×

NMB BANK
NIC ASIA

दुई नम्बर प्रदेशको संसदमा बल्ल अस्तित्वमा आयो नेकपा, सत्यनारायण मण्डल दलको नेता

असोज २४, २०७५

NTC
Premier Steels

जनकपुरधाम–  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी पार्टीबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको ६ महिना पुग्न लागिसकेको छ । तर, दुई नम्बर प्रदेशमा भने भर्खर मात्रै दुई पार्टी एक भएको औपचारिक पत्र प्रदेशसभामा पुगेको छ । 

Muktinath Bank

नेकपा संसदीय दलको नेताका हैसियतमा सत्यनारायण मण्डलले प्रदेश सभामा बिगतका दुई वटा छुट्टा छुट्टै रहेको पार्टी नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेको भन्ने आधिकारिक पत्र प्रदेश सभालाई पठाएको नेकपाका सांसद सुन्दर बहादुर बिश्वकर्माले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस अघि लोकान्तरले प्रदेश सभामा एमाले र माओवादी पार्टीका नाममा पार्टीका पदाधिकारीहरूले सेवा सुबिधा लिइरहेको समाचार प्रकाशित गरेको थियो ।


Advertisment
Nabil box
Kumari

पार्टीको प्रदेश कमिटीले गरेको निर्णय अनुसार प्रदेश सभामा नेतृत्व गर्नका लागि ४ सदस्यीय संचालन समिति गठन गर्ने र त्यसको नेतृत्व सत्यनारायण मण्डलले गर्ने भनेर निर्णय गरिएको पुर्ब एमाले तथा हाल नेकपाका सांसद बिश्वकर्माले बताए ।

Vianet communication

प्रदेश सभामा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक जस्ता पदाधिकारी चयन हुन्छन् । तर, संचालन समिति भन्ने शब्दलाई प्रदेश सभाले त चिन्दैन नि ? भन्ने सबालमा सांसद विश्वकर्माले भने, ‘अहिले दलको नेताको रूपमा नेतृत्व गर्ने जिम्मेवारी पार्टीले मण्डल कमरेडलाई प्रदान गरेको छ । सोहीअनुसार उहाँ संसदीय दलको नेता नै रहेको कुरा पार्टीले निर्णय गरेको हो, बाँकी पदाधिकारीको निर्णय भने हुन सकेको छैन ।’

यस अघि एमालेको तर्फबाट सत्यनारायण मण्डल दलको नेता थिए भने बिश्वकर्मा प्रमुख सचेतक थिए । त्यसै गरी माओबादीको तर्फबाट रामचन्द्र मण्डल संसदीय दलको नेता र दिलिप साह प्रमुख सचेतक थिए ।

‘अहिले एकीकृत पार्टीको दलको नेता सत्यनारायण मण्डल भएको कुरा पार्टीले निर्णय गरेको छ, त्यसमा कुनै पनि साथीहरूले असहमति व्यक्त गर्नु भएको छैन,’ विश्वकर्माले भने, ‘बाँकी पद दलको विधान बनेपछि टुंगो लाग्नेछ ।’

नेकपाले भारत साहको संयोजकत्वमा सात सदस्यीय बिधान मस्यौदा समिति समेत गठन गरेको छ । उक्त समितिले दशैँ, तिहारपछि बिधान टुंग्याउने जनाइएको छ । विधान बनेपछि चार वटै पदको पनि टुंगो लाग्ने विश्वकर्माले बताए ।

संसदीय दलको बिधान बनि सकेपछि नयाँ नेतृत्वको लागि निर्वाचन पनि हुनसक्ने सम्भावना रहेको नेकपाका एक सांसदले बताए ।

प्रदेशको पार्टी नेतृत्व तहले दलको उपनेतामा रामचन्द्र मण्डल, प्रमुख सचेतकमा सुन्दर बहादूर बिश्वकर्मा र सचेतकमा दिलिप साहलाई चयन गर्ने बिषयमा छलफल शुरु गरेपनि निर्णय भने हुन नसकेको एक सांसदले बताए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x