असार ५, २०७८
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
असार ५, २०७८
कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ ।
कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् ।
बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै कैयनले ज्यान गुमाए ।
कोरोना महामारी फैलिँदा कोरोनाका बिरामी मात्र होइन अन्य रोगका बिरामीहरूले पनि पाउनु दु:ख पाए ।
कोरोनाका बिरामीहरूको हेरचार तथा उपचारमा त सिंगो राज्य संयन्त्र र सबैको ध्यान केन्द्रित थियो, तर यसबीचमा अन्य रोगका बिरामी समस्यामा परे ।
यसरी दु:ख पाएका नन्-कोभिड बिरामीको सेवामा खटिएका छन्- स्काउटका ३ योद्धा ।
जो वृद्ध छन्, अशक्त छन्, जसको नियमित चेकजाँच गर्नुपर्ने हुन्छ, जसलाई गम्भीर प्रकृतिको रोग लागेको छ र यो निषेधाज्ञाले गर्दा अस्पताल जान पाएका छैनन्, उनीहरूलाई सेवा दिँदै आएका छन्- स्काउटको स्पेसल टास्क फोर्सका संयोजक अजित लामा तथा सदस्य प्रकाशजंग पाण्डे र विकेन्द्र महर्जनले । महर्जनले सवारी चालकको भूमिका निभाउँदै आएका छन् ।
संयोजक लामाले आफू चढ्ने क्रेटा कार नै सेवामा लगाएका छन् ।
यस्तो महामारीका समयमा सेवा गर्न पाउँदा आफूहरू खुसी रहेको उनीहरू बताउँछन् । सेवाग्राहीले धन्यवाद भन्दा मनै आनन्दित हुन्छ ।
यसबीचमा उनीहरूले एउटा शव पनि व्यवस्थापन गरे जसलाई स्वयं उनकै परिवारले अन्तिम संस्कार गर्न चासो दिएको थिएन ।
पहिला कोरोना संक्रमण भएका तर कोरोना संक्रमण मुक्त भइसकेपछि निधन भएका एक व्यक्तिको अन्तिम संस्कारमा उनको परिवारले उदासीनता देखाएको थियो ।
त्यो शव व्यवस्थापनको जिम्मेवारी उनीहरूको काँधमा आयो ।
सफलता पूर्वक निर्वाह गरेको उक्त जिम्मेवारीलाई उनीहरू अविस्मरणीय क्षणका रूपमा लिन्छन् ।
यति मात्र होइन, उनीहरूले पशुपति आर्यघाट परिसरमा मलामीहरूका लागि खानेपानीको व्यवस्थापन गर्दै आएका छन् भने गन्तव्यमा पुग्न सकेर बाटामा अलपत्र नागरिकहरूको उद्धार पनि गर्दै आएका छन् ।
यी ३ युवाको सत्कर्मको बाँकी कथा हेर्नुहोस्, भिडियोमा :
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...
लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...
काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...
काठमाडौं ४ - माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेक...
काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...