मंसिर २, २०७५
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
काठमाडौं –कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै अधिकारकर्मीको टोलीसहित काठमाडौं आइपुगेका मृतकका बुवा–आमाले रुँदै सरकारसँग न्यायको याचना गरेका छन् ।
बलात्कारपछि हत्या गरिएकी निर्मलालाई न्याय माग गर्दै कञ्चपुरका केही अधिकारकर्मीसहित काठमाडौं आइपुगेका पन्त दम्पतीले बिहीवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रुँदै न्याय दिलाउन नसके आफूलाई पनि गोली हानेर मार्न सरकारलाई आग्रह गरे ।
पत्रकार सम्मेलनमा भक्कानिँदै मृतक निर्मलाका बुवा यज्ञराज पन्तले छोरीको हत्या भएको घटनाबारे सुनाउँदै भने, ‘सरकार कि हत्यारा सार्वजनिक गर कि हामीलाई पनि गोली हानेर मारी दे !’
छोरीको साइकल भेटिएपछि निर्मलाकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लास पनि त्यतै होला भनेर भनेको प्रसङ्ग सुनाउँदै गर्दा उनी सम्हालिन सकेनन् । यज्ञराजको भक्कानोसँगै पत्रकार सम्मेलनमा उपस्थित सबैका आँखा ओभानो रहेनन् । रुमालले आँशु पुछ्दै उनले थपे, ‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई संरक्षण गरिरहेको छ । कि हामीलाई न्याय चाहियो कि हामीलाई पनि मारी देऊ ।’
उनले घटनाका सम्बन्धमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति समेत असन्तुष्टि व्यक्त गर्दै भने, ‘प्रधानमन्त्री ज्यूले बोल्नुभएको एउटा कुरा पनि सही छैन,’ उनले भने, ‘मलाई न्याय दिलाउनुपर्यो जसरी भएपनि ।’
पत्रकार सम्मेलनमा निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा शर्मा ओलीलाई आग्रह गरिन् । न्याय दिन नसक्ने भए ‘हामी सक्दैनौं’ भनेर आफूलाई पनि गोली ठोकिदिन उनको आग्रह छ ।
निर्मलाका आमाबुवासँगै आएका स्थानीय अधिकारकर्मीले न्याय नपाई कञ्चनपुर नफर्किने बताए ।
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...
सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...