×

NMB BANK
NIC ASIA

नेता बाँस्तोलाको निधनमा काँग्रेसद्वारा शोक प्रस्ताव पारित

असोज २८, २०७५

NTC
Premier Steels

काठमाडौँ-  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ । 

Muktinath Bank

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बसेको बैठकले उहाँको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । नेता बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही असोज २९ गते केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय बन्द गर्ने काङ्ग्रेसले जनाएको छ । स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा श्रद्धाञ्जलि पुस्तिका राख्ने र १३ औँ दिन शोकसभा गर्ने निर्णय काङ्ग्रेसले गरेको छ । 


Advertisment
Nabil box
Kumari

नेता बाँस्तोलाको आइतबार राति ललितपुर खुमलटारस्थित आफ्नै निवासमा उपचारका क्रममा निधन भएको थियो । विसं २०६९ पुस १४ गते मोरङको एक सार्वजनिक कार्यक्रममा सहभागी भएका बेला मस्तिष्काघात भई उहाँ अचेत हुनुभएको थियो । त्यसैबेलादेखि नेता बास्तोलाको उपचार भइरहेको थियो । 

Vianet communication

बनारस हिन्दू विश्वविद्यालयमा पढ्दैदेखि राजनीति शुरु गर्नुभएका बाँस्तोला प्रजातान्त्रिक समाजवादी युवा लिगको स्थापनादेखि काङ्ग्रेस राजनीतिमा सक्रिय हुनुभएको हो । काँग्रेसको नेतृत्वमा भएका हरेक आन्दोलनमा उहाँले अग्रणी भूमिका निर्वाह गर्नुभयो । 

विसं २०२५ मा बिपी कोइराला निर्वासित भई भारत जानुभएपछि बाँस्तोलाले सशस्त्र सङ्घर्षको तयारी गर्नुभएको थियो । विसं २०६२ मा सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारीको पृष्ठभूमि तयार गर्नमा समेत उहाँको महत्वपूर्ण भूमिका थियो । 

बाँस्तोलाले पर्यटन तथा नागरिक उड्डयन, गृह, परराष्ट्र, कृषि मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । उहाँले भारतका लागि नेपालको राजदूत रहेर समेत काम गर्नुभयो । उहाँको जन्म विसं २००३ मंसिर ११ गते भएको थियो । बाँस्तोलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । आजै पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिने काँग्रेसले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x