मंसिर २, २०७५
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
साउन ७, २०७९
लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो ।
एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको साथमा थिए डा. सुमन गौतम, जसले दूरबिन जस्तो देखिने प्रविधिबाट ती व्यक्तिको दाँतलाई मोनिटरमा हेर्दै उपचार गरिरहेका थिए ।
दाँतमा टर्च लगाएर हेर्ने र उपचार गर्ने विधि प्रयोगमा आइरहेको सन्दर्भमा मोनिटरमा हेरेर उपचार गर्ने विधि नविन थियो ।
‘दाँतको उपचारमा सानो चिजलाई ठूलो बनाएर हेर्ने प्रविधि हो यो । यसलाई डेन्टल अपरेटिङ माइक्रोस्कोप भनिन्छ,’ उनले भने, ‘आँखाले देख्न नसक्ने, सानोभन्दा सानो जीवाणुलाई यो प्रविधिको मद्दतले ठूलो देखाएर उपचार गर्न गरिन्छ ।’
नेपालभन्दा बाहिर धेरै पहिलेदेखि प्रचलित प्रविधि नेपालमा भने सन् २०१६ मा डा. सुमन गौतमले पहिलोपटक भित्र्याएका हुन् । बिस्तारै अरु स्थानमा पनि डेन्टल अपरेटिङ माइक्रोस्कोप प्रविधि विस्तार हुने क्रम बढ्दो छ ।
दाँतलाई निकाल्नेभन्दा पनि बचाउनेतर्फ लाग्नुपर्ने उनको तर्क छ, जुन रुट केनल उपचार विधिबाट गरिन्छ । डेन्टल अपरेटिङ माइक्रोस्कोपले दाँतको उपचारलाई थप सजिलो बनाएको डा. गौतमले लोकान्तरसँगको कुराकानीमा बताए ।
‘दाँतको थोरैभन्दा थोरै भागलाई मात्र क्षति पुर्याएर सकभर सबै दाँत बचाएर पहिलाकै अवस्थामा फर्काउन यो प्रविधिले ठूलो भूमिका खेल्ने गर्छ,’ उनले भने । यसले गर्दा वृद्ध मानिसले पनि खाना चपाएर खान सक्ने उनको तर्क छ ।
‘यो प्रविधि अपनाएर मैले ९० वर्षका वृद्ध बुवाको समेत दाँत नउखेलिकन जस्ताको तस्तै राखेर उपचार गरेको छु,’ उनले खुशी हुँदै भने ।
हेर्नुहोस् भिडियो –
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...
काठमाडौं ४ - माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...