×

NMB BANK
NIC ASIA

कस्तो अचम्म ! लोकसेवा आयोगले मागेका पदमा परेन दरखास्त

कात्तिक ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लोकसेवा आयोगको १ सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन ।

Muktinath Bank

गत वर्ष कूल विज्ञापनमध्ये १ सय १ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिता अन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोगले जनाएको छ । त्यसमा पनि धेरै स्वास्थ्य सेवा क्षेत्रका विज्ञापनमा दरखास्त परेका छैनन् । ‘एक त जनशक्ति नभएर नै नपरेका हुन्, अर्काे स्वास्थ्य शिक्षा विषय नेपालमै पढाइ नहुँदा दरखास्त नआएका हुन सक्छन्,’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भने ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार शिक्षाशास्त्र पढेकाबाट आएको दरखास्तले भने मान्यता नपाउँदा खाली हुन गएको हो । उक्त विषय भारतमा पढाइ हुन्छ । नेपालमा शिक्षा संकायतर्फ स्वास्थ्यको पढाइ हुने गरेपनि मन्त्रालयको स्वास्थ्य सेवा ऐनले मान्यता दिँदैन । दरखास्त नपरेकामध्ये ५८ विज्ञापन स्वास्थ्य क्षेत्रका छन् । अधिकांश माथिल्लो तहमा खाली छ । 

Vianet communication
Laxmi Bank

केही इन्जिनियर, टाइपिस्ट, अमिन, अपरेटर, पशु स्वास्थ्यलगायत पदका विज्ञापन खाली रहे । चिकित्सक क्षेत्रका नवौं र एघारौं तहका बढी छन् । आयोगको केन्द्रीय कार्यालय अन्तर्गतका ६८ विज्ञापन र धनकुटा, हेटौंडा, पोखरा र जुम्ला कार्यालयका ३–३ विज्ञापनमा दरखास्त परेन । 

इलाम, बागलुङ, दाङ, सुर्खेत, दिपायल र भीमदत्तनगर कार्यालयका २–२ तथा खोटाङ र काठमाडौं कार्यालयका ४–४ एवं जलेश्वरको एक विज्ञापन खाली रहेको सुवेदीले जानकारी दिए ।

एउटा मात्रै खुला प्रतियोगिता रहेको नवौंं तहको कन्सल्टेन्ट सर्जिकल ग्यास्ट्रो इन्टेरोलोजिस्ट पदमा दरखास्त परेन । समावेशीतर्फ अपाङ्गतातर्फ ३, महिलातर्फ ११, दलितर्फ ११, मधेसी र आदिवासी जनजाति ३–३ विज्ञापनमा दरखास्त परेन अन्य भने आन्तरिक प्रतियोगिताका विज्ञापन छन् । 

आयोगका प्रवक्ता किरणराज शर्माले गत आर्थिक वर्ष ५ हजार ९ सय ७० पदका लागि १ हजार २ सय ४ र समावेशी प्रतियोगितातर्फ १ हजार ८ सय ७ विज्ञापन खुलाइएको जानकारी दिए । त्यसमा कूल ५ लाख ६७ हजार ८ सय ५३ दरखास्त परेको थियो । 

अघिल्लो आवभन्दा गत वर्ष दरखास्तमा ३३ प्रतिशतले कमी आएको छ । सबैभन्दा बढी दरखास्त खरिदार पदमा १ लाख ४६ हजार ४ सय ७६ छ । सबैभन्दा बढी प्रदेश नम्बर २ बाट कूल दरखास्तको २५ प्रतिशत छ, जसमा २१–२५ वर्ष उमेर समूहका ३८ प्रतिशतले दरखास्त दिएका थिए । 

दरखास्त परेकामध्येबाट ७ हजार ७ सय १८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिश गरिएको छ, जसमा २ हजार ४ सय ६५ (३२ प्रतिशत) महिला छन् । प्रदेश नम्बर २ बाट सबैभन्दा बढी २० प्रतिशत स्थायीका लागि सिफारिश भएका छन् । समावेशीतर्फ ३ हजार २ सय ४४ सिफारिश भए । गत ८ वर्षमा ४१ हजार ६८ स्थायी नियुक्तिमा सिफारिश भएका छन् । 

सुरक्षा निकाय तथा संगठित संस्थातर्फ ३ लाख ६९ हजार ८ सय ५७ मध्ये लिखित परीक्षामा १ लाख ५९ हजार ४ सय २६ सहभागी थिए । आयोगका प्रवक्ता शर्माका अनुसार आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । नारायण ढु्ङ्गाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x