×

NMB BANK
NIC ASIA

प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध

सिरहा | बैशाख १५, २०८१

NTC
Premier Steels

हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत पूर्वी खण्ड ढल्केबर–इनरुवा प्रसारण लाइन विस्तारका क्रममा सिरहाको लहान नगरपालिकास्थित स्थानीयले क्षतिपूर्ति नपाएको भन्दै अवरोध गरेका छन् ।

Muktinath Bank

प्रसारण लाइनको मार्गधिकारमा पर्ने स्थानीयले अवरोध गर्दा तार तान्ने काम शुक्रबारदेखि प्रभावित बनेको हो । प्रसारण लाइन प्रभावित क्षेत्रका पीडितले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै सङ्घर्ष समिति घोषणा गरेका छन् । प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई आफूखुसी पोल र तार जडान गर्न लागेको दाबी गर्दै वडा नं ९, १०, ११, १३ र १४ का किसान मारमा परेको सङ्घर्ष समितिका अध्यक्ष ज्वालाप्रसाद चौधरीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“हामी विकासविरोधी होइनौँ, तर प्रभावित क्षेत्रका विस्थापित घरपरिवारको जग्गाको हालको मूल्याङ्कनअनुसारको क्षतिपूर्ति दिलाउने जुन सम्झौता छ, सोअनुसार हुनुपर्यो”, अध्यक्ष चौधरीले भने, “यहाँका किसानको उठीबास लगाएर बल प्रयोग गरी प्रशासनले काम सुरु गरेको छ । यसमा हाम्रो विरोध छ ।” प्रशासनले वार्ता र छलफलमा ध्यान नदिएको भन्दै उनले पीडितले वास्तविक क्षतिपूर्ति नपाउँदासम्म काम ठप्प पार्ने चेतावनीसमेत दिए ।
 
प्रसारण लाइन विस्तार गर्दा टावर प्याडले ओगट्ने जग्गा तथा प्रसारण लाइनको तारमुनि २३÷२३ मिटर दायाँबायाँ क्षेत्रका जग्गा तथा घरटहराको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने हुन्छ । त्यस्तै स्थायी रूपमा प्रसारण लाइनबाट विस्थापित हुने घरपरिवारलाई अपर तामाकोशी हाइड्रोपावरले वितरण गरेको मोडालिटीअनुसार १८ महिनाको घरभाडा (प्रतिमहिना रु २० हजार) र ढुवानी खर्चवापत रु २० हजार प्रतिपरिवार उपलब्ध गराउने प्रस्ताव मिति २०७६ मङ्सिर २८ को मन्त्रिपरिषद्मा पेस भई स्वीकृत भएको छ । तर सोअनुसार क्षतिपूर्ति नपाएको उनीहरुको दाबी छ । 


Advertisment
Nabil box
Kumari

प्रसारण लाइनको पूर्वी खण्डअन्तर्गत धनुषा, सिरहा, सप्तरी, उदयपुर र सुनसरी गरी पाँच जिल्लामा पर्दछ । तीस महिनामा निर्माण सम्पन्न गर्ने गरी विसं २०६९ माघमा ठेक्का सम्झौता भएको थियो ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x