×

NMB BANK
NIC ASIA

बुटवल – तिलोत्तमा नगरपालिकाले बजार अनुगमनलाई नियमित गरेको छ ।

Muktinath Bank

मुलुकको संघीय संरचनाअनुसार स्थानीय तहलाई प्राप्त अधिकारको प्रयोग गरी नगरपालिकाले निर्देशिका नै निर्माण गरेर बजार अनुगमनको कामलाई नियमित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि, जिल्लास्तरबाट हुने अनुगमनको काम अहिले स्थानीय तहबाटै हुन थालेका छन् । यसैक्रममा शुक्रबार नगरपालिकाको अनुगमन टोलीले ड्राईभर टोलमा रहेका विभिन्न पसलमा अनुगमन गरेको छ । 


Advertisment
Nabil box
Kumari

अनुगमनका क्रममा टोलीले दर्ताविना सञ्चालनमा रहेका व्यापार–व्यवसायलाई दर्ता हुन, होटल तथा रेस्टुरेन्ट, मिष्ठान्न भण्डार, मासु पसललाई सरसफाईमा विशेष ध्यान दिन, ढक तराजुलाई ठीक तरिकाले प्रयोग गर्न सुझाएको अनुगमनमा सहभागी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

टोलीले प्लास्टिक झोलाको प्रयोगलाई न्यूनीकरण गर्न पनि व्यावसायीलाई आग्रह गरेको छ । अनुगमन टोलीका संयोजक चेतनारायण भण्डारीले बजार अनुगमन क्रमशः नगरका अन्य स्थानलाई पनि गरिने बताए ।

तिलोत्तमा नगरपालिकाको बजार अनुगमन निर्देशिका–२०७४ अनुसार बजार अनुगमन गर्नका लागि नगरकार्यपालिका सदस्य भण्डारीको संयोजकत्वमा बजार अनुगमन टोली गठन गरिएको छ ।

बजार अनुगमन निर्देशिकाअनुसार उपभोक्ताको हित संरक्षणसम्बन्धी विषयमा आवश्यक नीतिगत व्यवस्था गर्न तथा बजार अनुगमन कार्यलाई मार्गदर्शन एवं समन्वय गर्न उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ । 

उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था, अत्यावश्यक वस्तुको माग र आपूर्तिको अवस्थासम्बन्धी तथ्यांक संकलन र मागको प्रक्षेपण गर्छ । वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौललगायत व्यापारिक क्रियाकलापको नियमित एवं आकस्मिक अनुगमन गर्न निर्देशिकाअनुसार नगरपालिकामा बजार अनुगमन टोली क्रियाशील भएको हो ।

अनुगमन गरिने वस्तुमा खाद्यान्न, माछामासु, तरकारी, दैनिक उपभोग्य वस्तु, औषधि एवं स्वास्थ्य सेवा, रासायनिक मल, विषादी, बिउ बिजन, कृषि औजार, इन्धन, निर्माण सामग्री, शैक्षिक सामग्री, होटेल, लज, रेस्टुराँ, खाजाघर लगायतका अन्य क्षेत्र समेटिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x