अमिताभ बच्चनका बुबा दुई जना !

असोज २५, २०७५

भारतीय फिल्म उद्योगका महानायक अमिताभ बच्चनको आज जन्मदिन हो । उनी इलाहाबादमा प्रख्यात कवि हरिवंशराय बच्चन तथा तेजी बच्चनका सन्तानको रुपमा ११ अक्टुबर १९४२ मा जन्मिएका थिए ।

अमिताभको फिल्म तथा उनको व्यक्तिगत जीवनसँग जोडिएका कयौं किस्साहरु छन् । यस्तै एक किस्सा महमूदको बारेमा छ जो फिल्म उद्योगमा संघर्ष गरिरहेका कलाकारलाई सहयोग गर्नेमा पर्थे । पछि यस्तो पनि बेला आयोकी उनको स्टारडम खस्कदै गयो र केही काम पाउन नै छोडे । 


ADVERTISEMENT

महमूलले अमिताभ बच्चनलाई आफ्नो छोरा मान्थे । उनले एक अन्तर्वार्तामा अमिताभको आवज तथा अभिनयको आफू दीवाना भएको बताउँथे । उनले भनेका थिए,‘अमितावका दुई बुबा छन् एक उनलाई जन्मदिने अर्को म जसले उनलाई कमाउन सिकाए ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अमिताभको संघर्षका दिनहरुमा महमूदले उनलाई निके सहयोग गरेका थिए । यहाँ सम्मकी अमिताभ उनको घरमानै बस्थे र महमूदलाई उनी बाबुलाई जत्तिकै सम्मान र माया गर्थे ।
 

असोज २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस