असार ५, २०७८
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...
काठमाडाैं | भदौ ३०, २०८०
काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् ।
तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ५६ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती र आमाको समेत हत्या भएको हो । कुमारसहित उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको हो ।
कुमार उक्त मिलमा २५ वर्षदेखि काम गर्दै आएका थिए । कुमारका आफन्तले बताएअनुसार उनका बुबा पनि पहिले सोही मिलमा काम गर्थे । बुबाको केही महिनाअघि मृत्यु भएको थियो । आज कुमारसहित श्रीमती अम्बिका र आमा सुभद्राको एकैपटक हत्या भएको छ । कुमारका कुनै सन्तान नरहेको आफन्तले बताएका छन् ।
श्रीमतीसँग बस्दै आएका कुमारकी आमा भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । उनी कुशे औशीको अवसरमा काठमाडौं आएको आफन्तले बताएका छन् ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आफन्तसँग समन्वय नगरेको उनीहरूको गुनासो छ । प्रहरीले आफन्तसँग समन्वय नै नगरी हतारहतार शव उठाएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।
घटनास्थलमा भेटिएका कुमारका एक आफन्तले मिल सञ्चालकले हतार हतारमा शव परीक्षणका लागि अस्पताल पठाएको गुनासो गरे । मिल दोलखाका व्यवसायी बालकृष्ण शिवाकोटीको हो ।
उनीहरूले शव शिक्षण अस्पताल महाराजगञ्जमा रहेको सुनेका मात्रै छन्, देख्न पाएका छैनन् । ‘यहाँ कुनै सीसीटीभी क्यामेरा छैन, प्रहरीले समन्वय गरेको छैन, हामीलाई घटना मिलेमतोमा भएकोजस्तो लागेको छ । गम्भीर अनुसन्धान हुनुपर्छ,’ घटनास्थालमा भेटिएका कुमारका एक आफन्तले भने ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट सोधपुछको लागि काठमाडौं–३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनले मदिरा सेवन गरेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले लोकान्तरलाई जानकारी दिए । राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
तर, घटनास्थलमा मदिरा सेवन गरेको प्रमाण भने फेला नपरेको उनले बताए । ‘पक्राउ परेका व्यक्ति अहिलेसम्म पनि मदिराले लट्ठ छन्’, उनले भने, ‘राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्छ । तर, घटनास्थलमा मदिराका बोत्तल भने फेला परेका छैनन् ।
प्रकरणको तालिमप्राप्त कुकुरसमेत लगी प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धानमा छ ।
अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...
लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...
काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...
काठमाडौं ४ - माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...