×

NMB BANK
NIC ASIA

भेरी-बबई डाइभर्सन : सुरुङ निर्माण द्रुत गतिमा, समयअगावै सुरुङ बनिसक्ने

असोज २४, २०७५

NTC
Premier Steels

सुर्खेत –भेरी –बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टिबिएम)ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ । 

Muktinath Bank

भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत् उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रुपमा आयोजना अघि बढाएको हो । आयोजनाले आगामी फागुनसम्म बाँकी चार किमी सुरुङ निर्माण गरिसक्ने जनाएको छ । आयोजना प्रमुख सञ्जीव बरालले कुनै प्रतिकूल परिस्थिति सिर्जना नभए फागुनसम्म सुरुङ निर्माण पूरा हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“टिबिएमले रिस्क जोनसमेत पार गरिसक्यो, भौगर्भिक अध्ययनले अब कुनै रिस्क देखाएको छैन”, उनले भने, “यही गतिले काम अघि बढे सम्झौता अवधिभन्दा एक वर्ष अगावै सुरुङ निर्माण भइसक्छ ।” सरकारले सन् २०२० मार्चसम्म सुरुङ निर्माण गर्ने लक्ष्य लिएको छ । 


Advertisment
Nabil box
Kumari

अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टिबिएम चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो । गत वर्ष कात्तिक मसान्तदेखि मेशिनले सुरुङ खन्न थालेको हो । चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप लिमिटेड (कोभेक) ले सुरुङ निर्माण गरिरहेको छ । आयोजना बाँध र विद्युत््गृह निर्माणको पूर्वतयारीमा जुटेको छ ।

Vianet communication

हाल सिंचाइ विभागले बाँध र विद्युतगृह निर्माणसम्बन्धी प्रतिवेदन अध्ययन गर्दैछ । दुई ठूला संरचना निर्माण हुने भएकाले विभागले विस्तृतमा अध्ययनमा गरिरहेको छ । आयोजना प्रमुख बरालले प्रतिवेदन स्वीकृत भएपछि विश्वव्यापी बोलपत्र आह्वान गरिने बताए । “२०१९ को अप्रिलसम्म संरचना निर्माणअन्तर्गत पूर्वतयारीका सबै काम सक्छौं”, उनले भने, “यस अवधिमा ठेक्का छनौट, जग्गा अधिग्रहण लगायतका काम सम्पन्न गरिनेछ ।” 

टिबिएमले तोलीखोला आसपासको जोखिमयुक्त क्षेत्र पार नगरुञ्जेल आयोजनालाई संरचना निर्माणको पूर्वतयारीमा जुट्न कठिनाइ थियो । जोखिमपूर्ण चुरे पर्वत पार गरेसंँगै यो नमूना आयोजना सफल हुने ठानिएको छ । सर्भेका बेला तोलीखोला आसपासमा सुरुङ निर्माणमा प्रतिकूलता आउन सक्ने अनुमान गरिएको थियो । त्यहाँ माटामा पानी बढी अर्थात् जमीन लेदो थियो ।

दैनिक औसत ४० मिटर खनिरहेको टिबिएमले त्यस क्षेत्रमा भने १०–११ मिटर मात्रै खनेको थियो । “रिस्क जोन पार गरेपछि दु्रत गतिमा बाँकी काम पनि अघि बढाएका छौं”, आयोजनाकै डिभिजनल इञ्जिनीयर कृष्ण उपाध्यायले भने, “पाइलटिङ प्रोजेक्ट भएकाले सुरुङ नसकिँदै बाँकी संरचना निर्माणको हतारो गर्नु उचित हुन्न, यदि कुनै कारणवश सुरुङमा अवरोध देखिए ड्याम र पावरहाउसको काम अघि बढाएको कुनै अर्थ भएन ।” 

छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्दैछ । आयोजना सफल हुने देखेपछि मात्र विद्युत््गृह र बाँध निर्माणसम्बन्धी विस्तृत अध्ययन थालिएको थियो । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत्् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिंचाइ योजना विस्तार गरिनेछ ।

चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४८ मेगावाट विद्युत्् उत्पादन गरिनेछ । 

बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ । स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको कूल लागत र साढे १६ अर्ब लाग्ने अनुमान छ । बाह्रै महीना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक रु ३ दशमलव १ अर्ब अप्रत्यक्ष तथा विद्युत््बाट रु दुई दशमलव १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x