×

NMB BANK
NIC ASIA

रेलिगेसनविनाको ए डिभिजन लिग : पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने

असोज ३, २०७५

NTC
Premier Steels

काठमाडौं – यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ ।

Muktinath Bank

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेह्र चरणसम्म खेलाइने लिगको सबै खेल तालिका सार्वजनिक गरिएको छ । सो अवसरमा ए डिभिजनका १४ वटै क्लबका प्रतिनिधि सहभागी थिए ।


Advertisment
Nabil box
Kumari

गोला प्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातवटा खेल हुनेछन् । 

Vianet communication

खेल तालिकाअनुसार पहिलो चरणको खेलमा यही असोज १३ एनआरटी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । १४ गते दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मनाङ–मस्र्याङ्दी क्लबसँग खेल्नेछ । १४ गतेको दोसो खेलमा मछिन्द्र क्लबले च्यासल युथ क्लबसँग सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा सामना गर्नेछ । 

असोज १५ हुने पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबसँग र दोस्रो खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

असोज १६ गते हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ क्लबसँग एन्फा मैदानमा खेल्नेछ भने दोस्रो खेलमा हलचोक मैदानमा सरस्वती युथ क्लबले सङ्कटा युथ क्लबको सामना गर्नेछ । 

पहिलो चरणका खेलहरू सकिएपछि तीन कुनै पनि खेल हुँदैनन् भने १९ गतेदेखि दोस्रो चरणका खेलहरू हुनेछन् । दोस्रो चरणको पहिलो खेल असोज १९ गते एनआरटीले मनाङ–मस्र्याङ्दी क्लबसँग, दोस्रो खेल सोही दिन त्रिभुवन आर्मीले च्यासल युथ क्लबसँग खेल्नेछ । २० गते ब्रिगेड ब्वाइजले थ्री स्टार क्लबसँग खेल्नेछ । सोही दिन हुने दोस्रो खेलमा मछिन्द्र क्लबले नेपाल पुलिसको सामना गर्नेछ । 

त्यसैगरी २१ गते फ्रेन्डस क्लबले एपिएफसँग र सोही दिन दोस्रो खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबसँग तेस्रो खेलमा जावलाखेल युथ क्लबले सङ्कटासँग खेल्नेछ । असोज २४ गतेदेखि तेस्रो चरणका खेलहरू हुनेछन् । तेस्रो चरणपछि चाडपर्व शुरु हुने भएकाले एक महिना लिग स्थगित हुनेछ । महत्वपूर्ण चाडपछि आगामी मङ्सिर २ गतेदेखि पुनः लिगका खेलहरू हुनेछन् । 

लिगमा १४ ’ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन् । 

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । 

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । 

‘रेलिगेसनबिना’को लिग 

एन्फा अध्यक्ष शेर्पाले नियमित ‘रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपटक फुटबलको रौनक ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताए । चार वर्षदेखि ‘मोफसल’का खेलले नेपाली फुटबल धानेको बताउँदै उनले समय अभाव र क्लब मानसिकरूपमा तयार नभएका कारण यसपालि यस्तो निर्णय लिन बाध्य भएको दाबी गरे ।

नियमित रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपालि फुटबलको रौनक ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको हो । 

संयोजक शर्माले रेलिगेसन नहुँदैमा यो वर्ष केही फरक नपर्ने बताउँदै अर्को वर्षदेखि नियमित ‘रेलिगेसन’ सहितको लिग गर्ने बताए ।

एशियाली फुटलब सङ्घ (एफसी) र विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपालमा फुटबलको रौनक सिर्जना गर्न रेलिगेसनबिनाको लिग गर्न अनुमति दिएको छ । रासस/कुमार चौलागाई 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x