फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
कात्तिक २, २०७५
नयाँ दिल्ली (भारत) –नेपालमा बेला बखत भारतीय सेनामा गोर्खा भर्ती बन्द गर्ने बहस चल्छ । तत्कालीन नेकपा माओवादीले विक्रम सम्वत २०५२ सालमा शुरू गरेको ‘जनयुद्ध’को एउटा माग सुगौली सन्धीको खारेजी र गोरखा भर्ती केन्द्र बन्द गर्ने पनि थियो ।
माओवादी संघर्षको शान्तिपूर्ण अवतरणपछि पनि पहिलो संविधानसभामा गोरखा भर्ती बन्द गर्ने कुरा उठ्यो । नेपालमा गोरखा भर्ती बन्दको प्रसंग बेला बखत उठेपनि भारतीय सेनामा ‘लाहुरे’ बन्न आउने नेपाली युवाको रुचि घट्नुको साटो बढ्दो छ ।
तेस्रो मुलुकमा जाने क्रम बढेकाले भारतमा अन्य ज्याला मजदुरी गर्न आउने कामदारको संख्या घटेपनि भारतीय सेनामा जागिर खाने भने रोकिएका छैनन् । सन् १९५० को नेपाल–भारतमैत्री सन्धीपछि शुरू भएको भारतीय गोरखा भर्तीमा अहिले पनि नेपालका हजारौं युवा कार्यरत छन् ।
चार भाइ नै भारतीय सेनामा
अर्घाखाँची छत्रदेव– ४, केरुङ्गा बरबोटका स्व. दिलप्रसाद श्रेष्ठका चारैभाइ छोरा इन्डियन आर्मी हुन् । आफ्नो जीवनकालको उर्जाशील समय भारतीय भूमिको रक्षामा खर्चिएका उनीहरू आफ्ना सन्ततिले भने नेपालमै काम गरून् भन्ने चाहन्छन् ।
पारिवारिक कारणले गर्दा दिलप्रसादले भारतको मेघलाय राज्यका गभर्नरको घरमा पाएको सरकारी नोकरी बीचमै छाड्नुपर्यो ।
बाबुको सरकारी नोकरी खाने सपना पूरा हुन नसकेपनि छोराहरू भने सबैले भारतीय आर्मीको ‘आसाम राइफल युनिट’बाट सरकारी जागिर शुरू गरे ।
दुई वर्षपहिले ३३ वर्षे सेवा पूरा गरी अवकाश पाएका जेठा छोरा बाबुराम अहिले नेपालको तराईतिर बस्छन् भने माइला कुलानन्द, साँहिला रामचन्द्र र कान्छा बालकृष्ण भारतमै सेवा दिइरहेका छन् ।
सन् १९८५ मा सिपाहीबाट जागिर शुरू गरेका बाबुराम हवल्दार भएर रिटायर्ड भए । भारत–पाकिस्तान बोर्डर जम्मु–कश्मीर तथा बंगलादेश, चीन र श्रीलंकाको सिमानामा धेरै समय कार्यरत बाबुरामलाई आफ्नै देश नेपालको सीमामा काम गर्ने आवसर भने जुरेन ।
सन् १९८९ मा भारतीय सरकारले श्रीलंकामा शान्ति सेनाको रूपमा खटाएका बाबुरामलाई आँखै अगाडि आफ्ना धरै साथी तमिल विद्रोहीको गोलीले ढलेको देख्दा अझै पनि मन खिन्न हुन्छ । हुन त मर्ने र मार्ने कशम खाएर सेनामा भर्ति भएका बाबुरामलाई आफ्नो सेवाको समयमा कुनै चोटपटक लागेन । ‘बाआमाको माया अनि कुलदेवताको आशिर्वादले कहिल्यै केही नराम्रो भएन,’ बाबुरामले लोकान्तरसँग भने ।
दाजुको प्रेरणाले १९८७ मा इन्डियन आर्मीमा भर्ति भएका माइला भाइ कुलानन्द अहिले आसाममा कर्यरत छन् । खेलकुदमा समेत रुचि राख्ने उनी अर्को साल नायब सुब्बामा बढुवा भएपछि रिटायर्ड हुने सोचमा छन् । विभिन्न बक्सिङ्ग प्रतियोगितामा भाग लिई तक्मा समेत प्राप्त गरेका कुलानन्दलाई बक्सर भनेर चिन्छन्, बटालियनमा उनका साथीहरूले ।
माइला दाजुजस्तै बक्सिङ्गमा रुचि राख्ने साँहिला रामचन्द्र सन् १९९३ मा सिपाहीमा भर्ति भएर अहिले हवल्दारको रूपमा आसाममै कार्यरत छन् । दुइ छोराका पिता रामचन्द्र आफ्ना छोराहरूले नेपाल आर्मीमा सेवा गरून् भन्ने चाहन्छन् ।
दिलप्रसादका कान्छा छोरा बालकृष्ण अहिले माणिपुरमा कर्यरत छन् । १९९३ मा भर्ति भएका बालकृष्णले धेरै समय नागाल्यान्डमा बिताए ।
भारतीय माओवादीको आधार इलाका मानिने उक्त क्षेत्रमा धेरैपटक लडाइमा सामेल पनि भए । अर्को साल सिपाहीमा बढुवा हुन लागेका बालकृष्णले जागिरका कारण दशैंमा नेपाल आउन नसक्ने बताए ।
‘छुट्टी मागेको बिदा नै मिलेन,’ लोकान्तरसँग टेलिफोनमा बालकृष्णले भने, ‘लाहुरेलाई न दशैं न तिहार, केवल राइफलको भार ।’
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...