सन्नीले लाइभ कन्सर्टमा नाच्ने भएपछि हंगामा, राखियो यस्तो शर्त

असोज १०, २०७५

आगामी महिनाको ३ तारिखमा बेङलुरु (ब्याङ्लोर)मा सन्नी लियोनीको लाइभ कन्सर्ट राखिएको छ ।

यो कार्यक्रम राज्यको मान्यता टेक पार्कको नजिक व्हाइट आर्किड होटलमा आयोजना हुने छ । आयोजकका अनुसार यसमा सन्नीले ३ वटा गीतमा नाच प्रस्तुत गर्नेछिन् ।


ADVERTISEMENT

जसमा एक  डान्स कन्नड गीतमा हुने छ । तर कन्सर्ट भन्दा पहिला कन्नड कार्यकर्ताको हंगामा शुरु भएको छ । उनीहरुले एक शर्त राखेका छन् । 

सन्नी लियोनी कार्यक्रममा आउने समाचारहरु सार्वजनिक भएसँगै कन्नड कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले सन्नीमाथि प्रतिवन्ध लगाउन माग गर्दै अन्यथा अवरोध गर्ने चेतावनी दिएका छन् । तर उनीहरुले एक शर्तमा भने सन्नीलाई कार्यक्रममा सहभागी हुन दिने बताएका छन् । उनीहरुका अनुसार सन्नीले सबै नृत्य कन्नड गीतमा नै गर्नुपर्ने उनीहरुको शर्त छ । 

यसअघि व्याङ्ग्लोरमा गत वर्ष पनि सन्नी लियोनीका कारण हंगामा भएको थियो । नयाँ वर्षको उपलक्षमा सनी नाइट इन व्याङलुरु २०१८ मा हंगामा भएको थियो ।

कन्नड कार्यकर्ताले सन्नीको कार्यक्रम कन्नड सभ्यताको विरोधमा भएको बताएका थिए । उनीहरुले कार्यक्रम स्थगन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका थिए भने राज्य  सरकार पनि सन्नीको विरोधमा उत्रिएको थियो ।

त्यस लगत्तै कनार्टकको गृहमन्त्रीले प्रहरीलाई सन्नीको कन्सर्ट रोकन् निर्देशन दिएका थिए । 
 

असोज १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस