×

NMB BANK
NIC ASIA

मोडलले तोडिन् ट्राफिक नियम, जरिवानाका रूपमा दिइन् यस्तो अफर

भदौ २७, २०७५

NTC
Premier Steels

काठमाडौं — रुसकी एक प्रसिद्ध मोडल ट्राफिक नियम उल्लंघन गरेको आरोपमा समातिएकी छन् । पक्राउ खाएपछि पहिला त मोडलले प्रहरीलाई धम्क्याएर छुट्न खोजिन् तर प्रहरी अडिग रहेपछि उनले प्रहरीलाई शारीरिक सम्बन्ध बनाउने अफर गरिन् । तर प्रहरीले उनलाई हिरासतमा लिइछाड्यो । 

किरा मेयर नामक मोडलले ट्राफिक नियम तोडेपछि प्रहरीलाई अनुसन्धानका क्रममा आक्रमण गरेको आरोप छ । प्रहरीले उनलाई कारबाट निस्कन भन्यो । त्यसपछि किराले आफूलाई छोडिदिएमा सम्बन्ध बनाउने अवसर दिने भनिन् । तर घटनास्थलमा रहेका दुई प्रहरीले उनको कुरा नसुनेर हिरासतमा लिए । 

अदालतमा सुनुवाइ हुँदा मोडलले आफूमाथि लागेका सबै आरोप स्वीकार गरिन् । आफूले गरेको गल्तीका लागि माफी माग्ने उनले बताइन् । आफू आत्तिँदा नियन्त्रण गुमाउन पुग्ने उनले बताइन् । 

किरामाथि यसअघि पनि केही समयका लागि ड्राइभिङ प्रतिबन्ध लागेको पाइएको छ । किराले प्रहरीलाई लात्ताले हानेको र घाइते बनाउने कोशिश गरेको पनि बताइएको छ । 

किरालाई हिरासतमा लिने बेलामा उनी अब गाडी चलाउन पाउनेछैनन् भनी प्रहरीले बताउँदा रिसले चुर भइन् अनि प्रहरीमाथि चिच्याउन थालिन् । उनी प्रहरीबाट आफ्नो कागजात थुत्न थालिन् । त्यतिले नपुगेर उनी गाडीमा फेरि छिरेर
भाग्ने सुर गर्दै थिइन् । 

किराले अब जेलमा डेढ वर्ष बस्नुपर्ने भएको छ ।

किरा रुसकी प्रख्यात मोडल हुन् र इन्स्टाग्राममा उनका लाखौं फलोअर छन् । जेल सजाय पाएपछि उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट डिलिट गरेकी छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x