×

NMB BANK
NIC ASIA

लेविन्स्की वयस्क भइसकेकी थिइन्, त्यसैले बिलको कुनै गल्ती थिएन : हिलारी क्लिन्टन

असोज २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले मोनिका लेविन्स्कीसँग सम्बन्ध बनाउँदा उनी वयस्क रहेकी त्यसैले बिलले कुनै अपराध नगरेको हिलारी क्लिन्टनले बताएकी छन् । 

सीबीएस टीभीको सन्डे मर्निङ कार्यक्रममा बोल्दै उनले यसो भनेकी हुन् । कार्यक्रम सञ्चालक टोनी डोकोउपिलले ह्वाइट हाउसमा इन्टर्न गर्न आएकी मोनिकासँग सन् १९९० को दशकमा बिलले प्रेमसम्बन्ध बनाएको विषयमा प्रश्न गरेका थिए । 

त्यतिखेर उनले लेविन्स्कीसँग यौन सम्बन्ध नरहेको भनी ढाँटेका थिए । यो काण्डपछि क्लिन्टनविरुद्ध महाअभियोग लगाउने कुरा थियो तर उनलाई अन्तिममा सफाइ दिइयो । 

यो काण्ड चलुन्जेल हिलारीले पतिको बचाउ गरिरहिन् र त्यसलाई दक्षिणपन्थीहरूको षड्यन्त्र समेत भनिन् । 

तर बिलले झूटो बोलेको प्रमाणित भएपनि कुनै गल्ती नगरेको हिलारीको विश्वास छ । उनले त्यतिखेर राजीनामा दिनुपर्थ्यो कि पर्दैनथियो भनी सोधिएको प्रश्नमा हिलारी पटक्कै पर्दैनथियो भनिन् । 

डोकोउपिलले मोनिकासँग बिलको सम्बन्ध शक्तिको चरम असन्तुलन रहेको भनी कुरा अघि बढाउन चाहे । 

तर क्लिन्टनले मोनिका त्यतिखेर वयस्क भइसकेको बताएर तत्कालै ट्रम्पले गरेका यौन आक्रमणका कुरा झिकेर अन्तवर्नर्तालाई अर्को दिशातिर मोड्न खोजिन् । 

अहिले महिलाविरुद्धको दुर्व्यवहारका विषयमा मीटू अभियान चलिरहेको बेलामा दशकौंअघि गरिएका दुर्व्यवहारको पनि चर्चा चल्ने गरेको छ । यस्तोमा बिल क्लिन्टनले शक्तिको दुरुपयोग गरी मोनिका लेविन्स्कीसँग यौन सम्बन्ध
राखेको कुरालाई उनकै श्रीमतीले चाहिँ प्रतिरक्षा गरिरहेको देखिन्छ । 

बिल क्लिन्टनविरुद्ध चारजना महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x