×

NMB BANK
NIC ASIA

उपत्यकाका नदीको सतह बढ्दै, नदी किनारमा नजान र पानीको प्रयोग नगर्न आग्रह

असोज ६, २०७५

NTC
सन्दर्भ तस्वीर
Premier Steels

काठमाडौं– मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरेको छ । 

Muktinath Bank

पाइप सफा गरेको पानी वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत उपत्यकाका नदीमा पठाउने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ । सुन्दरीजलबाट चावहिल धोबीखोलासम्मको ११ किमी पाइप परीक्षण सम्पन्न गरी धोबीखोलाबाट नारायणगोपाल चोकसम्मको तीन किमीमा काम भइरहेको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


वितरण प्रणाली परीक्षणका क्रममा आउन सक्ने समस्याको समाधान गर्न आवश्यक तयारी पूरा गरिएको छ । फुटेको, चुहिएको पाइप देखेमा निर्देशनालयको निःशुल्क फोन नं ११३९ मा खबर गर्न अनुरोध गरिएको छ । पाइपको निर्मलीकरण गर्न प्रयोग गरिने रासायनिक पदार्थले स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा नदीको पानी प्रयोग नगर्न, पशुपक्षीलाई पनि नदीको पानी नखुवाउन निर्देशनालयले सजग गराएको छ । 


Advertisment
Nabil box
Kumari


ठेक्का लगाइएको एक हजार एक किमी वितरण सञ्जालमध्ये हालसम्म ७३० किमीको काम सम्पन्न भएको छ । थोक वितरण प्रणालीको ७९ किमीको काम सकिएको छ । थोक प्रणालीबाट १० वटा पानीपोखरी पानी लगिनेछ । १० वटा पानीपोखरीबाट पहिलो चरणमा पाइप बिच्छ्याइएका स्थानमा पानी वितरण गरिनेछ । 

Vianet communication

वितरण सञ्जालका बनेका क्षेत्रमा हालसम्म ६९ हजार धारा जडान भइसकेको छ । पहिलो चरणमा ठेक्का भएकोमध्ये अब करीब २० हजार धारा जडान गर्न बाँकी छ । यो काम सक्न एक वर्ष लाग्ने निर्देशनालयको अनुमान छ । 

मेलम्चीको पानी २६.५ किमीको सुरुङबाट सुन्दरीजल ल्याई पानी प्रशोधन केन्द्रमा खसालिनेछ । प्रशोधनका लागि पहिलो चरणमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र सम्पन्न भएको छ । केन्द्रमा वाग्मती नदीको बढी भएको पानी प्रशोधन गरी दैनिक तीन करोड लिटर पानी पुरानै सञ्जालबाट वितरण भइरहेको छ । दोस्रो चरणको आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण भइरहेको छ ।

करीब दुई महिनापछि मेलम्ची खोलाको १७ करोड २८ लाख लिटर पानी दैनिक राजधानी आउनेछ । पानी ल्याउन सुरुङ निर्माण सम्पन्न गरी ढलान गर्ने काम भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x