्य हिम्सा घट्छन न त समाज नै परिवर्तन हुन्छ ।  बिदेशमा निर्बस्त्र  हिड्दा पनि एउटी महिला सत प्रतिशत सुरक्षित हुन्छे भने हाम्रो मा किन एउटी चार बर्षकी बालिका बलात्‍कृत हुन्छे ? अर्को कुरा संबिधान अनी एेन कानुन आउदो सय बर्षका लागी बनाइने कुरा हो, अहिलेको मुलुकी एेन अमेरिका वा युरोप का मुलुकको जतिकै बिकसित खालको छ भने अब सबैले बाहिर खुलेर भन्न नसकेको तर सबैलाई मनमा खड्केको यौन जस्तो गम्भिर बिषय लाई एेन कानुन मा नै अबको बिकसित नेपाली समाजलाइ सम्बोधन गर्न सक्ने गरी ब्यबस्था गरेमा मात्र अरु नीर्मला हरु जन्मिदैनथे र कोही नीर्मलाको न्यायको निमित्त अरु सन्नी खुना हरु मर्नु पर्दैन थियो कि ? अब यस तर्फ सबैले थोरै फराकिलो सोच का साथ बहस गर्ने समय आएन र ?

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x